-
२०८१ मङ्सिर ४, मंगलबार
पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र
घोराही ,नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । जिल्लाको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो । पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनमा पञ्चेबाजा बजाउन केन्द्रका प्रतिनिधि सहभागी हुन थालेका केन्द्रका अध्यक्ष दयाराम...
-
२०८१ मङ्सिर ३, सोमबार
‘प्रतिपक्षले रुचाएका सभामुख ढुङ्गाना’
काठमाडौँ, प्रजातन्त्र पुनःस्थापनापछिको आमनिर्वाचनमा बहुमत प्राप्त नेपाली कांग्रेस र सशक्त प्रतिपक्षका रूपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच संसद्मा देखिएको रस्साकस्सीलाई सन्तुलित बनाउन तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले खेल्नुभएको तटस्थताको भूमिका नेपालको संसदीय अभ्यासमा अझै पनि खाँचो देखिएको छ । विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा एक सय ११ सिटसहित कांग्रेस बहुमतमा थियो ।...
-
२०८१ मङ्सिर ३, सोमबार
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
काठमाडौँ, (रासस): हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र ? पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् । धार्मिक मान्यताअनुसार पाथीभरा भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ । ताप्लेजुङ जिल्लास्थित पाथीभरा पर्वतको शीखरमा अवस्थित प्रसिद्ध तीर्थस्थल हो, पाथीभरा । यहाँ धार्मिक पर्यटकको मात्र घुइँचो...
-
२०८१ मङ्सिर ३, सोमबार
प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन
शिशिर सिंखडा, टोरण्टो । प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन । समितिको उपाध्यक्षमा मदन अधिकारी, सचिबमा सन्दीप पौडेल, उपसचिबमा कृष्ण पराजुली र बिमला कार्की चयन हुनु भएको छ । शनिबार भएको प्रवासी नेपाली मञ्च क्यानडाको चौथो अधिवेशनले सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको निर्वाचन मण्डलका सचिब रबिन्द्रराज घिमिरेले जानकारी दिनुभयो । २५ सदस्यीय...
-
२०८१ कार्तिक ३०, शुक्रबार
सुंगुरको मासुमा पल्केर गीतको नयाँ श्रृंखला सार्वजनिक
काठमाडौं २९ कात्तिक - दुइ दशक अगाडि नबिन सुब्बा को निर्देशनमा बनेको अन्तरराष्ट्रीय रुपमा ख्यातिप्राप्त चलचित्र " नुमाफुङ ” ले शुरु गरेको लिम्बु संस्कृतिमा आधारित चलचित्रको यात्रामा पछिल्लो समय लिम्बु जातीको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिविधि बढीरहेको बेला लिम्बु जातीकै परम्परामा, कलासंस्कृतिमा आधारित ‘सुगुरको मासुमा पल्केर (दुई)’ बोलको म्युजिक भिडियो...
-
२०८१ कार्तिक २९, बिहिबार
सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी
महोत्तरी, मधेशको प्राचीनकालदेखि सांस्कृतिक तथा लोकपरम्पराका चाडवाडको केन्द्र रहँदै आएको मिथिलाक्षेत्र अहिले सामाचकेवा पर्वको उत्कर्षमा छ । कात्तिक शुक्लपञ्चमी अर्थात् छठ पर्वको दोस्रो दिन शुरु भएर कात्तिक पूर्णिमाका दिन समापन गरिने यो पर्व अब समापनको सङ्घारमा छ । पर्व समापनको दिन नजिकिदै गर्दा मिथिलानी (मिथिलाका नारी) अहिले आफ्ना दाजुभाइ सम्झदैछन् । दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको यो...
-
२०८१ कार्तिक २९, बिहिबार
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
काठमाडौँ, २९ कात्तिकः लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा रु २७ करोड सङ्कलन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस...
-
२०८१ कार्तिक २९, बिहिबार
जलवायु न्यायका लागि रस्साकस्सी
धर्मेन्द्र झा /रासस बाकु (अजरबैजान),२९ कात्तिकः हरितगृह ग्यासको उत्सर्जनका कारण सिर्जित वातावरणीय समस्याबाट बढी प्रभावित मुलुकहरु यतिबेला यहाँ आफूहरुले जलवायु न्याय पाउनुपर्ने भन्दै आवाज बुलन्द पारिरहेका छन् । सोमबारदेखि अजरबैजानको बाकुमा जारी कोप २९ को सम्मेलनमा हिमाली एवं टापु राष्ट्रका प्रतिनिधि एउटै आवाजका साथ आफूहरुले कार्बन उत्सर्जनमा कुनै भूमिका नराखे पनि औद्योगिक एवं विकसित राष्ट्रले...
-
२०८१ कार्तिक २७, मंगलबार
प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ
काठमाण्डौँ, गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ । स्थानीय सानोभ-याङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाण्डौँ जिल्ला अदालतमा उपस्थित गराइनेछ । केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको...
-
२०८१ कार्तिक २७, मंगलबार
आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्ने
मोरङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचन अघि संविधान संशोधन हुनसक्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने बताउनुभयो । उहाँले संविधान संशोधनका निम्ति...
-
२०८१ कार्तिक २७, मंगलबार
सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
काठमाडौँ, बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब रु सात अर्ब बचत माग गरेका छन् ।बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीडितका लागि माग दाबीको निवेदन दिन जारी गरेको ३५ दिने सूचना सोमबार सकिएको थियो । सोमबार एक हजार ६०० पीडितले रु सात अर्ब दाबी गरेको समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रभात अधिकारीले राससलाई...
-
२०८१ कार्तिक २७, मंगलबार
राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन
काठमाडौँ,राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्ष प्रा डा श्रीराम अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । परिषद्को सोमबार वैदिक अनुसन्धान गुठी गौरीघाटमा बसेको बैठकले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । नवगठित कार्यसमितिमा सावित्री टण्डन, अर्जुन पाण्डेय, श्रीराम तिमल्सिना, फणीन्द्रप्रसाद पौडेल क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष हुनुहुन्छ । यसैगरी परिषद्को...


