-
२०८१ आश्विन १२, शनिबार
बाढीपहिरोले देशभर ४९ जनाको मृत्यु, उपत्यकामा मात्र ३२ जनाले ज्यान गुमाए
काठमाडौं - दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर हालसम्म ४९ जनाको मृत्यु भएको छ । उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्र ३२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका सहप्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार, विपद्का घटनामा परेर हालसम्म ३४ घाइते र ४० जना सम्पर्कविहीन भएका छन् । उनले देशभरिमा ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिए...
-
२०८१ आश्विन १२, शनिबार
बल्खु खोलामा एकजनाको शव भेटियो
काठमाडौं- काठमाडौंको बल्खु खोला किनारमा एउटा शव फेला परेको छ। शवको सनाखत भएको छैन। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी पुगेर शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ। शुक्रबार बेलुकी काठमाडौंको ढुंगेधाराबाट एक युवक मोटरसाइकलसहित ढलमा खसेका थिए । मोटरसाइकल फेला परे पनि मान्छे फेला नपरेपछि खोजीकार्य जारी छ।
-
२०८१ आश्विन १२, शनिबार
काठमाडौंको नदी करिडोरका सडक बन्द
काठमाडौं- काठमाडौंको बागमती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन्। सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ। प्रहरीले नदी करिडोर तथा डुबान हुनसक्ने सबै क्षेत्रमा सचेत गराएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए। 'नेपाल प्रहरीका टोली देशभरि नै परिचालित भएका छन्, प्रहरीको सम्पूर्ण ध्यान अलिहेको विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई...
-
२०८१ आश्विन १२, शनिबार
बाढीपहिरोमा परी ६ जनाको मृत्यु
काठमाडौं - अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म छ जनाको मृत्यु भएको छ। बाढीपहिरोलगायत विपद्मा परी ७ जना घाइते र ७ जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। पहिरोबाट पाँचथर, धनकुटा, काभ्रे र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ। क्षतिको पूरा विवरण आउन बाँकी छ। बाढीपहिरोमा बेपत्ता भएकाको...
-
२०८१ आश्विन १२, शनिबार
काभ्रेको बल्थलीमा पहिरोले गाउँ बगाउँदा २ जनाको मृत्यु, ५ जना बेपत्ता
काठमाडौं - काभ्रेको पनौती नगरपालिका–११ बल्थलीमा पहिरोले गाउँ नै बगाएको छ। निरन्तर वर्षाका कारण शुक्रबार राति गाउँमाथीबाट आएको पहिराले गाउँ नै बगाएको हो। काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्कविहीन भएको हो । पनौती नगरपालिका–११, वडासदस्य गीता थापाका अनुसार पहिलोले ३ घरमा...
-
२०८१ आश्विन ११, शुक्रबार
आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु
काठमाडौँ, काठमाडौँमा आजदेखि चाडपर्वलक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान २०८१ सुरुआत गरिएको छ । गोङ्गबुस्थित नयाँ बसपार्कमा आज आयोजित कार्यक्रममा आज उक्त अभियानको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले शुभारम्भ गर्नुभयो । प्रहरी अतिरीक्त महानिरीक्षक बज्राचार्यले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर चाडपर्वलाई सुरक्षित बनाउन सकिनेमा...
-
२०८१ आश्विन ११, शुक्रबार
सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा
सुशील दर्नाल/रासस काठमाडौँ, ११ असोजः नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने हो । तर आफैँले जन्माएको छोराले आफूलाई वृद्धाश्रममा छोडेर अमेरिकामा रमाइरहेका छन् । “बुढाको पहिले नै स्वर्गबास भयो, सन्तानका नाममा त्यही एउटा छोरो थियो, त्यही छोराले बुढेसकालमा पाल्ला त नि भनेको उसले पनि मलाई यहाँ आश्रममा...
-
२०८१ आश्विन ११, शुक्रबार
बागमती र विष्णुमतीको बाढीले खतराको तह पार गर्यो
काठमाडौं - दुई दिनदेखि लगातार बर्षात् हुँदा काठमाडौंका नदीहरूमा ठूलो बाढी आएको छ । काठमाडौंका नदीको मुहान क्षेत्रहरू शिवपुरी, सुन्दरीजल, गोदावरीसहितका क्षेत्रमा लगातार पानी पर्दा बाढी उर्लिएको हो । बागमतीसहितका नदीहरूमा आएको बाढीले खतरा तह पार गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुासर बागमती नदी खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन...
-
२०८१ आश्विन ११, शुक्रबार
विद्यालयमा सौभाग्य ल्याउन सात वर्षीय बालकको बलि
एजेन्सी - एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँचजनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ । प्रसिद्ध ताजमहलनजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति मृत फेला पारिएको थियो । अधिकारीहरूलाई सूचित गर्नुको सट्टा विद्यालयका निर्देशक दिनेश बघेलले शवलाई आफ्नो कारको डिक्कीमा...
-
२०८१ आश्विन ११, शुक्रबार
गायिका सुशिला बस्नेत तिमिल्सिनाको ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक
चर्चित गायिका सुशिला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक भएको छ । प्रतिमा लामिछानेको शब्द रचना, प्रभुराज ढकालको सङ्गीत, मनोहर सुनामको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको स्टुडियो छायांकनसहितको भिडियो सार्वजनिक भएको हो । यस गीतमा आफूले मन पराएको मान्छेको छहारीमा जिउन चाहने आशय व्यक्त गरिएको छ । आफ्नो प्यारो मान्छेको हृदयको ढुकधुकि...
-
२०८१ आश्विन ११, शुक्रबार
बाजुरा र हुम्लाका छात्रालाई ‘नइ कपिल विद्यापदक’ प्रदान गरिने
नइ प्रकाशनले २०८० सालको बाह्र कक्षाको परीक्षामा बाजुरा जिल्लाका सर्वोत्कृष्ट छात्रा सुश्री विपनाकुमारी बूढालाई तीस हजार रुपियाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । मालिका माध्यमिक विद्यालयकी छात्रा बूढालाई ३.२१ जिपिए प्राप्त भएको थियो । यसै गरी सोही परीक्षामा हुम्ला जिल्लाका सर्वोत्कृष्ट छात्रा सुश्री नन्दादेवी रोकायलाई तीस हजार रुपियाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण...
-
२०८१ आश्विन १०, बिहिबार
सप्तकोशी नदीमा खस्यो यात्रुबाहक बस
सुनसरी- पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार बेलुका एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ। विराटनगरबाट सप्तरीतर्फ गुडिरहेको बस बिहीबार साँझ करिब ६ बजेर ५ मिनेटमा कोशी ब्यारेजबाट नदीमा खसेको हो। बस खसेको जानकारी पाएपछि घटनास्थलमा प्रहरी टोली खसिएको सुनसरी प्रहरीले जानकारी दिएको छ। यसबारे थप विवरण आइसकेको छैन।


