-
२०८१ आश्विन ३०, बुधबार
राससले मैथिली र नेपाल भाषामा शुभारम्भ गरेकामा स्वागत
धनुषा, राष्ट्रिय समाचार समिति ९रासस०ले मङ्गलबारदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण शुभारम्भ गरेकामा जिल्लास्थित विभिन्न सङ्घसंस्थाले स्वागत गरेका छन् । मुलुकमै नेपाली भाषापछि बढी बोलिने मैथिली भाषामा राससले समाचार सेवा सुरु गरेपछि मधेस प्रदेशमा खुसियाली व्यक्त गरिएको छ । विसं २०८० माघमा अवधी भाषामा समाचार सेवा थालनी गरेको राससले सोमबारदेखि परीक्षणका रुपमा मैथिली र नेपाल भाषामा समेत...
-
२०८१ आश्विन ३०, बुधबार
रेडियो नेपालमा दनुवार भाषा भाषा समाचार सेवा शुभारम्भ
काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुुरुङले राज्यका निकायमा समावेशी प्रतिनिधित्व भएपछि मात्र समग्र विकासले गति लिने बताउनुभएको छ । रेडियो नेपालमा ‘दनुवार’ भाषाको आज शुभारम्भ गर्दै मन्त्री गुरुङले द्वन्द्वरहित समाज स्थापित गर्न र सुशासन कायम राख्नका लागि पनि समावेशी प्रणाली अपनाउनुपर्ने धारणा राख्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङका अनुसार नेपाल सानो भए पनि...
-
२०८१ आश्विन २९, मंगलबार
मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण
काठमाडौँ, आजदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण शुभारम्भ गर्दैछ । आजसाँझदेखि ती दुवै भाषामा समाचार सेवा परीक्षणको रुपमा सुरुआत गर्न लागिएको हो ।गत माघदेखि स्थानीय ‘अवधी’ भाषा समाचार सेवा सञ्चालन गरिसकेको राससले आजबाट मैथिली र नेपाल भाषामा पनि समाचार सेवा प्रारम्भ गर्न लागेको हो । संविधानमा व्यवस्था भएअनुरुप राससले समावेशी चरित्रको रुपमा मातृभाषामा समाचार सेवा दिन सुरु गरिसकेको छ ।...
-
२०८१ आश्विन २९, मंगलबार
सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो
कैलाली , विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उहाँले आजभोलि खासै गहना लगाउनुहुँदैन । “विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो...
-
२०८१ आश्विन २८, सोमबार
पिङ संरक्षणमा जुटे युवा
दमौली, विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगहरुमा पिङ हाल्ने क्रम बढेको छ । दसैँका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । सोही बमोजिम जिल्लाका विभिन्न ठाउँमा युवा क्लवहरुले लिङ्गे तथा रोटे पिङ हालेर संस्कृति संरक्षणमा जुटेका छन् । भानु नगरपालिका–१३ सम्जुरमा युवाहरुले छ पिर्के रोटे पिङ बनाएका छन् । पछिल्लो पुस्ताको वेवास्ता र बढ्दो युवा पलायनका कारण गाउँमा पिङ देख्नै...
-
२०८१ आश्विन २८, सोमबार
नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी
काठमाडौँ, आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन् । आफन्त टाढा हुनेका लागि...
-
२०८१ आश्विन २८, सोमबार
किशोरी हत्याका आरेपित ५८ वर्षीय भण्डारी सार्वजनिक
डडेलधुरा, डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्याको आरोपमा स्थानीय एक जनालाई आइतबार सार्वजनिक गरिएको छ । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षिय आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरिएको हो । अमरगढी नगरपालिका–७ की बालिका भट्टराईको हत्या गरिएको थियो ।...
-
२०८१ आश्विन २६, शनिबार
हङ्गकङमा बस्दै आएका कृष्णभक्त महर्जनको गीत नेपालमा सार्वजनिक
हङ्गकङमा बस्दै आएका संगीतकर्मी कृष्णभक्त महर्जनको नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ ( पोठिलाइ भाले चाहिन्छ )सार्वजनिक भएको छ । लुभु का म्युजिक भिडियो अभियन्ता कृष्णभक्त श्रेष्ठ लुभुकोल केभिएस लुभु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित म्यूजिक भिडियो गायक महर्जनकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।...
-
२०८१ आश्विन २६, शनिबार
रोजगारी बाध्यताले दसैँको अघिल्लो दिन मुलुक छाड्नेहरु
काठमाडौँ, “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दसैँ र परिवारभन्दा जागिर प्यारो भयो सर”, सर्लाहीका अजय मेहताले भने । दसैँको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो । शुक्रबार साँझपख बोर्डिङ पास लिनु अघि...
-
२०८१ आश्विन २६, शनिबार
नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै
काठमाडौँ,नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौँ उपत्यकामा निःशुल्क रूपमा बस सेवा सञ्चालन गरिने जनाएको छ । सार्वजनिक यातायातका साधनहरू न्यून चल्ने हुँदा नागरिकलाई आवतजावत गर्न सहजहोस् भन्ने उद्देश्यले आज दिनभरि रिङरोड भित्र र बाहिर गरी दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गर्ने योजना बनेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले...
-
२०८१ आश्विन २६, शनिबार
विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
काठमाडौँ,पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताउनुभएको छ । विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक भएको बताउनुभयो । “देशमा विद्यमान परिवर्तित राजनीतिक...
-
२०८१ आश्विन २४, बिहिबार
लिम्बु भाषाको ‘ए फुंङ्...’किशोर सुब्बाको निर्देशनमा
मानिसको सभ्यता र संस्कृतिको कसी सर्वप्रथम भाषा नै हो । विभिन्न जाति र समुदायहरुको आआफ्नै भाषाहरु हुन्छन् । त्यस्तै नेपालमा पनि आदिवासी जनजातिहरुको आआफनै भाषाहरु छन् । नेपालका अरु अरु भाषाहरु जस्तै पछिल्लो समयलाई हेर्दा लिम्बु जातिको भाषा लोप हुदै गइरहेको अवस्था छ । बहुसंख्यक लिम्बुहरुमा यस पछिल्लो चरणलाई हेर्दा उनीहरु दिनानुदिन आफ्नो भाषा छोड्दै गईरहेको देखिन्छ । यसको मुख्य कारण भनेको आफ्नो...


