STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख ४, बुधबार

    वरिष्ठ पत्रकार श्रेष्ठको निधन 

    वरिष्ठ पत्रकार एवं कामना न्युज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको उपचारका क्रममा आज ६० वर्षको उमेरमा निधन भएको छ । उहाँको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । श्रेष्ठको करीब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण राजधानीको वयोधा अस्पतालमा नाकको र ब्लुक्रस अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उहाँको स्वास्थ्य...

  • २०७६ बैशाख ४, बुधबार

    ताला लगाइएको मल्लकालीन गलकोट दरबार 

    तत्कालीन बाइसे चौबीसे राज्यको  गलकोट दरबार संरक्षणका अभावमा जीर्ण बन्दै गएको छ । आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको  दरबार संरक्षणमा सरोकार पक्षले चासो नदिँदा ऐतिहासिक एवं राजनीतिक महत्वको दरबार संरक्षणविहीन बन्न पुगेको छ ।  इतिहासअनुसार गलकोट राज्यमा राजा जितारी मल्लपछि क्रमशः पार्थिव मल्ल, विभू मल्ल, श्रीपति मल्ल, श्रीदत्त मल्ल, पृथ्वीपति मल्ल, नारायण मल्ल, श्रीनिवास मल्ल र जगत...

  • २०७६ बैशाख ४, बुधबार

    आलेख ः चिलिङ्दिन अब स्वच्छ वडा

    वृद्धभत्ता रोकिएपछि ७१ वर्षीया मनमाया नेम्वाङ वडा कार्यालय पुगिन् । वडाध्यक्ष मनप्रसाद चेम्जोङ पत्रिका पढेर बसिरहेका थिए । उनले सोधिन् – “नानी, यो खोर नबनाएसम्म भत्ता नआउने नै हो रु” वडाध्यक्ष चेम्जोङले मुस्कुराउँदै भने – “तुम्मा ९ठूलीआमा० सबैले भनेर रोक्नु परेको हो । कानूनतः रोक्न मिल्दैन । भाइहरुलाई लगाएर भोलि नै खोर बनाइदिनुस्, पर्सि नै भत्ता आउँछ ।” साठी वर्षीया मनमती नेम्वाङको पनि एकल महिला...

  • २०७६ बैशाख ४, बुधबार

    बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

    बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ । कुपोषित बालबालिकाको उपचारका लागि बाँकेमा स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा ४१८ कुपोषित बालबालिका भर्ना भएका छन् । तीमध्ये ११४ जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् । बीचमै उपचार लिन छाड्ने दर अत्यधिक रहेको भन्दै उपचारमा समस्या भएको सहारा कार्यक्रमका संयोजक इन्द्र आउजीले बताउनुभयो । केन्द्रमा भर्ना गरेकामध्ये २०५ जना कुपोषित...

  • २०७६ बैशाख ४, बुधबार

    दमकमा मुटुरोग सम्बन्धी अस्पताल

    मुटु तथा मिर्गौला रोगीका बिरामीलाई लक्षित गरेर झापाको दमकमा सामुदायिक अस्पताल सञ्चालनमा आउने भएको छ । विभिन्न मानवीय सेवामा समर्पित हुँदै आएको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले आफ्नै सुविधासम्पन्न भवनमा १५ श्ययाको सामुदायिक अस्पताल सञ्चालन गर्न लागेको हो । अस्पताल सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको रेड्क्रसले जनाएको छ । रेड्क्रस उपशाखाले आज दमकमा पत्रकार सम्मेलन गरी यही वैशाख ७...

  • २०७६ बैशाख ४, बुधबार

    सगरमाथा उचाइ नाप्ने टोली दिङ्बोचेमा

    सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ । चैत २७ गते बुधबार काठमाडौँबाट हिँडेको टोली मङ्गलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो । नेपाल सरकारले पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन कार्य गरिरहेको छ । सो कार्यका लागि चार जनाको मापन टोली खुम्बु पुगेको नापी विभागका नापी अधिकृत सुशील डङ्गोलले जानकारी दिनुभयो । टोली प्रमुख नापी अधिकृत खिमलाल...

  • २०७६ बैशाख ४, बुधबार

    संसदीय टोलीद्वारा कोरला नाकाको अध्ययन

    व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा नौ जना सांसदहरुको टोलीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा अध्ययन गरेको हो ।  गत हप्ता मुस्ताङ आएर बुधबार फर्किएको संसदीय...

  • २०७६ बैशाख ४, बुधबार

    चुकेनी जलविद्युत्ले कर्णालीको विकासमा कोशेढुङ्गा 

    जुम्ला पातारासी गाउँपालिकाले चुकेनी जलविद्युत् आयोजनाको शेयर लगानीमा गाउँपालिकाका सबै घरधुरीलाई सहभागी गराएको छ । जुम्लाको पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाटको सो आयोजनामा गाउँपालिकाले सबै घरधुरीको नाममा शेयर लगानी गरेको हो । यसका लागि गाउँपालिकाले रु दुई करोड लगानी गरेको हो ।  गाउँपालिकाले यहाँका तीन हजार ३२० घरधुरीको नाममा सो आयोजनाको शेयर लगानी गरिएको प्रमुख...

  • २०७६ बैशाख ४, बुधबार

    एक्काइस तालिबान मारिए, २१ गाउँ पुनः कब्जा

    अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा २१ तालिबान सशस्त्र विद्रोही मारिएका छन् ।  सो कारबाहीपछि तालिबानको नियन्त्रणमा रहेका विभिन्न २१ ओटा गाउँ यहाँको सुरक्षा निकायले फिर्ता गरेको पनि समाचारमा जनाइएको छ ।  प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकरी दिनुभएको छ । घाज्नी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको कानूनअनुसार सो गाउँ...

  • २०७६ बैशाख ४, बुधबार

    इन्डोनेसियामा चुनाव सम्पन्न, कडा प्रतिस्पर्धाको सम्भावना

    इन्डोनेसियामा राष्ट्रपति र संसदका लागि बुधबार भएको आमनिर्वाचनको मतदान समय समाप्त भएको छ । पूर्वदेखि पश्चिमी भाग करिब पाँच हजार किलोमिटर दूरी रहेको तथा ससाना हजारौं द्वीप रहेको मुस्लिम बहुल राष्ट्र इन्डोनेसियाको चुनाव व्यवस्थापन निकै जटिल मानिन्छ । राष्ट्रपति जोको विडोडो पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँलाई पूर्व सैनिक जनरल प्रावोओ सुबियान्तोले कडा टक्कर दिनुभएको मतसर्वेक्षणहरुले देखाएका छन् ।...

  • २०७६ बैशाख ४, बुधबार

    जथाभावी छुरा प्रहार गरी दक्षिण कोरियामा पाँचको हत्या १३ घाइते

    दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ । यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका छन् । त्यस्तै अरु १३ जना छुरा प्रहारबाट नराम्ररी घाइते भएका छन् । एकजना स्थानीयले आफ्नो अपार्टमेन्टमा आगो लगाएको र आगो लागेपछि भाग्ने क्रममा भाग्न खोज्ने नागरिकलाई छुरा हानिएको बताइएको छ । सो अपार्टमेन्टको चौथो तल्लामा एकजना ४२ वर्षीय स्थानीय...

  • २०७६ बैशाख ४, बुधबार

    संसदीय टोलीद्वारा कोरला नाकाको अध्ययन

    व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा नौ जना सांसदहरुको टोलीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा अध्ययन गरेको हो ।  गत हप्ता मुस्ताङ आएर बुधबार फर्किएको संसदीय...

Pages