-
२०८१ कार्तिक ७, बुधबार
काठमाडौं उपत्यकाको तापक्रम १३ डिग्री सेल्सियससम्म झर्ने अनुमान
काठमाडौं- काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियससम्म झर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका छन्। मौसम महाशाखाले गरेको प्रक्षेपणअनुसार बिहीबार बिहान उपत्यकाको न्यूनतम तापक्रम १३ देखि १५ डिग्री सेल्सियसबीचमा रहने सम्भावना देखिएको हो। यस्तै बिहीबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम भने २६ देखि २८ डिग्री सेल्सियससम्म रहने आकलन मौसम महाशाखाले गरेको छ। बुधबार भने...
-
२०८१ कार्तिक ७, बुधबार
‘मंसीर १६ को स्थानीय तह उपनिर्वाचनमा हरेक दृष्टिकोणले कीर्तिपुरको नेतृत्व गर्न म सक्षम छु’ : युवा समाजसेवी राजकमल महर्जन
कीर्तिपुर/आउँदो मंसीर १६ गते हुनलागेको स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेकपा एमालेबाट आकांक्षी मेयर उम्मेदवार युवा समाजसेवी राजकमल महर्जनले युवाहरुमा परिवर्तनको शक्ति भएको धारणा राख्नु भएको छ । युवा समाजसेवी महर्जन भन्नु हुन्छ, ‘आजको युगमा सबैले थाहा भएकै कुरो हो कि हामी पिढीँको भविष्य हौं । संसारमा विभिन्न मुद्दाहरु, जस्तो कि जलवायु परिवर्तन, लैंगिक समानता, आर्थिक विषमता एवं...
-
२०८१ कार्तिक ७, बुधबार
कार्तिक १० गते कीर्तिपुरको लायकूमा सांगितिक धमाका : प्रिजोल नेपाली र सरर कन्सर्टको रौनकता
कीर्तिपुर/“गाइने” शब्द आफैमा निश्चल एवं चोखो शब्द हुन् । माता सरस्वतीको पुजारीको रुपमा लिन सकिने “गाइने” नेपाली संगीत क्षेत्रका ज्वलन्त एवं जीवन्त सांगितिक इतिहास भने पनि विल्कुलै कतै फरक नपर्ला । वास्तवमै भन्नु पर्दा “गाइने”को पर्यायवाची नै संगीत हो । कीर्तिपुर नगर क्षेत्रको सांगितिक इतिहासको कुरो गर्नु पर्दा, ‘सारंगी घराना’को चर्चा गर्नु पर्दा, कान्छा मगरको नाम लिनै पर्छ, उही कान्छा मगर, पहिले...
-
२०८१ कार्तिक ५, सोमबार
सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा
सिद्धराज राई / रासस काठमाडौँ, भाषाविना पत्रकारिताको कल्पना गर्न सकिन्न । संसारमा कुनै न कुनै भाषा प्रयोग गरेर नै पत्रकारिता वा आमसञ्चारमाध्यम सञ्चालन भइरहेका छन् । अन्तर्राष्ट्रिय रूपमा संयुक्त राष्ट्र सङ्घले अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, अरबी र स्पेनी भाषालाई आधिकारिक प्रयोग गरिरहेको छ । यी सबै भाषामा पत्रकारिता भइरहेको छ । संसारका करिब दुई सयभन्दा बढी देशमा आफ्नो मातृभाषा प्रयोग गरेर...
-
२०८१ कार्तिक ४, आइतबार
मीनबहादुरको जग्गामा पार्टी कार्यालय बनाउने निर्णय एमाले बैठकद्वारा अनुमोदन
काठमाडौं- चौतर्फी विवादमा परेको भाटभटेनीका व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउने निर्णय अनुमोदन भएको छ। सचिवालय बैठकले जग्गा लिने र घर बनाउने विषय अनुमोदन गर्ने निर्णय गरेको हो। पार्टीका एक पदाधिकारीका अनुसार, उक्त निर्णय आइतबार बसेको बैठकले अनुमोदन गरेको हो। त्यस्तै, पार्टीको भवन निर्माणको सन्दर्भमा पार्टी निर्णयको विरुद्धमा जाने नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ...
