STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ मङ्सिर १६, आइतबार

    कीर्तिपुर नगरपालिकामा ६५ प्रतिशत मतदान

    कीर्तिपुर कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा ६५.३९ प्रतिशत मतदान भएको छ । कीर्तिपुरको कुल मतदाता सङ्ख्या ३१ हजार एक सय २२ रहेकामा २० हजार तीन सय ४६ मत खसेको थियो । मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार कीर्तिपुरका सबै २० मतदानस्थलमा बिहान ७ बजेदेखि सुरु भएको मतदान दिनभर शान्तिपूर्ण रुपमा रही साँझ ५ बजे सम्पन्न भएको हो । नगरपालिका प्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा...

  • २०८१ मङ्सिर १६, आइतबार

    बढ्यो पेट्रोलको भाउ

    काठमाडौं- सरकारले पेट्रोलको भाउ बढाएको छ। नेपाल आयल निगमका अनुसार आइतबार बिहान १२ बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ बढेको हो। भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर...

  • २०८१ मङ्सिर १६, आइतबार

    स्थानीय तह उपनिर्वाचन : दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान

    काठमाडौं - स्थानीय तह उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । स्थानीय तहका रिक्त ४१ पदमा जनप्रतिनिधि चयनका निम्ति मतदान भइरहेको हो । ४१ पदका लागि ३७६ उमेदवार प्रतिस्पर्धामा छन् । काठमाडौं महानगरपालिका–१६, कीर्तिपुर नगरपालिकासहित सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । आइतबार दिउँसो १ बजेसम्म समग्रमा ४५ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।...

  • २०८१ मङ्सिर १६, आइतबार

    नवनियुक्त चार राजदुतले लिए शपथ

    काठमाडौं- विभिन्न चार देशका राजदूहरूले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन् । अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव नियुक्त भएका थिए । शपथ...

  • २०८१ मङ्सिर १६, आइतबार

    आज ४१ पदका लागि उपनिर्वाचन

    काठमाडौं - स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी देशभर छरिएका पालिकामा ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।  उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भर्ई मतदाता मतदानको पखाईमा रहेको  आयोगका...

  • २०८१ मङ्सिर १५, शनिबार

    सामाजीक घटनाक्रम चित्रण गरिएको चेतना मुलक म्युजिक भिडियो सार्वजनिक

    सामाजीक घटनाक्रम चित्रण गरिएको चेतना मुलक सन्देश बोकेको नेपालभाषाको गीत नुगः चफुना( हृदय चुँडालेर)  मा बनेको म्युजिक भिडियोको शनिबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियो गत मंसिर ८ गते शनिवार ललितपुरको छेली काराओके क्याफेमा शुटिंग गरिएको थियो । शुटिंग भएको एक हप्ता भित्र नै प्रिमियर सम्पन्न सो भिडियो सामाजिक घटनाकमको कथाब्यथा मा  निर्माण गरिएको छ । नव गायिका नानी शोभा महर्जन...

  • २०८१ मङ्सिर १५, शनिबार

    नेपालभाषाका तीनवटा म्यूजिक भिडियाे एकसाथ प्रिमियर

    अहिले गीत भनेको सुन्नेमात्र नभइ हेर्ने माध्यम बनेको छ । अरु भाषामा जस्तै नेपालभाषाका नयाँ म्यूजिक भिडियोहरु निरन्तर सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा बिहिवार  विश्वज्योति सिनेमा भवनमा नेपालभाषाका एक साथ तीन वटा म्यूजिक भिडियो   प्रिमियर  भएको छ । नेपालभाषाको कला तथा संगीत जगतमा डान्सिंग क्वीनका रुपमा परिचय बनाएकि आराध्य लक्ष्मी खडगीको मतिना इन्टरटेनमेन्टबाट काठमाडौंमा आयोजित एक कार्यक्रममा...

  • २०८१ मङ्सिर १४, शुक्रबार

    स्थानीय तह उपनिर्वाचन: मौन अवधिमा के गर्न पाइँदैन?

    काठमाडौं- स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ। निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ। स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि यही मङ्सिर १३ गते राति १२ बजेदेखि सुरु...

  • २०८१ मङ्सिर १४, शुक्रबार

    स्थानीय तह उपनिर्वाचनको नतिजा दुई दिनभित्र

    काठमाडौं - पर्सि आइतबार हुने स्थानीय तह उपनिर्वाचनको नतिजा मतदान सकिएको दुई दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुई दिनभित्र सबै स्थानीय तहको नतिजा सार्वजनिक गर्नेगरी आयोगले आफ्नो काम गरेको बताए। ‘मतदान सम्पन्न भएको भोलिपल्ट नै अधिकांश स्थानको नतिजा आइसक्छ,’ प्रमुख थपलियाले न्यूजगृहसँग भने, ‘कुनै अवरोध भएन र स्मुथली काम गर्न दिने हो भने...

  • २०८१ मङ्सिर १४, शुक्रबार

    सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने

    काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुस्मा कोइराला मेमोरियल अस्पताललाई जलन अस्पतालको रुपमा विकास गरिन लागेको जानकारी दिनुभएको छ ।काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको अस्पतालका संस्थापक देशीय निर्देयक हाइन स्टालको बिदाइ तथा नयाँ देशीय निर्देशक अल्बर्ट बेन्जिनको स्वागतमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले सरकारले पछिल्लो समय जलन उपचारलाई प्राथमिकता दिएर काम...

  • २०८१ मङ्सिर १४, शुक्रबार

    मौन अवधि सुरु, के गर्न पाइँदैन

    स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि यही मङ्सिर १३ गते राति १२ः०० बजेदेखि सुरु भएको...

  • २०८१ मङ्सिर १३, बिहिबार

    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

    धरान (सुनसरी), बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्दै आउनुभएको छ । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आउनुभएका उहाँले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग...

Pages