STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ कार्तिक १४, बुधबार

    यमपञ्चकको पहिलो दिन काग तिहार

    काठमाडौं- कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइएको छ।सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज बुधबारलाई काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।  यमराजको दूतका रुपमा पुजिने कागलाई आज बिहान मनपर्ने खानेकुरा खान दिएर काग तिहार मनाउने चलन छ। यमराजले लोकको...

  • २०८१ कार्तिक १३, मंगलबार

    ममता नेपालीको स्वरमा ‘डिम्पल सुहाउने’को भिडियो सार्वजनिक

    गीतसंगीतको संसारमा उदियमान गायिका ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । युगल गीतको रुपमा रहेको यो गीतमा  ममतालाई टेक बिसीले स्वरमा साथ दिएको छ  । भीम बि सीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको छ गीतमा । विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफि रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर...

  • २०८१ कार्तिक १३, मंगलबार

    अन्वेषक प्रकाश सायमीको नयाँ कृति ‘स्वरसम्राट नारायणगोपाल’ लोकार्पण

    नेपालको संगीत अाकाशमा स्वर सम्राटको रुपमा विख्यात प्रसिद्ध गायक संगीतकार नारायणगोपाल गुरुवाचार्यको जीवनीमा आधारित ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तकको मंगलबार एक समारोहमा लोकार्पण सम्पन्न भएको छ। अनन्त यात्रा , वर्षादि दिनहरु , यी सलाइका काँटी , चलचित्र कला र प्रविधि, काठमाडौं सेल्फि लगायत विविध विधाका दर्जनौं कृति प्रकाशित गरिसकेका  लेखक प्रकाश सायमीको यो नयाँ कृति जीवनी पुस्तक हो  । कृति विमोचन ...

  • २०८१ कार्तिक १२, सोमबार

    'माखायात ग्वंगः माः’ को दसलाख भ्यूजको उत्सव मनाइयो

    रोजगारीको क्रममा हंगकंग मा रहँदै अाउनु भएका  गायक तथा संगीतकार कृष्णभक्त महर्जन र गायिका बानिका प्रधानको नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ को युट्युबमा १० लाख भ्यूज पुगेको उत्सव मनाइएको छ । उक्त युगल गीतको १० लाख भ्यूजको उत्सव हरिसिद्वि ललितपुरमा एक कार्यक्रम गरी मनाइएको हो । म्यूजिक भिडियोका कलाकार, प्राविधिकहरुको उपस्थितीमा केक काट्दै १० लाख भ्यूजको खुसियाली मनाइएको थियो । कार्यक्रममा गीतका...

  • २०८१ कार्तिक ११, आइतबार

    साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा

    काठमाडौं- साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ। दर्शकको अपार साथ पाएको नेपाल घरेलु मैदानमा पेनाल्टी सुट आउटमा भारत माथि ४‍–२ को रोमाञ्चक जित निकाल्दै महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो। राष्ट्रिय महिला टोलीको भारतमाथि साफ च्याम्पियनसिपमा यो लगातार दोस्रो सेमिफाइनल विजय हो। साफ महिला च्याम्पियनसिपको उपाधीका लागि नेपालले र बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गर्नेछ।...

  • २०८१ कार्तिक ११, आइतबार

    राजनीतिक प्रतिशोध राखेर सभापति रविलाई हिरासतमा राखिएको रास्वपाको निष्कर्ष

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर हिरासतमा राखेको निष्कर्ष निकाल्दै सरकारसँग अविलम्ब चाँडो रिहाइको लागि माग गर्ने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिशोध त्यागेर सभापति लामिछानेलाई रिहाइको माग गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। ‘पार्टी सभापति...

  • २०८१ कार्तिक ११, आइतबार

    चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

    काठमाडौं - नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो । नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने स्वीकृति दिएको थियो । ७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले...

