-
२०७६ जेठ २८, मंगलबार
दुर्घटना रोक्न सवारी गति निर्धारण
महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको गति निर्धारण गरेको छ । प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडीबुटी मनोहरा पुलसम्म प्रत्येक सवारीसाधनको अत्यधिक गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले आजैदेखि लागू हुने गरी सवारीको गति निर्धारण...
-
२०७६ जेठ २८, मंगलबार
कृषक समूहलाई हाते ट्र्याक्टर
गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तनहुँको भानु नगरपालिका–११ बाँसखर्कस्थित कृषक समूहलाई हाते ट्र्याक्टर वितरण गरेको छ । मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषिगाउँको रुपमा छनोट भएको बाँसखर्कको लालीगुराँस कृषक समूहलाई मन्त्रालयले तीन हाते ट्र्याक्टर वितरण गरेको हो । मन्त्रालयको ८५ प्रतिशत र कृषक समूहको १५ प्रतिशत लगानीमा रु दुई लाख २५ हजार मूल्य बराबरको हाते ट्र्याक्टर वितरण...
-
२०७६ जेठ २८, मंगलबार
चौथो वातावरण साहित्य गोष्ठी सम्पन्न
विश्व वातावरण दिवसको अवसरमा हालै बेलायतको राजधानी लन्डनमा चौथो वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ । बेलायतमा रहेका १४ ओटा नेपाली साहित्य संस्थाको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत तथा साहित्यकार डा दुर्गाबहादुर सुवेदीले गर्नुभएको थियो । सो अवसरमा करीब ३५ जना कवि तथा कवयित्रीले कविता वाचन गर्नुभएको थियो । तीमध्ये अहिल्या कुँवरको कवितालाई सर्वोत्कृष्ट...
-
२०७६ जेठ २८, मंगलबार
नेकपा बैतडीले पूर्णता पायो
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा बैतडीका जिल्ला कमिटी सदस्यहरुको आज शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १३५ जना जिल्ला कमिटी सदस्यलाई शपथ ग्रहण गराउनुभएको हो । पूर्वनेकपा एमालेबाट ७१ तथा पूर्वनेकपा माओवादी केन्द्रबाट ६४ जना जिल्ला कमिटी सदस्यमा अटाएका छन् । उहाँहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आगामी दिनहरुमा पार्टीका नियमित...
-
२०७६ जेठ २८, मंगलबार
छाउपडीले महिला मर्कामा
सुदूरपश्चिम प्रदेशमा एक वर्षमा छाउपडीका कारण १६ महिला तथा बालबालिकाको मृत्यु भएको छ । अछाममा १३ र बाजुरामा तीनको मृत्यु भएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख झङ्करबहादुर रावलले जानकारी दिनुभयो । छाउपडीले महिला र बालबालिका मर्कामा पर्दै आएका छन् । महिला तथा बालबालिका छाउगोठमा आगो तथा धुवाँले निस्सासिएर, सर्पले टोक्ने लगायतका कारणले मृत्यु भएको हो । मानव अधिकार...
-
२०७६ जेठ २८, मंगलबार
तालैतालको शहरमा साउनदेखि खुला चिडियाखाना
रामसार सूचीमा सूचीकृत पोखराका तालमध्येका रुपाताल र बेगनासतालको बीच पचभैयामा निर्माणाधीन खुला चिडियाखाना आगामी साउन १ गतेदेखि सञ्चालनमा आउने भएको छ । ‘पोखरा जुलोजिकल पार्क’ नाम दिइएको चिडियाखानालाई सर्वसाधारणका लागि खुला गर्ने लक्ष्यअनरुप निर्माण कार्यलाई तदारुकताका साथ अघि बढाइएको छ । पोखरामा मानव निर्मित खुला चिडियाखाना हुनुपर्छ भन्ने अवधारणाका साथ पोखरा युनाइटेड क्लबको सक्रियतामा पोखरा...
-
२०७६ जेठ २८, मंगलबार
गहँु उत्पादन बढ्यो
डडेल्धुरामा यो वर्ष गहँु उत्पादनमा १५ प्रतिशतले वृद्धि भएको छ । समयमै वर्षा र पटकपटक हिमपातका कारण डडेल्धुरामा यो वर्ष गहुँ उत्पादन बढेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष डडेल्धुरामा हजार मेट्रिक टन बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख दिलबहादुर विष्टले बताउनुभयो । कृषि ज्ञान केन्द्रसहित स्थानीय तहहरुले पनि किसानलाई उन्नत जातको गहुँको बीउ...
-
२०७६ जेठ २८, मंगलबार
सामूहिक कृषि व्यवसाय फस्टाउँदो
प्रदेश नं। ५ सरकारले सामूहिक रुपमा कृषि व्यवसाय गर्न रामपुरका दुई सहकारीलाई अनुदान सहयोग प्रदान गरेको छ । अनुदान सहयोग प्राप्त गर्नेमा कृषि सहकारी र समृद्धि बहुउद्देश्यीय कृषि सहकारी संस्था रहेका छन् । दुबै सहकारीले रु छ÷छ लाख अनुदान सहयोग प्राप्त गरेका छन् । उक्त सहयोग रकमबाट समृद्धि बहुउद्देश्यीय कृषि सहकारीले रामपुर नगरपालिका–३ स्थित कीर्तिपुरमा बेमौसमी तरकारी खेती शुरु गरेको छ । सहकारीमा...
-
२०७६ जेठ २८, मंगलबार
आँधीबाट आठको मृत्यु
पूर्वी भारतीय राज्य बिहारमा बिभिन्न भागमा आएको आँधी र चट्याङमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् । राज्यद्वारा सञ्चालित सञ्चार माध्यम अल इन्दिया रेडियो एआरआइ ले मङ्गलबार सो जानकारी दिएको छ । आँधी र चट्याङको सोमबार साँझ एक साथ आएको बताइएको छ । बिहार राज्यको गोपालगञ्जमा तीन,सिओहार एक, सितामार्हि एक र पूर्वी र पश्चिम चम्पारनमा एक, एकको जनाको मृत्यु भएको थियो...
-
२०७६ जेठ २८, मंगलबार
रुपाकोटमा भ्यू टावर बनाउन शुरु
खोटाङको पर्यटकीयस्थल रुपाकोटमा भ्यू टावर बनाउन शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रुपाकोटमा ३० फिट अग्लो भ्यू टावर निर्माण शुरु गरिएको हो । समुन्द्री सतहदेखि करीब दुई हजार ६०० फिट अग्लो उक्त ठाउँमा निर्माणाधीन भ्यू टावर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्रमागत योजनामा राखिएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पदमार्गमा परेको ‘मुन्धुम ट्रेल’...
-
२०७६ जेठ २८, मंगलबार
माइतीघर मण्डल घटनाको सरकारले नैतिक जिम्मेवारी लिन्छः गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले जनताको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकका विषयमा लिएर स्थानीय माइतीघर मण्डलमा आइतबार भएको घटनाबारे जानकारी दिँदै उहाँले उक्त घटनाको सरकारले नैतिक जिम्मेवारी लिने स्पष्ट पार्नुभयो । गृहमन्त्री थापाले भन्नुभयो, “शान्तिपूर्ण विरोध प्रदर्शन गरेका कारण नभई सार्वजनिक...
-
२०७६ जेठ २८, मंगलबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन आग्रह
बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् । यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएको थियो । बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ । उनीहरूले सार्वजनिक रुपमा क्षमायाचना गर्दै भत्काइएको वार आफैँ...


