STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ मङ्सिर १३, बिहिबार

    हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

    काठमाडौँ, १३ मङ्सिरः फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २५ वर्षीया समृद्धी मगर, काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई हाल काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने ३० वर्षीय दिपेन्द्र दर्जी तथा...

  • २०८१ मङ्सिर १३, बिहिबार

    प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस

    काठमाडौँ, १३ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/ ८१ को १६ औँ वार्षिक प्रतिवेदन आज पेस गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गर्नुभएको हो । उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत् सङ्घीय संसद्मा प्रस्तुत गरिने व्यवस्था रहेको छ । सोही अवसरमा आयोगको वर्तमान...

  • २०८१ मङ्सिर १२, बुधबार

    प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् । भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कूल संख्या यकिन भइसकेको छैन । परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जानेछिन् । उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको...

  • २०८१ मङ्सिर १२, बुधबार

    बक्यौता नतिर्ने उद्योगको शेयरदेखि बैंक खातासम्म रोक्का गर्न कुलमानको पत्राचार

    काठमाडौं - नेपाल विद्युत प्राधिकरणले बिजुलीको बक्यौता महसुल तिर्न अटेरी गरेका ३४ उद्योगको शेयरदेखि बैंक खातासम्म रोक्का गर्न तालुक निकायमा पत्राचार गरेको छ । मन्त्रिपरिषद्‌को निर्णयअनुसार दिइएको पछिल्लो म्यादमा पनि महसुल नतिरेपछि प्राधिकरणले महसुल नतिरेका उद्योगीको लगानी रहेको ऊर्जा आयोजनाको विद्युत खरिद सम्झौता बमोजिम भुक्तानी गर्ने रकमबाट कटौती गर्ने पत्राचार ती कम्पनीमा गरेको छ । यस्तै, महसुल...

  • २०८१ मङ्सिर १२, बुधबार

    दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसला

    काठमाडौँ - सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गर्ने फैसला सुनाएको छ। सर्वोच्चले रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ।  न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चको यो आदेशपछि उनी थुनामै रहने भएका छन् । प्रसाईंको हकमा छोरा निरज प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा प्रसाईंलाई...

  • २०८१ मङ्सिर १२, बुधबार

    राष्ट्रिय चलचित्र पुरस्कार २०८०१ मा विपिन र स्वस्तिमा उत्कृष्ट बन्दा चैत्यदेवीलाई दीर्घ साधना सम्मान

    नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय चलचित्र विकास बोर्डको आयोजनामा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा  राष्ट्रिय चलचित्र पुरस्कार २०८१ भव्य रुपमा सम्पन्न भएको  छ ।  बुधवार सम्पन्न भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह  २०८१’ मा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित भएका छन्।...

  • २०८१ मङ्सिर १२, बुधबार

    धरहराबाट उपत्यका नियाल्ने रहर

    काठमाडौँ, काठमाडौँमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आउनुभएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा हेर्ने चाहना जाग्यो । उमेरले ७० वर्ष नाघिसक्नुभएका उहाँलाई कसैले धराहरा हेर्दा शिरको टोपी नै खस्ने अग्लो छ भन्ने सुनाएपछि नजिकबाट हेर्ने अभिलाषा लाग्नु स्वाभाविकै थियो । छोरीलाई साथमा लिएर उहाँ सुन्धारा पुग्दा नभन्दै जीवनमा कहिल्यै नदेखेको अग्लो घर देख्दा उहाँ आश्चर्यचकित बन्नुभयो । पहिलोपटक...

  • २०८१ मङ्सिर १२, बुधबार

    प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा

    काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१औँ राष्ट्रिय ज्यापू दिवसका लागि परम्परागत निमन्त्रणा दिइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज सङ्घीय सांसद कृृष्णगोपाल श्रेष्ठ, ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित करिब सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर दिवसको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेको हो । यस वर्षको ज्यापू दिवस तथा...

  • २०८१ मङ्सिर १२, बुधबार

    कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार

    नारायण न्यौपाने र भीष्मराज ओझार यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारहरु मतदाता रिझाउनमा व्यस्त छन् । कीर्तिपुर नगरपालिकामा नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागिसमेत उपनिर्वाचन हुँदैछ ।  निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतदानको ७२ घण्टा अगाडि अर्थात् मङ्सिर १३ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । त्यसैले यहाँ सबै...

  • २०८१ मङ्सिर १२, बुधबार

    अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित

    गोरखा, १२ मङ्सिर स् गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित बीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा बर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि...

  • २०८१ मङ्सिर १२, बुधबार

    प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट

      काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको नवनिर्वाचित कार्यसमितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी फोटो पत्रकाररुको हकहितका लागि नौ बुँदे ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ । समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले बुझाएको सो ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चारगृहमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि...

  • २०८१ मङ्सिर १२, बुधबार

    विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन

      महेन्द्रनगर (धनुषा), मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी कडरियाले रासससँग कुरा गर्दै भन्नुभयो, “विवाह पञ्चमीमा सहभागी हुन आउने लाखौँ तीर्थयात्रीहरूको...

Pages