-
२०८१ आश्विन २३, बुधबार
काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै
काठमाडौँ, काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उहाँले भन्नुभयो, “आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या...
-
२०८१ आश्विन २३, बुधबार
एक बोतल पानी सय रुपियाँमा बेच्दा ....
कास्की, तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु दुई लाख जरिवाना गरेको छ । पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताउनुभयो ।...
-
२०८१ आश्विन २३, बुधबार
नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
काठमाडौँ, अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ । अहिले अधिकांश साना सवारी साधन (हाइस, जिप, कार) सीतापाइला–धार्के सडक भएर जाने गरेको पाइएको छ । नागढुङ्गा–नौबिसे सडकको जाम छल्नका लागि भए पनि यातायात व्यवसायीहरुले उक्त सडकलाई प्रयोगमा ल्याउन थालेको काठमाडौँ उपत्यका...
-
२०८१ आश्विन २३, बुधबार
रामलीलाप्रति स्थानीयको आकर्षण बढ्दै
राँझा (बाँके),नेपालगञ्जमा ऐतिहासिक संस्कृतिका रुपमा रहेको रामलीलाप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा सञ्चालन भइरहेको रामलीला मञ्चनको १५७औँ संस्करण हेर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ । भारतको वृन्दावनबाट आएका कलाकारले गर्ने रामलीला मञ्चन हेर्न नेपालगञ्जवासी र टाढाटाढाबाट हरेक दिन राति सयौँको सङ्ख्यामा भक्तजन आउने गरेको रामलीला सञ्चालक समितिका...
-
२०८१ आश्विन २३, बुधबार
मिथिलामा आज दोस्रो दिन पनि ‘बेलनौत’
२३ असोजः मधेसको मिथिलाक्षेत्रमा आज दोस्रो दिन पनि यता दशहारा भनिने दसैँ पर्वको ‘बेलनौत’ गरिँदैछ । परम्परागत रुपमा शारदीय नवरात्रको छैटौँ दिन षष्ठी (खस्टी) तिथिका दिन गरिने यो उत्सवमय विधि यसपालि तिथिको घटबढले ठाउँठाउँमा अघिपछि परेको हो । मङ्गलबार बिहान ७ बजेर १० मिनेटपछि सुरु भएर आज बिहान ७ बजेर ३३ मिनटसम्म षष्ठीको भोग मिथिलामा प्रचलित विद्यापति र मिथिला पञ्चाङ्गले देखाएका छन् । सामान्यतया...
-
२०८१ आश्विन २१, सोमबार
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार
काठमाडौँ, प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको लागि पठाएको हो । काउन्सिलले सञ्चारमाध्यमका रुपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसारण गरे...
-
२०८१ आश्विन २१, सोमबार
मध्यपुर थिमि सहकारीको थिमि भैलः २०८१ लाई सम्मान
केके मानन्धर- मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले थिमि भैलः २०८१ का कलाकार तथा व्यवस्थापन समितिलाई सम्मान गरेको छ । आनुष्ठानिक नाच मध्येको थिमि भैलःलाई जीवन्त राख्ने, प्रवद्र्धन गर्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने क्षेत्रमा ताहाननि टोलको भूमिकालाई मूल्यांकन गरी संस्थाले सम्मान गरेको बताइएको छ । संस्थाको १७ औं वार्षिक साधारणसभामा थिमि भैलः २०८१ व्यवस्थापन समितिका माइला प्रजापति तथा...
-
२०८१ आश्विन २१, सोमबार
मुटुमै गासेको साइनो सार्वजनिक
काठमाडौं - टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ गीतको भिडियो सार्वजनिक भएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सो गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिनुभएको छ । विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै...
-
२०८१ आश्विन २०, आइतबार
हेरुकाको निर्देशनमा कस्तो हो यो माया
"हाउडे ” लगायतका केही नेपाली चलचित्रमा अभिनय गरेका अभिनेता इश्वर थापा अहिले विदेशमा बस्दै आएका छन् । चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाले क्यानडामा रहेर पनि आफ्नो कला, संस्कृति र माटोको माया हुनेले देशको अवस्थाका कारण रोजिरोटीको लागि संसारको जुनसुकै कुनामा रहेपनि व्यस्त जीवनबाट बचेको समयको सदुपयोग गर्नु पर्छ भन्ने उद्देश्य लिएर अगाडि बढिरहेका कलाकार हुन्। त्यही उद्देश्य को फलस्वरुप आफ्नो...
-
२०८१ आश्विन १८, शुक्रबार
अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय
गलकोट (बागलुङ), हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन आज घरघरमा जमरा राखी घटस्थापना गरिएको छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ । तर बागलुङका सीमान्तकृत माझी समुदायले भने वर्षौँदेखि जमराबिना नै दसैँ मनाउने अनौठो परम्परालाई निरनतरता दिएका छन् । उनीहरूले अनिष्टको भयले जमरा नराखी...
-
२०८१ आश्विन १८, शुक्रबार
साइकलयात्री साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार
विराटनगर, १८ असोजः एकीकृत भन्सार जाँचचौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकलयात्री श्याम साहको उपचारका क्रममा आज मृत्यु भएसँगै क्षतिपूर्तिको मागसहित आफन्तजन विरोधमा उत्रेका छन् । चौकीतर्फबाट आइरहेको ना४ख २४८३ नं को ट्रकले बिहीबार साँझ ठक्कर दिँदा घाइते भएका साइकलयात्री साहको उपचारका क्रममा मृत्यु भएको खबर सार्वजनिक भएसँगै क्षतिपूर्तिका मागसहित आफन्तजन विरोधमा...
-
२०८१ आश्विन १८, शुक्रबार
आःजु टि क्लबको चियापान : प्रदेश सांसद महर्जन तथा कीर्तिपुर नपाका कार्यबाहक प्रमुख शाक्य उपस्थित
कीर्तिपुर/कीर्तिपुर नगरका विभिन्न टोलका साथीभाईहरु विहानपख जमघट गर्दै देश विदेश तथा कीर्तिपुर नगरसंग सम्बन्धित विभिन्न सांस्कृतिक, राजनीतिक एवं सामाजिक विषयमा विचार विमर्श गर्ने थलोको रुपमा आजभन्दा ७–८ वर्ष अगाडिदेखि कीर्तिपुर १ वडास्थित बाघभैरव परिसरको देय् पुखू इलाकामा रहेको चिया पसललाई सामुहिक जमघट गर्ने थलोको रुपमा सदुपयोग गरी समूहमा रहेका साथीभाईहरु सक्रिय रुपमा समाजमा आ–आफ्नो तर्फबाट योगदान...


