STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ आश्विन १४, सोमबार

    घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य

    काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ। सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ। मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल...

  • २०८१ आश्विन १४, सोमबार

    बाढी पहिरोमा परेका मृतकका परिवारलाई दुई लाख दिने

    काठमाडौँ - सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रीपरिषद् बैठकले कार्यविधि अनुसार उक्त राहत रकम दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।  साथै  प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (मंगलबार) चार बजे प्रेसमिट गरेर राहतको अरु प्याकेज घोषणा गर्ने पनि निर्णय भएको छ । यसका साथै बैठकले राहतकोषमा एक अर्ब रकम अर्थ...

  • २०८१ आश्विन १४, सोमबार

    ‘आँशुको मूल्य’को म्युजिक भिडियो सार्वजनिक

    नेपालको संगीत अाकाशका चर्चित एवम् लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘आँशुको मूल्य’को म्युजिक भिडियो मोडल सदिक्षा पाण्डेको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।  बेमेल माया प्रेममा हुने एक आपस बीचको सम्बन्ध लाई फिल्मी ढंगले भिडियोमा देखाउने प्रयासमा निर्देशक उत्तम श्रेष्ठ ‘सिसिर’ सफल भएका छन् । अलोन रेशमको शब्द, बिशाल निरौलाको संगीत रहेको गीतको भिडियोमा बिक्रम बुढाथोकी, सदिक्षा...

  • २०८१ आश्विन १४, सोमबार

    जारको पिउने पानीमा दिसापिसाबका कीटाणु

    काठमाडौं- सर्वसाधारणले दिनहुँ उपभोग गर्ने पिउने पानीमा उद्योगीले चरम लापरबाही गर्दै आएको भेटिएको छ। कुचिएको, पुरानो जारबाट पानी बिक्री त छँदै थियो, उनीहरूले ढल र दिसापिसाबमा पाइने कीटाणु मिश्रित पानीसमेत बेचेको पुष्टि भएको छ। काठमाडौं महानगरपालिकाअन्तर्गतको कृषि तथा पशुपन्छी विभागले विभिन्न ब्रान्डका पानी परीक्षण गर्दा यस्तो भेटिएको हो।  विभागले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा...

  • २०८१ आश्विन १४, सोमबार

    तत्काल पेट्रोलियम पदार्थ अभाव नहुने : आयल निगम

    काठमाडौं- नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थ अभाव नहुने भएको जनाएको छ। निगमले पेट्रोलियम पदार्थ पर्याप्त मौज्दात रहेकाले अभाव नहुने बताएको हो। निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले काठमाडौं उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात रहेको जानकारी दिए। उनका अनुसार हाल पाँच हजार ३०० किलोलिटर पेट्रोल, छ हजार ३०० किलोलिटर डिजेल र चार हजार किलोलिटर हवाई इन्धन मौज्दात छ।  वर्षाका कारण बाटो अवरुद्ध...

  • २०८१ आश्विन १४, सोमबार

    बाढीपहिरोमा परी हालसम्म १९२ को मृत्यु, ३० जना बेपत्ता

    काठमाडौं- अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए। बाढीपहिरो प्रभावितलाई...

  • २०८१ आश्विन १३, आइतबार

    तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

    काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्न स्थानीय तहहरूलाई अनुरोध गरेका हुन्। मन्त्रालयअन्तर्गतका विभागीय कार्यालय...

  • २०८१ आश्विन १३, आइतबार

    काठमाडौँ उपत्यकामा ‘रेकर्ड ब्रेक’ वर्षा

    काठमाडौँ - काठमाडौँ उपत्यकामा शनिबार वर्षकै सर्वाधिक वर्षा भएको छ । शनिबार बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिबार बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिए । यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा भएको उनले बताए।...

  • २०८१ आश्विन १३, आइतबार

    सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

    सुनसरी- सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।  यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो । शनिबार बेलुका १०:२५ बजे सप्तकोशीको...

  • २०८१ आश्विन १३, आइतबार

    बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १०० पुग्यो, ६७ व्यक्ति बेपत्ता

    बाढी, पहिरो तथा डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन्। विपद्‌मा परी १ सय १ जना घाइते भएका छन्। बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुर ७, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बुमा ५, पाँचथरमा ५, भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३, सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा २,...

  • २०८१ आश्विन १३, आइतबार

    पहिरोले २ वटा बस पुर्‍यो, १४ जनाको शव निकालियो

    धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिबेँसी नगरपालिका–९, झ्याप्ले खेलामा पहिरोले पुरिएका दुईवटा सार्वजनिक सवारी साधनबाट १४ जनाको शव निकालिएको छ।  ८ पुरूष, ५ महिला र १ बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ । पहिरोले पुरिएको अवस्थामा लु १ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको अर्को बसबाट ९ जना गरी १४ जनाको शव निकालिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए...

  • २०८१ आश्विन १३, आइतबार

    आज पनि मुलुकका केही ठाउँमा वर्षा हुने

    काठमाडौं- देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना...

Pages