  • २०८१ कार्तिक ९, शुक्रबार

    कार्तिक ११ र १२ गते ललितपुरमा रात्रिकालीन बजार मेला

    ललितपुर- साँस्कृतिक र सांगितिक क्षेत्रमा अतुलनीय पाइला अगाडि बढाउँदै आइरहेको   ललितपुर महानगरपालिका – १६ वडा कार्यालयले यही कार्तिक ११ र १२ गते रात्रिकालीन बजार मेला आयोजना गर्ने भएको छ। सो वडाका महिलाद्वारा उत्पादित सामग्रीको बजार प्रवर्द्धन गर्ने  उद्देश्यले स्थानीय धौगल, दौबहाल, भुल्खुमा सो मेला आयोजना गर्न लागिएको वडाका महिला सदस्य बबिता श्रेष्ठले पत्रकार भेटघाटमा जानकारी दिए। कार्यपालिका...

  • २०८१ कार्तिक ८, बिहिबार

    मल्ल के सुन्दरको "नेपाल संवतया भिंतुना आन्दोलन" पुस्तक नेपाली भाषामा प्रकाशन हुने

    नेवार अगुवा मल्ल के सुन्दरले लेख्नुभएको "नेपाल संवतया भिंतुना आन्दोलन (म्हिगः थौं व कन्हय्)" नेपाली भाषामा पनि प्रकाशन हुने भएको छ ।  पहिलो प्रकाशनका रूपमा नेपालभाषाबाट प्रकाशित यो पुस्तक सम्पूर्ण नेपालीले नेपाल संवतका विषयमा बुझाउनका लागि  खस नेपाली भाषामा पनि पुस्तक प्रकाशन गर्न लागिएको हो ।  न्हूदँ समारोह समिति ११४५ सचिवालयले दिएको जानकारी अनुसार नयाँ वर्ष ११४५ भन्दा अगावै यो पुस्तक प्रकाशनको...

  • २०८१ कार्तिक ८, बिहिबार

    नयाँ वर्ष ११४५ भब्य रूपमा मनाउन विभिन्न उप–समितिको बैठक

      नयाँ वर्ष ११४५ भब्य रूपमा मनाउनका लागि राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा  नेपाल संवत राष्ट्रिय न्हूदँ समारोह समिति ११४५ सचिवालयको विभिन्न  उप–समितिको बैठक बसेर नयाँ वर्ष मनाउने  तयारी भईरहेको जानकारी प्राप्त भएको छ । सचिवालयले दिएको  जानकारी अनुरूप नयाँ वर्ष मनाउनका लागि २२ वटा  उप–समिति गठन गरिएको छ । यसरी गठन गरिएको उपसमितिको छुट्टाछुट्टै भेला आयोजना गरी तयारी अगाडि बढाइएको  जानकारी...

  • २०८१ कार्तिक ७, बुधबार

    अपहरणमा परेकी महिलाको चाल्नाखेलबाट सकुशल उद्धार

    काठमाडौँ - काठमाडौँको चाल्नाखेलमा बन्धक बनाएर राखिएकी महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको छ । पीडितलाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । बन्धक बनाउने काममा संलग्न एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् । अपहरणमा संलग्न एकजना...

  • २०८१ कार्तिक ७, बुधबार

    दाहालको काम ओलीको १०० दिने उपलब्धि

    काठमाडौं- तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पालामा कार्यान्वयनमा आएको ‘विदेशी लगानी स्वीकृत गर्ने स्वचालित प्रणाली (अटोमेटिक रुट)’ लाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सम्पन्न भएको दाबी गर्दै १०० दिने उपलब्धिको सूचीमा समेटेका छन्। उक्त अटोमेटिक रुट गत वैशाखमा आयोजना भएको तेस्रो लगानी सम्मेलनको अवसरमा उद्योग विभागले कार्यान्वयन गरेको थियो। त्यतिबेला प्रधानमन्त्री दाहाल...

Pages