-
२०८१ कार्तिक ४, आइतबार
अपराध गरे देशको कानुनअनुसार अनुसन्धान हुन्छ: गृहमन्त्री लेखक
काठमाडौं- गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो। गृहमन्त्री लेखकले अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमणको प्रयास नगर्न सचेत गराएका छन्। आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठीक हो भन्न ढंगले कसैले पनि अघि...
-
२०८१ कार्तिक ४, आइतबार
बालुवाटारमा कांग्रेस-एमाले नेताहरू बैठकमा
काठमाडौं - सत्ता गठबन्धनका प्रमुख २ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ। एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओलीका साथै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत छन्। कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, रमेश लेखक लगायत छन्। प्रधानमन्त्री ओलीले यसअघि एमाले बैठकमा सरकार ढाल्ने खेल भइरहेको ब्रिफिङ गरेका थिए। सरकार ढाल्ने...
-
२०८१ कार्तिक ४, आइतबार
पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ - पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो । पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितहरूले उक्त सहकारीका पूर्व अध्यक्ष तथा सञ्चालक गितेन्द्रबाबु (जीबी) राई सहितलाई अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएका थिए। पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण...
-
२०८१ कार्तिक ४, आइतबार
गुरुङको जग्गामा पार्टी भवन बन्नु गलत भन्दा रावलसहित ३ नेतालाई एमालेले सोध्यो स्पष्टीकरण
काठमाडौं- नेकपा एमालेको सचिवालय बैठकले पार्टीको भवन निर्माणको विषयमा पार्टी निर्णयविरुद्ध उभिएको भन्दै तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। सचिवालयको आइतबारको बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। एमाले महासचिव शंकर पोखरेललले पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति दिएकाले स्पष्टीकरण सोधिएको...
-
२०८१ कार्तिक ४, आइतबार
भूमि तथा नापी र गुठी ऐन संशोधनको मस्यौदा तयार भइसकेको छः मन्त्री अधिकारी
रसुवा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आम किसानको हितमा भूमि तथा नापी र गुठी ऐन संशोधन गर्न मस्यौदा तयार भइसकेको बताउनुभएको छ । रसुवाका बासिन्दामाझ विर्ता तथा गुठी जग्गामा परिरहेको समस्या समाधान गराउन भूमि अधिकार मञ्च रसुवाले दक्षिणी भेगको कालिकास्थानमा आज आयोजना गरेको ‘सामाजिक न्याय र समुन्नतिका लागि भूमि अधिकार, विर्ता समस्या र समाधान’ विषयक कार्यशाला गोष्ठीलाई...
-
२०८१ कार्तिक ४, आइतबार
राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिको संरक्षण जरुरी छः सञ्चार मन्त्री गुरुङ
काठमाडौँ, ४ कात्तिक स् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिले अहम भूमिका खेल्ने भएकाले यसको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति ९रासस०ले आजदेखि औपचारिकरुपमा सुरु गरेको मैथिली र नेपाल भाषा समाचारको शुभारम्भ गर्दै मन्त्री गुरुङले सरकारले भाषा संरक्षण अभियान सरकारी मातहतका सञ्चार माध्यमबाट थालनी गरेको बताउनुभयो ।...
-
२०८१ कार्तिक ४, आइतबार
थारू समुदायका प्रथाजन्य कानुनलाई मान्यता दिन माग
कञ्चनपुर,थारू समुदायका अगुवाहरूले पुस्तौँदेखि चल्दै आएका प्रथाजन्य कानुनलाई सरकारले कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् । थारू कल्याणकारिणीसभाको आयोजनामा शुक्लाफाँटा नगरपालिकामा आज आयोजित नेतृत्व विकास तथा प्रथाजन्य कानुनसम्बन्धी सचेतना कार्यक्रममा सहभागी अगुवाहरूले बरघर प्रथालाई वैधानिकता दिनुपर्नेमा जोड दिएका हुन् । थारू बुद्धिजीवी बलबहादुर डगौराले परम्परादेखि चल्दै आएको प्रथालाई...


