STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ २८, मंगलबार

    सडक किनाराको बम विस्फोटमा परी छको मृत्यु

    आफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको दान्द जिल्लाको एक सडकमा राखिएको बम विस्फोटमा परी ६ सर्वसाधारणको मृत्यु भएको छ । सो प्रान्तमा प्रहरी अधिकृत जमाल नसिरले सो घटनाको पुष्टि गर्नु भएको छ । आतङ्ककारीहरुले दान्द जिल्लाको सडक किनारमा राखेको बममा एक कार ठोक्किँदा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको नसिरले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । बम आक्रमणमा मारिएका सबै व्यक्ति एकै...

  • २०७६ जेठ २८, मंगलबार

    डुङ्गा दुर्घटनामा सात आप्रवासीको मृत्यु

    ग्रिकको लेस्बोस द्वीपमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको तटीय सुरक्षाकर्मीले जानकारी दिएका छन् । मारिएका व्यक्तिहरुमा चार महिला, एक पुरुष र दुई युवती छन् । खोजीका क्रममा यस दुर्घटनामा परेका अरु ५७ व्यक्तिलाई जीवितै उद्धार गरिएको तटीय सुरक्षाकर्मीले जानकारी दिएको छ । डुङ्गामा सवार आप्रवासी कुन देशका हुन् भन्ने प्रष्ट भइसकेको छैन । भूमध्यसागर पार गरेर...

  • २०७६ जेठ २८, मंगलबार

    रातु पुलमा नौ महीना नबित्दै भ्वाङ

    पूर्वपश्चिम राजमार्गको रातु पुल प्रयोगमा आएको नौ महीना नबित्दै भत्कन थालेको छ । महोत्तरी र धनुषा जिल्ला जोड्ने उक्त पुल प्रयोगमा आएको नौ महीना नबित्दै कालोपत्र ९पिच० उप्केर ठूलठूला भ्वाङ परेको हो । काठमाडाँैको कालिका टू दी रसुवा जेवी कम्पनीले निर्माण गरेर गत असोजमा आवागमन खुला गराएको सो पुलमाथिको कालोपत्र उप्केर अहिले ठूलठूला भ्वाङ परेको हो । २५० मिटर लम्बाइ र १०।९० मिटर चौडाइको यो पुलमा अहिले ५०...

  • २०७६ जेठ २८, मंगलबार

    ‘खेल विकासका कार्यक्रम खै ’

    प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयगत छलफल आजदेखि शुरु भएको छ । उक्त विधेयकअन्र्तगत आजको बैठकमा युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको हो । बैठकमा भाग लिँदै सांसद हृदयेश त्रिपाठीले विकास खर्चलाई सही ढङ्गले अगाडि बढाउनुपर्नेमा विश्लेषण नगरीकन विकास बजेट ल्याइएको विचार व्यक्त गर्दै कृषकलार्ई दिने भनिएको अनुदान तिनमा नपुगेको उल्लेख...

  • २०७६ जेठ २८, मंगलबार

    गोडैता– जयपुर सडक बन्दै

    वर्षौँदेखि जीर्ण गोडैता नगरपालिकाअन्तर्गत पर्ने जयपुर– गोडैता सडकखण्ड बन्ने भएको छ । त्यसका लागि अहिले धमाधम काम भइरहेको छ । साविक गोडैता गाविसदेखि दक्षिणतर्फ पर्ने जयपुर गाउँसम्मको सडक वर्षौँदेखि जीर्ण थियो ।    प्रदेश नम्बर २ सरकारले छुट्टयाएको रु ३० लाखमा सडक बन्न लागेको गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।  दुई किलोमिटर लामो तथा २० फिट चौडा बन्न लागेको सडकको...

  • २०७६ जेठ २८, मंगलबार

    पाँच पटक सांसद बन्नुभएका श्रेष्ठ भ्रष्टाचार निवारण अभियानमा

    जीवनको अधिकांश समय राजनीति र लाभको पदमा बिताउनुभएका ८१ वर्षीय भीमबहादुर श्रेष्ठ विगत एक दशकयता भ्रष्टाचार निवारण अभियानमा सक्रिय हुनुहुन्छ ।  युवा अवस्थादेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय श्रेष्ठ जिल्ला पञ्चायतको एक पटक उपसभापति, दुई पटक सभापति, चारपटक सांसद र एक पटक राष्ट्रियसभा सदस्य भएर जनताको सेवा गरिसक्नुभएको छ । पछिल्लो समय विसं २०६५ सालयता उहाँको ध्यान भ्रष्टाचारविरुद्धको अभियानमा छ ।...

