STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ मङ्सिर २७, बिहिबार

    विभिन्न कार्यक्रमसहित महानगर दिवस मनाइने

    काठमाडौं - काठमाडौं महानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै ३० औँ महानगर दिवस मनाउने भएको छ ।  महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै मेयर बालेन शाहको संयोजकत्वमा महानगर दिवस मूल समारोह समिति गठन गरिएको जानकारी दिएको छ । २०५२ पछि मंसिर २९ गते महानगर दिवस मनाइने गरिएको छ ।  दिवसका अवसरमा महानगरले विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता र शिक्षकस्तरीय कविता वाचन गरिरहेको छ । त्यस्तै मंसिर २७ गते मेयरको...

  • २०८१ मङ्सिर २७, बिहिबार

    अफगानिस्तानमा बम विस्फोट, मन्त्रीसहित ६ जना मारिए

    एजेन्सी- अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा शरणार्थीमन्त्रीको मृत्यु भएको छ। तालिवानका अनुसार विस्फोटमा शरणार्थीमन्त्री खलिल उर-रहमान हक्कानी र अन्य पाँच जनाको मृत्यु भएको हो। तालिबान प्रवक्ताले मन्त्री हक्कानी मारिएको पुष्टि गरेका समाचार संस्था रोयटर्सले जनाएको छ। आन्तरिक मन्त्रालयका अधिकारीले राजधानी काबुलस्थित शरणार्थी मन्त्रालयमा विस्फोट गराइएको जनाएका समाचार संस्था एपीले जनाएको...

  • २०८१ मङ्सिर २६, बुधबार

    स्नातक तहको नेपालभाषा विषयमा सविना महर्जन सर्वोत्कृष्ट

    काठमाडौं – त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत स्नातक (बी.ए.) तहमा नेपालभाषा विषय ८१.१४ प्रतिशत अंक सहित सविना महर्जन सर्वोत्कृष्ट भएका छन् । पाटन क्याम्पसकी छात्रा महर्जनले चार वर्षे स्नातक तहको २०८१ सालमा प्रकाशित नतिजामा नेपालभाषा विषयमा सर्वोत्कृष्ट स्थान हासिल गर्नुभएको हो । विश्व निकेतन मा.वि., त्रिपुरेश्वरमा नेपालभाषा स्यनामिको रुपमा कार्यरत महर्जन नेपालभाषाको...

  • २०८१ मङ्सिर २६, बुधबार

    रास्वपाका सभापति लामिछानेको बयान सकियो

    वीरगञ्ज (पर्सा), पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उहाँ सिमरा विमानस्थलमा रहनुभएको जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो । पर्सा...

  • २०८१ मङ्सिर २६, बुधबार

    प्रधानमन्त्रीसमक्ष प्रमुख सूचनाआयुक्तको शपथ

      काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुखआयुक्त डा सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री निवासमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुखआयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानमन्त्रीको उपस्थितिमा प्रमुखआयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ...

  • २०८१ मङ्सिर २६, बुधबार

    काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो

    काठमाडौँ, काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ । जल तथा मौसम विज्ञान विभागको नियमित मौसम...

  • २०८१ मङ्सिर २६, बुधबार

    आय विवरण बुझाउने म्याद पुस मसान्तसम्म थपियो

    काठमाडौं- आन्तरिक राजस्व विभागले आय विवरण बुझाउन सक्ने म्याद थप गरी पुस मसान्तसम्म पुर्‍याएको छ। यसअघि विभागले आय विवरण बुझाउने मिति थप नगर्ने गरी सूचना जारी गरेको थियो। सो निर्णयको विरुद्धमा परेको रिटमा पाटन उच्च अदालतले सोमबार अन्तरकालीन अन्तरिम आदेश दिएको थियो। विभागले भने विभिन्न व्यावसायिक/व्यापारिक छाता संगठन र करदाताबाट समेत आय विवरण पेस गर्ने म्याद पुस मसान्तसम्म कायम गरिदिन भन्दै अनुरोध...

  • २०८१ मङ्सिर २६, बुधबार

    उपनिर्वाचन परिणामले गम्भीर भएका छौँ - एमाले

    काठमाडौं- सत्तारुढ दल नेकपा एमालेले गत मंसिर १६ मा भएको उपनिर्वाचनको परिणामबारे समीक्षा गरेको छ। मंगलबार बसेको पार्टीको सचिवालय बैठकमा उपनिर्वाचनबारे समीक्षा गर्दै यसलाई गम्भीरतापूर्वक लिएको पनि एमालेले जनाएको छ। ‘यो परिणामलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘खासगरी काठमाडौंको कीर्तिपुर नगरपालिका, वडा नम्बर १६ लगायतका शहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौँ,...

  • २०८१ मङ्सिर २६, बुधबार

    सिरियाका सैन्य क्षेत्रमा इजरायलको हवाई आक्रमण

    काठमाडौं- इजरायलले सिरियाका कैयौँ महत्त्वपूर्ण क्षेत्रमा हवाई आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायली लडाकु विमानबाट सिरियाको राजधानी दमास्कससहित केही विशेष क्षेत्रमा दर्जनौँ हवाई आक्रमण भएको छ। बेलायतको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार १०० भन्दा बढी सैन्य क्षेत्रमा आक्रमण गरिएको छ। तीमध्ये एक रासायनिक हतियार उत्पादनसँग सम्बन्धित अनुसन्धान केन्द्र पनि समावेश छ।...

  • २०८१ मङ्सिर २६, बुधबार

    रेकर्ड तोड्दै काठमाडौँको तापक्रम ४ डिग्री सेल्सियससम्म पुग्यो

    काठमाडौं - देशभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा राजधानी काठमाडौँमा तापक्रमले दिनदिनै रेकर्ड तोडिरहेको छ। मंगलबार यस वर्षयताकै कम (५.५ डिग्री सेल्सियस) भएको काठमाडौँको न्यूनतम तापक्रमले आज (बुधबार) त्यो रेकर्ड तोडेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस देखिएको हो।   त्यसो त...

  • २०८१ मङ्सिर २६, बुधबार

    बलात्कार प्रयासपछि हत्या गरी शव गाड्ने गर्ने पक्राउ

    गोरखा - गोरखाको बारपाक गाउँकी १८ वर्षीया सुचिना घलेको हत्या अभियोगमा प्रहरीले एक जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ। बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ बारपाककी घलेको हत्या अभियोगमा प्रहरीले बारपाक सुलिकोट १ नै घर भएका ४२ वर्षीय मन शमजेर गुरूङलाई नियन्त्रणमा लिई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। घटनाको १० दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेको हो। मंसिर १५ गते घाँस...

  • २०८१ मङ्सिर २५, मंगलबार

    धार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर

      मलेखुु (धादिङ), यहाँको नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ  । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ मन्दिरको दर्शन गर्न, बिदा मनाउन, रमणीय दृश्यावलोकन गर्न आउनेहरुको भीड लाग्न थालेको छ । “राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उहाँले स्थापना गर्नुभएको कुरा...

Pages