-
२०८१ मङ्सिर १७, सोमबार
३७ स्थानको स्थानीय तहका मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो
काठमाडौं - आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना भइरहेको छ। निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ। यस परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा पनि अगाडि छ। नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित र ६ वटा वडा जितेर दोस्रो स्थानमा छ। नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा...
-
२०८१ मङ्सिर १७, सोमबार
काठमाडौंमा रविको बयान सकियो
काठमाडौं - सहकारी ठगीमा जिल्ला प्रहरी परिसर, काठमाडौँबाट मुद्दा चलाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ । शुक्रबारदेखि शुरु भएको उनको बयान आज तेस्रो दिन सकिएको हो । उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेलाई भोलि पोखरा पठाइने जिल्ला प्रहरी परिसरको भनाई छ । पोखराबाट...
-
२०८१ मङ्सिर १७, सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा बेइजिङ पुगेका छन्। उनलाई बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गरे। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज बेइजिङ पुगेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको...
-
२०८१ मङ्सिर १७, सोमबार
काठमाडौँ–१६मा रास्वपा, हेटौँडा–१२ ,कीर्तिपुर–१ र राजपुर – ६ मा कांग्रेस ,सिरीजङ्घा–३ र रामगोपालपुर–२ एमाले विजयी
काठमाडौँ, आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ । काठमाडौँ, काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँका निकटतम प्रतिस्पधी नेकपा ९एमाले०का उम्मेदवार लक्ष्मीरत्न महर्जनले दुई हजार दुई सय २० मत प्राप्त गर्नुभएको निर्वाचन...
-
२०८१ मङ्सिर १७, सोमबार
प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमण आजदेखि
काठमाडौँ, १चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि यही मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्नेछ । जनस्तर र सरकार–सरकारका बीचमा परम्परागत र मित्रवत् सम्बन्धको लामो...
-
२०८१ मङ्सिर १७, सोमबार
टिकटकले ब्युटी फिल्टर बन्द गर्दै
काठमाडौं- टिकटकले किशोर–किशोरीका लागि ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । आउँदो सातादेखि १८ वर्षभन्दा कम उमेरकाले आँखा तथा ओठ ठूलो बनाउने र छालाको टोन परिवर्तन गर्ने फिल्टर प्रयोग गर्न नपाउने भएका हुन् । वास्तविकताभन्दा फरक स्वरुप देखाउने फिल्टरहरूले किशोरकिशोरीहरू आफ्नो शरीर एवं अनुहारलाई लिएर असन्तुष्ट हुने र मानसिक स्वास्थ्य बिग्रिने समस्या बढेसँगै टिकटकले यस्तो कदम चालेको हो ।...
-
२०८१ मङ्सिर १६, आइतबार
विमानस्थलबाट झन्डै ७ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ
काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै ७ किलो कोकिन बरामद गरिएको छ । आइतबार साँझ सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा वेश र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको संयुक्त चेकजाँचको क्रममा ६ किलो ८ सय ४० ग्राम कोकिन बरामद गरिएको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी थिए । सहप्रवक्ता थापाका अनुसार उक्त...
-
२०८१ मङ्सिर १६, आइतबार
काठमाडौं–१६ मा रास्वपा उम्मेदवार श्रेष्ठको अग्रता
काठमाडौं - काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता बनाएको छ । आइतबार भएको उपनिर्वाचन अन्तर्गत प्रारम्भिक मतगणना अनुसार रातिको ११ः३० सम्ममा रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले अग्रता लिएकी हुन् । उनले ४ सय ९३ मत पाएकी छिन् । उनलाई नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले पछ्याइरहेका छन् । उनले ३ सय ८४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका...
-
२०८१ मङ्सिर १६, आइतबार
रोल्पाको रुन्टीगढीमा नेपाली कांग्रेस र कालीकोटको तिलागुफामा नेमकिपाका उम्मेदवार निर्वाचित
काठमाडौं- स्थानीय तह उपनिर्वाचन अन्तरगत आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ । योसँगै अन्तिम मतपरिणाम आउनेक्रम पनि सुरु भएको छ। रोल्पाको रुन्टीगढी गाउँपालिका-४ को अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार ५७ वर्षीय भुपमणि पुनमगर विजयी भएका छन्। ६ सय ४३ मत लिएर पुनमगर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार बेगम पुनले ५३५ मत लिए। १ सय ८ मतान्तर सहित कांग्रेसबाट उमेदवार...
-
२०८१ मङ्सिर १६, आइतबार
कीर्तिपुरको मतगणना राति १० बजेदेखि सुरु
काठमाडौं- कीर्तिपुर नगरपालिकाको मतगणना आजै सुरु हुने भएको छ। सर्वदलीय बैठकले राति १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्। सर्वदलीय बैठकले सुरुमा वडा नम्बर १ मा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु गर्ने निर्णय गरेको छ। यसैगरी वडा नम्बर ४ मा पनि सुरुमा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु हुने छ। त्यसपछि क्रमशः वडा नम्बर २ देखि १० सम्मको...
-
२०८१ मङ्सिर १६, आइतबार
स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान
काठमाडौँ, स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ । उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार सात सय ९९ मतदाता रहेकामा हालसम्मको प्राप्त विवरणअनुसार करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो । उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई,...
-
२०८१ मङ्सिर १६, आइतबार
कीर्तिपुर नगरपालिकामा ६५ प्रतिशत मतदान
कीर्तिपुर कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा ६५.३९ प्रतिशत मतदान भएको छ । कीर्तिपुरको कुल मतदाता सङ्ख्या ३१ हजार एक सय २२ रहेकामा २० हजार तीन सय ४६ मत खसेको थियो । मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार कीर्तिपुरका सबै २० मतदानस्थलमा बिहान ७ बजेदेखि सुरु भएको मतदान दिनभर शान्तिपूर्ण रुपमा रही साँझ ५ बजे सम्पन्न भएको हो । नगरपालिका प्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा...


