STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ मङ्सिर १८, मंगलबार

    इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो

    काठमाडौं - इन्धनको मूल्य बढेसँगै आन्तरिक हवाई भाडासमेत वृद्धि भएको छ । नेपाल आयल निगमले १५ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भाडा बढाउने निर्णय गरेको हो । बढेको भाडा भोलि, १९ गतेदेखि लागू हुनेछ ।  यसअनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ । काठमाडौं –सिमरा १५ रुपैयाँले वृद्धि भएको छ भने काठमाडौँ धनगढी ९०...

  • २०८१ मङ्सिर १८, मंगलबार

    काठमाडौं–१६ की वडाध्यक्ष श्रेष्ठलाई मेयर बालेनले गराए शपथ

    काठमाडौं - गत आइतबार भएको उपनिर्वाचनबाट निर्वाचित काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् । काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो । रोजिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी हुन् । काठमाडौं–१६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ...

  • २०८१ मङ्सिर १८, मंगलबार

    बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग

      पाँचथर, बम विस्फोटबाट मृत्यु तथा घाइते भएका बालबालिकाका परिवारलाई यहाँका तीन संस्थाले आर्थिक सहयोग गरेका छन् । गत भदौ १३ गते बेवारिसे बम विस्फोट हुँदा ज्यान गुमाएका फालेलुङ गाउँपालिका–५ डाँडागाउँका ११ वर्षीय दीप्सन साँवा र तीन वर्षीया प्रिन्सा साँवा तथा घाइते भई उपचाररत बालकद्वय दीप्सन राई र पवन राईको परिवारलाई रु रु तीन लाख ४२ हजार नौ सय ५६ रकम सहयोग उपलब्ध गराइएको हो । यहाँका दीपज्योति युवा...

  • २०८१ मङ्सिर १८, मंगलबार

    रामग्राममा उत्खनन सुरु

      नवलपरासी,ऐतिहासिक तथा पुरातात्विक स्थल पश्चिम नवलपरासीको रामग्राम–१८ स्थित पण्डितपुरमा पुरातत्व विभागले उत्खनन सुरु गरेको छ । यसअघि भू–भौतिक सर्वेक्षण (जिओफिजिक्स सर्वे)मा बुद्धकालीन प्राचीन सहरको संरचना भेटिएको स्थानमा उत्खनन सुरु गरिएको हो । यो उत्खनन २१ दिनसम्म चल्ने जनाइएको छ । यहाँ भेटिएका पुरातत्व वस्तुको वैज्ञानिक परीक्षणमा छैटौँ शताब्दीका संरचना भेटिएकाले विस्तृत रूपमा उत्खनन सुरु...

  • २०८१ मङ्सिर १८, मंगलबार

    नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर

    बेइजिङ (चीन), चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएको छ । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् ।...

  • २०८१ मङ्सिर १८, मंगलबार

    सङ्घीयतापछि सामुदायिक वन : बहुआयामिक उपयोग गर्नुपर्ने सुझाव

    काठमाडौँ, नेपालको संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहका सरकार निर्माणपछि विभिन्न अधिकारसँगै प्राकृतिक स्रोतसम्बन्धी अधिकार पनि तीनै तहका सरकारमा फरक फरक ढङ्गले निहित भएको छ । अर्काेतिर सर्वसाधारणको जीवनशैलीमा आएको परिवर्तनले पनि वनमाथिको निर्भरतामा केही कमी आएको छ । यस्तो अवस्थामा खासगरी नेपालको सामुदायिक वनको भविष्य के हुने र कता जाने भन्ने सन्दर्भमा विभिन्न बहस हुने गरेका छन् । सामुदायिक...

  • २०८१ मङ्सिर १८, मंगलबार

    कीर्तिपुरको ल्याब स्कूल मंसीर २२ गते कर्मा र कटुम्बमय हुने, टिकट विक्री अन्तिम चरणतिर

    मंसीर २२ एकै स्वरमा कीर्तिपुरमा : ल्याब स्कूल कीर्तिपुरमा कर्मा र कुटुम्ब ब्याण्डको ऐतिहासिक धमाका !!! कीर्तिपुर/आउँदो मंसीर २२ गते शनिबार कीर्तिपुर १० वडास्थित ल्याबोरेटरी माध्यमिक विद्यालय (ल्याब स्कूल)मा चर्चित सांगितिक ब्याण्ड कर्मा ब्याण्डसंगै कुटुम्ब ब्याण्डको सामूहिक कन्सर्टहुने भएको छ । मंसीर २२ गते शनिबार दिउँसो ३ बजेदेखि सुरु हुने उक्त कन्सर्टमा कीर्तिपुर क्षेत्रका विभिन्न परम्परागत...

  • २०८१ मङ्सिर १८, मंगलबार

    संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला

    गोरखा - गोरखा नगरपालिका–८, आमडाँडास्थित कुनबारीका मगर समुदायका महिला आफ्नो समुदायको संस्कृति र परम्पराका संरक्षणमा जुटेका छन् । मगर समुदायको वेशभूषा, संस्कृति र परम्परा जोगाउनका उनीहरू समूहमार्फत पहल सुरु गरेको आमाडाँडा महिला समूहकी अध्यक्ष बेली थापामगरले जानकारी दिइन् । “मगर समुदायको संस्कार र संस्कृति जीवन्त राख्न अहिले मगर जातिको सोरठी, कौह्रा, झ्याउरे नृत्य पछिल्लो पुस्तालाई सिकाउने थालिएको छ...

  • २०८१ मङ्सिर १८, मंगलबार

    ११ महिनामा १० लाख ५५ हजार पर्यटक नेपाल भित्रिए

    काठमाडौँ - सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।  उक्त तथ्याङ्क अनुसार सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ । सन् २०२४ अन्त्य हुन अब एक महिना मात्र बाँकी छ ।...

  • २०८१ मङ्सिर १८, मंगलबार

    जापानमा ‘नेपाल फेस्टिभल’

    काठमाडौँ - ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आजदेखि जापानमा १४ औँ ‘नेपाल फेस्टिभल’ सुरु भएको छ ।  गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासङ्घ जापानको संयुक्त आयोजनामा भोलिसम्म टोकियोको नाकानो सिकिनोमोरी पार्कमा सञ्चालन हुने यस महोत्सवबाट नेपालको कला र संस्कृतिलाई...

  • २०८१ मङ्सिर १७, सोमबार

    दुई दशकमा दाेब्बरले बढ्याे एकल महिलाकाे जनसंख्या

    काठमाडौं - नेपालमा एकल महिलाको संख्या ९ लाख ९७ हजार ६६२ एकल महिला रहेको देखाएको छ । सोमवार राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणनाको तथ्याङ्कबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी एकल महिलामा विधुवा महिला बढी रहेको देखाएको छ । नेपालको ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार...

  • २०८१ मङ्सिर १७, सोमबार

    कीर्तिपुरको प्रमुखमा कांग्रेसका डंगोल निर्वाचित

    काठमाडौं - काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् । उनी पाँचहजार ३३४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले चाहरजार ५५५ मत ल्याए । तेस्रो बनेका नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले चारहजार ३३७ मत ल्याए । यसैगरी, 'केटा र केटी' चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार राजमान महर्जनले...

Pages