STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ आश्विन १८, शुक्रबार

    भक्तपुरकै अग्रणी संस्थाको स्थापना दिवस सम्पन्न

    केके मानन्धर । भक्तपुर जिल्ला कै सबभन्दा जेठो सामाजिक संस्था न्ह्यज्या खलः थिमिले आफ्नो स्थापनाको ६३ औंं वार्षिकोत्सवको सन्दर्भ पारेर स्थापना  दिवसको आयोजना गरेको छ । यसै सन्दर्भमा सो संस्थाले साहित्यिक र सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । खलःले प्रत्येक वर्ष बडा दशैंको घटस्थापनको दिन यसरी वार्षिकोत्सवको कार्यक्रम गर्दै आएको छ । सोही बमोजिम यो वर्ष २०८१ असोज १७ गते (नेपाल संवत् तिथि बमोजिम...

  • २०८१ आश्विन १७, बिहिबार

    लिम्बू भाषामा ‘मिघम्ब’ म्युजिक भिडियो को सार्वजनिक

    ललितपुर सोभाहिटी स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आयोजित भब्य कार्यक्रममा लिम्बू सचेतनामुलक म्युजिक भिडियो ‘मिघम्ब’को सार्बजनिक भएको छ । मिघम्बलाई कार्यक्रमका प्रमुख अतिथि अ.प्रा. मेजर जनरल तथा पाँचथर समाज काठमाडौका अध्यक्ष होम कुमार लावती र विशेष अतिथि कलाकार, समाजसेवी पुर्ण सेलिङले संयुक्त रुपमा स्विच थिचेर सार्वजनिक गरेका हुन् । मिघम्बलाई आत्मिय जनहरुको घर, घरमा पेन ड्राइभ मार्फत समेत...

  • २०८१ आश्विन १७, बिहिबार

    गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

    गोरखा- गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ। नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए। परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको...

  • २०८१ आश्विन १७, बिहिबार

    नेपाल–बंगलादेशबीच विद्युत् व्यापारका लागि बाटो खुला, ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर

    काठमाडौं - नेपालको बिजुली बंगलादेशमा निर्यात गर्ने सम्बन्धमा नेपाल, बंगलादेश र भारतबीच बहुप्रतिक्षित ऐतिहासिक त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगमकी सीईओ डेइनो नारान र बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रिज्वान करिम...

  • २०८१ आश्विन १७, बिहिबार

    पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भुटानमा

    काठमाडौं - नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटान पुगेका छन् । उनी परिवारसहित भुटान गएका छन् ।  भुटान एयरलाईन्सको जहाजमार्फत आज (बिहीबार) भुटानको थिम्पुु पुगेका छन् ।  शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरू शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान गएका हुन् ।  शाह भुटानको राजधानी थिम्पु पुग्दा भुटानी राजकुमारीले स्वागत गरेकोसम्वाद सचिव फणिराज पाठकले जानकारी...

  • २०८१ आश्विन १७, बिहिबार

    चनिकलाल भन्नुहुन्छ– मैले परिवार र आफ्नो पर्वाह नगरी खोलामा हामफालेँ

      पाटन (ललितपुर), गत असोज १२ गते नख्खु खोलाको उर्लँदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर हाल निकै चर्चामा हुनुहुन्छ । चर्चामात्र होइन हाल उहाँलाई दैनिकजसो सम्मान गर्ने गरिएको छ । यसैक्रममा आज ललितपुर महानगरपालिकाले पनि तामाङलाई सम्मान गर्यो । सम्मान कार्यक्रममा उहाँले श्रीमती र छोरीले नजाऊ भन्दाभन्दै खोलामा हामफालेर दुई जनालाई बचाउने काम गरेको बताउनुभयो ।...

  • २०८१ आश्विन १७, बिहिबार

    दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

      देउखुरी (दाङ), १७ असोजः दुर्गापक्षअन्तर्गत आज पहिलो दिन घरघरमा देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै दसैँको सुरुआत भएको छ । थारू समुदायमा दसैँ आउनुभन्दा एक महिना अघिदेखि सखिया र झुमरा नाच नाच्ने परम्परा रहेकाले यसको चहलपहल बढेको हो । झुमरा नाचमा दसैँविशेष विभिन्न सांस्कृतिक कार्यक्रम गरी रमाइलो गर्ने चलन रहेको घोराही उपमहानगरपालिका–६ का भीमबहादुर चौधरीले...

  • २०८१ आश्विन १७, बिहिबार

    राजमार्गका होटलमा रात्रिकालीन छड्केः एक रिसोर्टलाई २० हजार जरिवाना

    मलेखु (धादिङ), पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–३ मा सञ्चालित पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई रु २० हजार जरिवाना गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले खानेकुरा खुला छाडेकाले झिँगा...

  • २०८१ आश्विन १७, बिहिबार

    दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला हुने

      काठमाडौँ, सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो । सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ...

  • २०८१ आश्विन १७, बिहिबार

    मिथिलामा ‘दशहरा’ पर्व सुरु, आज घटस्थापना गरिँदै

      महोत्तरी, प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादसैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ । दसैँ पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ । मिथिला परम्परामा दुईवटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र...

  • २०८१ आश्विन १७, बिहिबार

    हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो

      दुर्गा पक्षको पहिलो दिन हनुमानढोका दरबारस्थित दसैँ घरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान ९ः१६ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रको दसैँ घरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले राससलाई जानकारी दिनुभयो । हनुमानढोका दरबारमा रहेको दसैँ घरमा राज्यका तर्फबाट...

  • २०८१ आश्विन १६, बुधबार

    दीपेन्द्रसिंह ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर

    काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको नयाँ वरियतामा टी२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन्। आईसीसीले आज जारी गरेको नयाँ वरियताअनुसार ऐरीले उक्त सफलता हासिल गरेका हुन्। यसअघि उनी उक्त विधामा छैटौँ स्थानमा थिए। नयाँ वरियतामा अलराउन्डरतर्फ इङ्ग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन पहिलो स्थानमा रहेका छन्। ऐरीको २३०...

Pages