STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ मङ्सिर २५, मंगलबार

    जनताका विकासका चाहना पूरा गर्नेतर्फ माओवादीको ध्यान केन्द्रितः अध्यक्ष दाहाल

      चितवन, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो ध्यान...

  • २०८१ मङ्सिर २५, मंगलबार

    मुग्लिन–पोखरा सडकः रातिको अवरोध हट्यो

    दमौली, पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो । गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्काे सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो...

  • २०८१ मङ्सिर २५, मंगलबार

    रौतहटमा जिप दुर्घटनामा आठ जनाको मृत्यु, पाँच घाइते

    चन्द्रपर (रौतहट), २५ मङ्सिर : बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किदै गरेको जिप दुर्घटनामा परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गए राति जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले...

  • २०८१ मङ्सिर २५, मंगलबार

    चिसोले जनजीवन प्रभावित

    महोत्तरी, २५ मङ्सिर : लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन् । “गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको काम धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ...

  • २०८१ मङ्सिर २२, शनिबार

    पाथीभराको घण्टी बिक्री स्थगन

    फुङ्लिङ (ताप्लेजुङ), पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार जारी विज्ञप्तिमा भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने...

  • २०८१ मङ्सिर २२, शनिबार

    बिरामीलाई अस्पताल लैजाने मानिस पनि पाउन मुस्किल पर्न थाल्यो’

      ढोरपाटन ,बागलुङको काठेखोला गाउँपालिका–५ करलिम गाउँ बसाइँसराइले गर्दा सुनसान बनेको छ । छरछिमेक र आफन्त बसाइँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेका पनि निराश छन् । बसाइँ नसरेकाले पनि आफ्नो परिवारलाई सहर बजारमा राखेका छन् । युवा शक्ति विदेश हुँदा गाउँमा बूढापाकाबाहेक अन्यलाई भेट्याउन सकिन्न ।  काठेखोला जिल्लामै धेरै बसाइँसराइ गर्ने ठाउँ हो । यहाँका अधिकांश युवा, जापान, कोरिया र अष्ट्रेलियामा छन् भने...

  • २०८१ मङ्सिर २२, शनिबार

    टुरिजम सिस्टहुड नेपालको अध्यक्षमा मलेखु चयन

    काठमाडौँ, २२ मङ्सिरः पर्यटन क्षेत्रमा कार्यरत महिलाको साझा संस्था ‘टुरिजम सिस्टहुड नेपाल एसोसिएसन’को अध्यक्ष पदमा जुनु मलेखु निर्वाचित हुनुभएको छ । एसोसिएनको शुक्रबार साँझ सम्पन्न छैटौँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट मलेखुको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । क्याथे प्यासिफिक एयरलाइन्सको नेपाल प्रमुख मलेखु डेढ दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील...

  • २०८१ मङ्सिर २२, शनिबार

    पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी

    काठमाडौँ, यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिनुभएको छ । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ । गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएको हो भने शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिनुभएको छ । त्यसैगरी, बिष्टले...

  • २०८१ मङ्सिर २२, शनिबार

    अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरु अवार्ड जितेका फिल्महरु काठमाडौंमा देखाइने

    नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव२०२४ को चलचित्र प्रदर्शन तालिका सार्वजनिक भएको छ । महोत्सवले डकुमेन्ट्री, सर्ट्, एनिमेसन, फिक्सन विधाका फिल्मको सूची सार्वजनिक गरेको हो । नेपालसहित २३ देशका ४७ फिल्म छनोटमा भएको आयोजकले जनाएको छ । महोत्सवमा विश्वप्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी प्रिक्स अवार्ड जितेको भारतकी पायल कपडियाको ‘अल वी इमाजिन एज लाईट’  पनि देखाइने भएको छ । सर्ट...

  • २०८१ मङ्सिर २१, शुक्रबार

    विष्णुदेवी अस्पताल २४ सै घण्टा इमर्जेन्सी सेवासहित सुचारु गर्ने कीर्तिपुरका मेयर डंगोलको निर्णय

    कीर्तिपुर नगरका नवनिर्वाचित मेयर कृष्णमान डंगोलद्वारा पदभार ग्रहण,  कीर्तिपुर/गएको मंसीर १६ गतेस्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसबाट विजयी हुनुभएका कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णमान डंगोलले शुक्रबार नगरपालिका कार्यालय पुगी पदभार ग्रहण गर्नुभएको छ ।  पदभार ग्रहण गर्नु अघि शुक्रबार बिहान कीर्तिपुर ९ वडास्थित कृष्ण क्याटरिङ हलमा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो ।  पदभार...

  • २०८१ मङ्सिर २१, शुक्रबार

    बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने

      त्रिशूली, २१ मङ्सिरः बागमती प्रदेशमा प्रदेशले ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार यहाँ आयोजना गरेको प्रदेशस्तरीय योजना तर्जुमा गोष्ठीमा मुख्यमन्त्री बहादुरसिंह लामाले योजना बैंक’ स्थापना गर्ने बताउनुभएको हो । मुख्यमन्त्रीले पहुँचका आधारमा योजना छनोट गर्ने परम्पराको अन्त्यका लागि ‘योजना बैंक’ आवश्यक भएको बताउँदै त्यसनिम्ति कानुन बनाएर त्यसलाई...

  • २०८१ मङ्सिर २१, शुक्रबार

    कैलालीका थारू समुदाय लवाङ्गी पूजामा रमाउँदै

      घोडाघोडी, मङ्सिरः यहाँका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन् । नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो समुदायले हरेक वर्ष विवाह पञ्चमीमा लवाङ्गी पूजा गर्दै आएको छ । थारू अगुवा चन्द्रकुमार चौधरीका अनुसार यो पूजासँगै थारू समुदायमा भजहर, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भनेभजहर गर्मीयाम सुरु भएसँगै...

Pages