STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ कार्तिक १७, शनिबार

    सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्छ : प्रधानमन्त्री

    पाटन (ललितपुर), १प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताउनुभएको छ । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा नेपाल भाषा मंका खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा आयोजित’न्हूदँ ने.सं. ११४५’ को सांस्कृतिक कार्यक्रममा उहाँले नेपाल संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको संवत् हो भन्नुभयो ।...

  • २०८१ कार्तिक १७, शनिबार

    नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा शुभकामना र्‍याली

    काठमाडौँ, नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा आज राजधानीसहित देशभरका मुख्य सहरमा शुभकामना र्‍याली निकालिएको छ । विविध सांस्कृतिक झाँकीसहित विभिन्न कार्यक्रमका साथ ‘न्हुँदया भिन्तुना’ भन्दै कतै मोटरसाइकल, कतै साइकल तथा कतै पैदलयात्रामा र्‍याली निकालिएको हो । राजधानीका विभिन्न स्थानमा अहिले निकालिएको ¥यालीले सहर परिक्रमा गरिरहेको छ । र्‍यालीमा बालकदेखि वृद्धसम्म सांस्कृतिक वेषभुषामा खुसी...

  • २०८१ कार्तिक १७, शनिबार

    ‘देशको प्रतिष्ठा बढाउन नेवारी संस्कृतिको असाधारण योगदान छ’

       काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताउनुभएको छ । नेपाल संवत् ११४५ का अवसरमा ‘नेपाल संवत् ११४५ मूल समारोह समिति’ले वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालले आफ्नो परिचय बनाउन संस्कृति, कला, मूर्तिकला, काष्ठकला र चित्रकला नृत्यकला, वाद्यवादन र गायनलगायत विधाले योगदान गरेका छन्, यी सबैमा...

  • २०८१ कार्तिक १७, शनिबार

    नेपाल संवत् ११४५ प्रारम्भ, भिन्तुना कार्यक्रम देशैभरि मनाइँदै, भिन्तुना सभामा प्रधानमन्त्री ओली प्रमुख अतिथि हुने

    काठमाडौँ - नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  नववर्षलाई स्वागत गर्न आज बिहान ७ बजेदेखि काठमाडौंको बसन्तपुरमा भिन्तुना र्‌याली हुँदैछ । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४५ को आयोजनामा हुने र्‌यालीले नववर्षको सन्देश सहित काठमाडौं परिक्रमा गर्नेछ । र्‌यालीपछि बसन्तपुरमा नै हुने भिन्तुना सभामा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रूपमा आउनेछन् ।...

  • २०८१ कार्तिक १६, शुक्रबार

    नववर्षको उपलक्ष्यमा नेपालभाषा कविता वाचन कार्यक्रम सम्पन्न

    नेपाल संवत् ११४५ नववर्षको अवसरमा नेपालभाषा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४५ को आयोजनामा लोककवि राजभाइ जकःमिको संयोजकत्वमा बिहीबार काठमाडौं चागलस्थित जगतसुन्दर ब्वनेकुथिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाः आउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि निभालाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।...

  • २०८१ कार्तिक १६, शुक्रबार

    नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छ : प्रचण्ड

    भक्तपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताएका छन् । नेकपा माओवादी केन्द्र मध्यपुर थिमी नगर समिति भक्तपुरले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल संवत् नेवार समुदायको...

  • २०८१ कार्तिक १६, शुक्रबार

    डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल यथावत

    काठमाडौँ -डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो ।  यस अनुसार काठमाडौँ, पोखरा र दिपायलमा यी दुई पदार्थको मूल्य १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ कायम भएको छ ।  यसपटक निगमले पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरेन । निगमले हरेक १५ तारिख र महिनाको...

  • २०८१ कार्तिक १५, बिहिबार

    स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करणको तयारी आरम्भ

    नेपालभाषाका गीतसंगीतको श्रीबृद्दि र कलाकर्मिहरुको प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्य लिएर कलाकर्मि स्वतन्त्रसंसार महर्जन ले थालनी गरेको  स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करण छिट्टै आयोजना गर्ने योजना अनुरुप त्यको लागि गीत दर्ता खुल्ला गरिएको छ । संसार क्रिएसन्सबाट बुधबार ललितपुरको खोकनामा आयोजित एक कार्यक्रममा अवार्डको तेश्रो संस्करणका लागि दर्ता खुल्ला भएको घोषणा गरिएको हो ।...

  • २०८१ कार्तिक १५, बिहिबार

    दक्षिण कोरियामा नेवाः शर्टफिल्मले जित्यो पुरस्कार

    नेपालभाषाको म्युजिक भिडियो क्षेत्रमा स्थापित निर्देशक बिश्वास बज्राचार्यको परिकल्पना र निर्देशनमा तयार भएको  नेपालभाषाको शर्टफिल्म " नखत्या ” दक्षिण कोरियामा सम्पन्न भएको सिउल इन्टरनेशनल किड्स एन् युथ फिल्म फेस्टिभलमा पुरस्कार जित्न सफल भएको छ । यो शर्टफिल्मको निर्माण संग सम्बद्ध सुत्रले जानकारी दिए अनुसार यो  शर्टफिल्मंले सिउलमा   सिल्भर लाइट प्राइज जितेको हो ।  यो शर्टफिल्म तयार गर्न अाफ्नो ...

  • २०८१ कार्तिक १५, बिहिबार

    साफ वुमेन्स: बंगलादेश च्याम्पियन, नेपाल २-१ ले पराजित

    काठमाडौं- रितुपोर्ना चक्माले गरेको जादुयी गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन बंगलादेशले नेपाललाई पराजित गर्दै बुधबार वुमेन्स साफ च्याम्पियनसिपको उपाधि जितेको छ। दशरथ रंगशालामा भएको खेल २–१ ले जित्दै बंगलादेशले उपाधि रक्षा गरेको हो। नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पराजित भएको यो १२ औं पल्ट हो। हारसँगै नेपालको पहिलोपल्ट उपाधि जित्ने सपना अधूरै रह्यो। बंगलादेशले सन् २०२२ को उपाधि दशरथ...

  • २०८१ कार्तिक १४, बुधबार

    काठमाडौं महानगरले निजी कम्पनीलाई फोहर उठाउन नदिने

    काठमाडौं- काठमाडौं महानगरपालिकाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ। सोका लागि कामपाले स्रोतमा उत्पादन भएको फोहरको २० प्रतिशत मात्रै उक्त स्थानमा लैजाने गरी तयारी थालेको कामपा वातावरण विभागले जनाएको छ।  स्रोतमा उत्पादन भएको फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्था गर्नेगरी तयारी थालिएको विभागका प्रमुख...

Pages