STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ कार्तिक २६, सोमबार

    मह जोडी मध्येका हरिवंश आचार्यको जन्मदिनको अवसरमा पाटनमा रक्तदान

    ललितपुरमा अहिले ऐतिहासिक कात्तिप्याखं दिनदिनै मन्चन भइरहेको छ । मल्ल राजा सिद्धि नरसिंह मल्ल को पालादेखि आरम्भ भएको कात्तिप्याखं संग हरिवंश राजोपाध्याय नाम गरेका एक ब्राम्हण पण्डित संग सम्बन्धित छ भने संजोगवश हरिवंश नै नाम गरेका विशिष्ट अभिनेताका रुपमा परिचित विशेषगरी हास्य अभिनयमा धनी कलाकार हरिवंश आचार्य ६८ वर्षको जन्मदिन सोमबार पाटन दरबार क्षेत्रमा मनाइयो। पाटनका शुभेच्छुकहरुले कलाकार...

  • २०८१ कार्तिक २४, शनिबार

    प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल

      हेटौँडा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताउनुभएको छ । मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै नआउने...

  • २०८१ कार्तिक २४, शनिबार

    भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग

    घोराही , देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचार गर्न सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका–१० को प्रकृति लोक सांस्कृतिक क्लबले तिहारका अवसरमा भैलो खेलेर सङ्कलन गरेको रु एक लाख क्यान्सरपीडित गौमती थापाको उपचारका लागि सहयोग गरेको हो । घोराही–१० नारायणपुरकी थापा स्तन क्यान्सर रोगका कारण बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचाररत हुनुहुन्छ । बिरामीको...

  • २०८१ कार्तिक २४, शनिबार

    जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौँ, २४ कात्तिक : प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा...

  • २०८१ कार्तिक २४, शनिबार

    निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने

      दमौली नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने बताउनुभएको छ । स्व गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसरमा आज व्यास नगरपालिका–२ गणेशमान पार्कमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य वाग्लेले लौहपुरुष सिंहले देशका लागि गरेको योगदान सधैँ अमर रहने बताउनुभयो । सम्भ्रान्त परिवारमा जन्मिएर पनि सुख सयल छाडेर देश र जनताको पक्षमा काम...

  • २०८१ कार्तिक २४, शनिबार

    मातृभाषासँगै अङ्ग्रेजी सिक्नु जरूरी छ’

    दमक कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मातृभाषाका साथै बद्लिदो परिवेशका कारण अङ्ग्रेजी पनि सिक्नुपर्ने अवस्था आएको बताउनुभएको छ । आज झापाको दमकमा नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को कोसी प्रदेश सम्मेलन तथा विचार गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले हरेक सामुदायिक विद्यालयले मातृभाषाका साथै विद्यार्थीलाई न्यूनतम रूपमा अङ्ग्रेजी भाषामा बोलीचाली गर्नसक्ने गरी...

  • २०८१ कार्तिक १८, आइतबार

    रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

    काठमाडौँ, भाइटीकाका अवसरमा आज बिहानैदेखि काठमाडौँस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ ।बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । मन्दिर बिहानैदेखि खुला गरिएको रानीपोखरी एवं मन्दिर क्षेत्रको व्यवस्थापन गर्दै आएको काठमाडौँ महानगरपालिकाका प्रवक्तासमेत...

  • २०८१ कार्तिक १८, आइतबार

    मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै

      महोत्तरी, महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजन गर्ने मैथिल परम्परा छ । मिथिलामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भन्ने चलन छ । यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै...

  • २०८१ कार्तिक १८, आइतबार

    कार्तिक शुक्ल द्वितीया भाइटीका

    काठमाडौँ, १८ कात्तिकस् यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई...

  • २०८१ कार्तिक १८, आइतबार

    मधेस-पहाडको कथा र सौन्दर्यमा ‘केटी हराएको सूचना’

      काठमाडौँ,  वृतचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ । झन्डै ३२ वर्षपछि चलचित्रकर्ममा फर्किनुभएका निर्देशक गौचनले पहाडी समुदायको केटा र मधेसी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताउनुभयो । “म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक...

  • २०८१ कार्तिक १७, शनिबार

    आत्मिकी अन्धकार कविता संग्रह सार्वजनिक

    केके मानन्धर साहित्यकार होमनाथ खत्री (होम दिम्माली)द्वारा रचित "आत्मिकी अन्धकार” नामक कविता संग्रह हालै लोकार्पण गरिएको छ । भ्रष्टाचार, अराजकता र असहिष्णु कुप्रवृत्तिका विरुद्ध लक्षित पुस्तकलाई जुबु खप्तडी बस्नेत सेवा समाजले लोकार्पण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्रष्टा खत्रीले पछिल्लो समय समाजभित्र बढेको खराब प्रवृत्तिलाई प्रहार गर्नुपर्ने बताउनुभयो । "असल शिक्षा र आत्मिकी...

  • २०८१ कार्तिक १७, शनिबार

    ललितपुरमा सम्पन्न नृत्य प्रतियोगितामा भक्तपुरकी आयोना लाखा विजयी

    विशिष्ट व्यक्तित्व रत्न बेहोशीलाई ललितरत्न सम्मान ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिद्वारा नेपाल सम्बत ११४५ नव बर्ष, स्वन्तिको उपलक्ष्यमाआयोजनामा भएको नृत्य प्रतियोगिता (दोश्रो सिजन) गोल्मढी, भक्तपुरकी आयोना लाखाले प्रथम पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ । प्रथम पुरस्कार विजयी लाखाले फाइनल राउण्ड मा १४ प्रतिस्पर्धीलाई पछि पारी प्रतियोगितामा जित हासिल गर्नुभएको हो । उहाँले शिल्ड,...

Pages