  • २०७६ जेठ २८, मंगलबार

    घरघडेरी व्यवस्थापनका निम्ति समिति

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमि व्यवस्थापनको काम पाल्पाको रामपुर नगरपालिकाबाट शुभारम्भ गर्ने बताइरहँदा रामपुरमा अव्यवस्थित घरघडेरी व्यवस्थापनका लागि सहयोग समिति गठन भएको छ ।  नगरपालिकाअन्तर्गत साविकको रामपुर गाविसले लगत अद्यावधिक गरेको घरघडेरीको जग्गाधनी प्रमाणपुर्जा पाउनेबारे प्रक्रिया अघि नबढेपछि रामपुरका सरोकार पक्षको भेलाले समिति गठन गरेको हो । जग्गा...

  • २०७६ जेठ २८, मंगलबार

    महिला र अशक्तलाई छुट्टै टिकट काउण्टर

    भरतपुर अस्पतालमा महिला र अशक्त बिरामीलाई लक्षित गरेर छुट्टै टिकट काउण्टर सञ्चालनमा ल्याइएको छ । अस्पतालको सेवा प्रभावकारी बनाउन आइतबारदेखि छुट्टै टिकट काउण्टर सञ्चालनमा ल्याएको भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले जानकारी दिनुभयो । हाल सञ्चालनमा रहेका टिकट काउण्टरलाई व्यवस्थित गर्दै महिला र ज्येष्ठ नागरिक तथा अशक्तलाई छुट्टै टिकट काउण्टरको व्यवस्था गरिएको...

  • २०७६ जेठ २८, मंगलबार

    पर्यटकीय गन्तव्य बन्दै याङ्जाकोटको प्राचीन पोखरी

    कास्कीको मादी गाउँपालिका याङ्जाकोटस्थित प्राचीन पोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । खानेपानीको सङ्कटलाई केही हदसम्म भए पनि सुलभ बनाउने लक्ष्यका साथ पुर्खाले झण्डै साढे दुई सय वर्षअघि खनेको पुरानो र ऐतिहासिक महत्व बोकेका सो पोखरीको संरक्षण तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको हो । समुन्द्री सतबाट झण्डै एक हजार ४०० मिटरको उचाइमा चार रोपनी क्षेत्रफलमा पैmलिएको सो...

  • २०७६ जेठ २८, मंगलबार

    पूँजीबजारमा झिनो सुधार

    सोमबार ओरालो लागेको कारोबार मापक नेप्से परिसूचकमा आज झिनो अङ्कले सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०।१७ बिन्दुले बढेर एक हजार २७५।९८ अङ्कमा थामिएको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ०।४० बिन्दुले बढेर २७२।८६ अङ्कमा पुगेको छ ।  स्टकका अनुसार मङ्गलबार कूल १७४ कम्पनीका १५ लाख नौ हजार ८८५ कित्ता शेयर रु ४८ करोड आठ लाख ७६ हजार ९८६ मा...

  • २०७६ जेठ २८, मंगलबार

    विज्ञान सडक मेला शुरु

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले  समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कृषि, उद्योग, जलस्रोत, पर्यटन र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नाष्ट ले आज आयोजना गरेको ‘विज्ञान सडक मेला –२०७६’ को उद्घाटन गर्दै कावा प्रधानमन्त्री पोखरेलले यी पाँच क्षेत्रमा वैज्ञानिकलाई विशेष योगदान दिएर...

  • २०७६ जेठ २८, मंगलबार

    कर्णालीमा कृषकको पहिचान गर्न माग

    कर्णालीका कृषकले वास्तविक कृषकको पहिचान गर्नुपर्ने माग गरेका छन् ।  कृषक समूह महासङ्घ नेपाल र इन्सेक कर्णाली प्रदेश कार्यालयले सुर्खेतमा आयोजना गरेको कृषिका सवाल पहिचान र समधानमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा सहभागी कृषकले प्रदेश सरकारले वास्तविक कृषक पहिचान गरी परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् ।  बजेटमार्फत किसानको पहिचान, वर्गीकरण, परिचय–पत्र वितरण र सामाजिक सुरक्षा ९पेन्सन० को...

Pages