-
२०८१ पौष १८, बिहिबार
प्रहरीलाई रास्वपाको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर समितिले सम्पदा सुरक्षार्थ प्रहरी वृत्त थिमिको ध्यानाकर्षण गराएको छ । पार्टीका नगर सभापति न्हुछेरत्न मानन्धर नेतृत्वको समितिले प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रेमसागर केसीलाई भेटेर नगरमा सुरक्षा व्यवस्था थप व्यवस्थित बनाउन आग्रह गरेको हो । पुस १२, १३ र १४ गते सम्पन्न भएको मध्यपुर महोत्सव २०८१ को बखत गोप्य सम्पदा समेत सार्वजनिक प्रदर्शनीमा ल्याइएको...
-
२०८१ पौष १८, बिहिबार
सिन्धुपाल्चोक भूकम्पले काठमाडौंमा धक्का
काठमाडौं - सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको माझीटार आसपास केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौंसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । यसअघि, गत मंगलबार बिहान ७:५४ बजे बैतडी केन्द्रविन्दुर बनाएर ४.६ म्याग्निच्युडको भूकम्प...
-
२०८१ पौष १८, बिहिबार
सन् २०२४ मा साढे एघार लाख पर्यटक नेपाल भित्रिए
काठमाडौं- सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए...
-
२०८१ पौष १८, बिहिबार
दल फुटाउने अध्यादेश ल्याउन खोज्दै सरकार
काठमाडौं- संघीय संसद्मा २० विधेयक अलपत्र परे पनि सरकारले संसद् बैठक बोलाउन आलटाल गरिरहेको छ । संसद् अधिवेशन धकेलेर दल विभाजन सहज पार्ने अध्यादेश ल्याउन सत्तारूढ दुई दलले तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा जुटेकाले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरिएको छैन । सरकारले अध्यादेश ल्याउन खोजेर संसद् अधिवेशनको मिति नै प्रभावित पारेको...
-
२०८१ पौष १८, बिहिबार
प्रधानमन्त्री ओलीद्वारा बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त
काठमाडौं - बाल गायक सचिन परियारको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सिकाएको बताएका छन् ।...
-
२०८१ पौष १६, मंगलबार
माधव नेपाल र वामदेवबिच वार्ता
काठमाडौं - नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्तामा पुराना स्मरण पुनर्जीवित गरिएको प्रतिक्रया दिएका छन् । आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सोमबार अध्यक्ष नेपालसँगको छलफलपछि गौतमले पुराना स्मरण पुनर्जीवित गरिएको प्रतिक्रया दिएका हुन् । एकीकृत समाजवादीको पार्टी कार्यालयबाट बाहिरिने क्रममा एमालेका पूर्वउपाध्यक्ष...
-
२०८१ पौष १६, मंगलबार
चन्द्रागिरि केबलकार अवरुद्ध भएपछि १ हजार यात्रु अलपत्र
काठमाडौं- चन्द्रागिरि हिल्सको केबलकारमा समस्या आएको छ । हाइड्रोलिकमा समस्या आएपछि केवलकार अवरुद्ध भएको हो । हाइड्रोलिकमा समस्या आए पनि केबलकारमा कुनै यात्रु अड्किएका छैनन् । अहिले केबलकार मर्मत भइरहेको चन्द्रागिरि हिल्सले जनाएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी सूर्यप्रकाश सुवेदीले चन्द्रागिरि केबलकारमा समस्या आएपछि अहिले मर्मत भइरहेको बताए । ‘केबलकारको हाइड्रोलिकमा समस्या आएपछि...
-
२०८१ पौष १५, सोमबार
आज ‘तमु ल्होसार’
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले...
-
२०८१ पौष १५, सोमबार
कागेश्वरीमा गोली चल्दा दुई जना घाइते
काठमाडौं - काठमाडौंको कागेश्वरी मनोहरामा गोली चल्दा दुई जना घाइते भएका छन्। शनिबार राति साढे १० बजे कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ रिद्धिसिद्धी बसपार्कनजिकै अर्जुन श्रेष्ठको घरभित्र गोली चलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। गोली प्रहारबाट घरधनी अर्जुन श्रेष्ठ र उनकी श्रीमती शान्तिदेवी श्रेष्ठ घाइते भएका हुन्। उनीहरू दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ...
-
२०८१ पौष १५, सोमबार
फेवातालमा ड्रागन बोट’
काठमाडौं - नेपाल र छिमेकी मुलुक चीनबिचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको ड्रागन बोट रेस फेस्टिभल आजदेखि सुरु भएको छ । फेस्टिभलमा नेपाल, चीन र सिङ्गापुरका २० टोली खेलाडी सहभागी भएका छन् । प्रतियोगिता आज र भोलि सञ्चालन हुनेछ । रेस विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार...
-
२०८१ पौष १५, सोमबार
दक्षिण कोरिया विमान दुर्घटनामा १७९ जनाको मृत्यु, २ जनाको उद्धार
एजेन्सी- दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् । दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ । उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको...
-
२०८१ पौष १४, आइतबार
काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुने
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाली र चिनियाँ फिल्मका निर्माताबीच फिल्ममेकिङको अनुभव तथा योजना साटासाट र प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । आगामी ९ जनवरीमा हुन लागेको समारोहमा चिनियाँ फिल्म निर्माता र कलाकारको प्रतिनिधि मण्डल नेपाल आउने तय भएको छ । काठमाडौंस्थित नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी र चीनको चाइना फिल्म एडमिनिस्ट्रेसनले...


