STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौ‍ं महानगर - बालेनको अग्रता कायमै, उपमेयरमा सुनिता अगाडि

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ५, बिहिबार

काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । बालेन निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा ११२०४ मतले अघि रहेका छन् ।

दिउँसो तीन बजे प्राप्त मतगणनाअनुसार बालेन २३५८४ मत पाएका छन् । स्थापितले १२३८० मत पाएका छन् भने गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ११४९९ मत पाएकी छन् ।

उपमेयरतर्फ सुनिता डंगोलले मत फराकिलो बनाएकी छन् । उनले १९९५६ मत ल्याउँदा उनका प्रतिस्पर्धी रामेश्वर श्रेष्ठ (एकीकृत समाजवादी) ले ६३१६ मत पाएका छन् । अन्य प्रतिस्पर्धीले दुवैलाई पछ्याइरहेका छन् ।

Categorized in उपत्यका