-
२०८१ मङ्सिर २१, शुक्रबार
भुटानी नरेशद्वारा स्वयम्भूनाथ दर्शन
काठमाडौँ, भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गर्नुभएको छ । यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गर्नुभएको थियो । करिब आधा घण्टा त्यहाँ रहनुभएको भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्नुभयो । आज बिहान नेपाल आइपुग्नुभएका भुटानी...
-
२०८१ मङ्सिर २१, शुक्रबार
टेक बिसि र सिर्मन परियारको स्वरमा ‘नजरमा नजर’ पल र खुशीको प्रेम कथा
नेपालको गीत संगीत क्षेत्रका चर्चित गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘नजरमा नजर’ बोलको गीत केही समय अगाडि प्रकाशमा आइ लोकप्रिय भएको थियो भने सोही गीतको नया श्रृंखला को रुपमा "नजरमा नजर लाग्ला नि-२" हालै सार्वजनिक भएको छ । टेक बिसि र सिर्मन परियारको स्वर, भीम बिसिको संगीत, केशव बाबुको एरेञ्ज र स्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको सो भिडियो हालै सार्वजनिक भएको हो । कजिश श्रेष्ठको निर्देशन तथा...
-
२०८१ मङ्सिर २१, शुक्रबार
विपिन जोशी जिउँदै छ, उनी चाँडै फर्किनेछन् : इजरायल
इजरायलमा प्यालेस्टिनी समूह हमासको हमलापछि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको इजरायलले बताएको छ। नेपालका लागि नवनियुक्त इजरायली राजदूत समुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको दाबी गरेका छन्। ‘अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौँ,’ राजदूत वासले बिहीबार काठमाडौँमा पत्रकारहरूसँगको भेटमा भने, ‘हाम्रा लागि विपिन निकै...
-
२०८१ मङ्सिर २१, शुक्रबार
चीनमा ऋणसम्बन्धी कुनै कुरा भएन : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा ऋणसम्बन्धी कुनै कुरा नभएको बताएका छन्। उनले चीनबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘जे प्राप्त गरेका छौँ त्यो ऋण होइन। ऋणको सारंगी किन बजिरहेको छरु पटकपटक भनेका छौँ यो ऋण होइन। ऋणसँग यो सरोकार राख्दैन। परियोजनअनुसार छुट्टाछ्ट्टै सहमति हुन्छ।’
-
२०८१ मङ्सिर २१, शुक्रबार
१८ महिना सरकार चलाएपछि देउवालाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १८ महिना सरकार चलाएपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । डेढ वर्षसम्म देउवाले सरकार चलाउने र ०८४ को चुनाव पनि उनैले गराउने ओलीको भनाइ छ । आज चीन भ्रमणबाट फर्किएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो भनेर सोधेका थिए । सो प्रश्नको जवाफ दिने क्रममा ओलीले १८...
-
२०८१ मङ्सिर २१, शुक्रबार
इतिहारकार पुरूषोत्तम शमशेर राणाको निधन
काठमाडौं- इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ। ९९ वर्षीय राणाको उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन्। न्यून रक्तचाप जस्ता समस्या देखिएपछि उनलाई उपचारका लागि बुधबार बेलुकी करिब ८ बजे मेडिसिटी अस्पतालमा लगिएको थियो। राणाले 'श्री ३ हरूको तथ्य वृत्तान्त, लुकेछिपेका प्रतिभाहरू, राणाकालीन प्रमुख दरबारहरू' लगायत पुस्तक चर्चित छन्।
-
२०८१ मङ्सिर २१, शुक्रबार
आज विवाह पञ्चमी: जनकपुरमा राम र सीताको विवाह उत्सव
काठमाडौै - मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी। त्रेतायुगमा जनकनन्दिनी सीता र मर्यादापुरुष रामको विवाह भएको सम्झनामा शुक्रबार यो पर्व मनाइँदै छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यो पर्व विशेष महत्त्वका साथ मनाइन्छ। मिथिलावासीले यो पर्वलाई महोत्सवकै रूपमा मनाउने गरेका छन्। त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुष अयोध्याका राजा दशरथका जेठा...
-
२०८१ मङ्सिर २१, शुक्रबार
वाइडबडी जहाज खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार ठहर
काठमाडौं- नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ जनालाई कैद सजाय तोकेको छ। खरिद प्रक्रियामा संलग्न विदेशी...
-
२०८१ मङ्सिर २१, शुक्रबार
भुटानका राजा-रानी आज काठमाडौं आउँदै, स्वयम्भु र बौद्ध जाने
काठमाडौं- भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौं आउँदैछन्। उनी निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आउन लागेका हुन्। उनी रानी तेत्सुन पेमा वाङचुकसहित करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन्। करिब पाँच घण्टा काठमाडौंमा रहेर उनी फर्किने तालिका छ। भुटानका राजा काठमाडौं आउने भएपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ। उनी काठमाडौं आउने सूचना पाएपछि बुधबार नै...
-
२०८१ मङ्सिर २०, बिहिबार
तीन श्रष्टा सम्मानित
काठमाडौँ, स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो । स्वरसम्राट नारायण गोपालसँग सामिप्यता रहनुभएका र सङ्गीतमा विशेष योगदान दिनुभएका...
-
२०८१ मङ्सिर २०, बिहिबार
फरार प्रतिवादी १५ वर्षपछि पक्राउ
काठमाडौँ,कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् । २०६७ साल असोज २० गते दोलखाको गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरेको हो । निज गोलेले वीरबहादुरलाई खुकुरी प्रहार गरी हत्या गरेको मुद्दामा सर्वोच्च अदालतले २०७२ साल भदौ ११ गते १२ वर्ष कैद ठहर...


