STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख ४, बुधबार

    प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति अभाव

    काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ११ जना कर्मचारी रहेका अहिले तीन जना कर्मचारीले सेवा दिइरहेको छ । सङ्घीय संरचनाअनुसार अहिले नगरापालिकाअन्तर्गत सञ्चालन भइरहेको सो केन्द्रमा तीन जना मात्रै स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएको हुन् । एघार जनाको दरबन्दी रहेको भए पनि कर्मचारी समायोजनको लागि खुला गरिएको छनोट प्रक्रियामा स्वास्थ्यकर्मीले सङ्घीय र...

  • २०७६ बैशाख ४, बुधबार

    विद्यालयमा स्काउट अभियान सञ्चालन–मुख्यमन्त्री राई 

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको सहकार्यमा १३७ स्थानीय तहका सामुदायिक विद्यालय र कलेज स्काउट अभियान शुरु गरेको बताउनुभयो ।   नेपाल स्काउट प्रदेश नं १ अन्तर्गत स्काउट आधारभूत तालीमको आज यहाँ उद्घाटन गर्दै उहाँले बालबालिका र युवा मानसिक, सामाजिक र अनुशासित बनाई समाज विकासका साथै राष्ट्रको विकासमा सहभागी गराउन स्काउट सफल हुने विश्वास व्यक्त गर्नुभयो ।     उहाँले नेपाल स्काउट...

  • २०७६ बैशाख ४, बुधबार

    हिमोफिलियाको पीडा 

    नेपालमा कति हिमोफिलियाका बिरामी छन्  हालसम्म यसका बारेमा कुनै अध्ययन अनुसन्धान भएको छैन । रगत जमाउन आवश्यक तत्वको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्थालाई हिमोफिलिया भनिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रति दश हजारमा एक जना हिमोफिलिया समस्या लिएर जन्मन्छन् ।  सोही सङ्गठनले नेपालमा करीब तीन हजार सो रोगका बिरामी रहेको हुनसक्ने अनुमान गरेको छ तर, हिमोफिलिया सोसाइटी नेपालका महासचिव...

  • २०७६ बैशाख ४, बुधबार

    जन्मदिनमा छात्रवृत्ति कोष स्थापना

    तामझामसाथ भोजभतेर गरेर जन्मदिन मनाउने चलन झ्याङ्गिदै गएका बेला महोत्तरीका एक पत्रकारले भने आपू पढेको विद्यालयमा छात्रवृति कोष स्थापना गरेका छन् । जिल्लाको बर्दिवास नगरपालिका–१२ का पत्रकार राजकरण महतोले आफैँले माध्यमिक शिक्षा आर्जन गरेको बर्दिवास–१३ स्थित श्री जनता माध्यमिक विद्यालय डाँडाटोल बिजलपुरामा २७औँ जन्मदिनको अवसरमा छात्रवृति कोष स्थापना गर्नुभएको हो । राजकरण महतो छात्रवृति कोष नामले...

  • २०७६ बैशाख ४, बुधबार

    शिक्षक र स्वास्थ्यकर्मीका गुनासा तलब छैन, तनाव मात्रै

    “अहिले त ऋण पत्याउन पनि छोडे साहुले, जागिर खाएर ऋण खोज्नुपर्ने, त्यही नपाएर अहिले छोराछोरीको अध्ययन र घरखर्च चलाउनै गाह्रो भएको छ”, राँसा मालापानी स्वास्थ्यचौकी जुम्लाका इञ्चार्ज हर्कबहादुर रावतले दुखेसो पोख्दै भन्नुभयो । हिमा गाउँपालिकास्थित अन्नपूर्ण माविको प्रावि तहमा कार्यरत शिक्षक प्रेमबहादुर सिंहको गुनासो पनि त्यस्तै छ । “केही समयका लागि भनेर ऋण÷सापटी लिएका थिएँ, दिने मानिसले माग्न थालेपछि...

  • २०७६ बैशाख ४, बुधबार

    धार्चेमा व्यावसायिक स्याउ खेती शुरु 

    उत्तरी गोरखाको धार्चे गाउँपालिकामा व्यावसायिक स्याउ खेती शुरु गरिएको छ ।    स्याउ खेतीको उच्च सम्भावना रहेको धार्चेमा अहिलेसम्म पनि व्यावसायिक स्याउ खेतीको विकास हुन नसकेपछि गाउँपालिकाले नै  पहिलो चरणमा १४ सय उन्नत जातका स्याउको बेर्ना वितरण गरी व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने काम शुरु गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।  “अहिले सबै वडाहरुमा परीक्षणको रुपमा दुई–दुई...

  • २०७६ बैशाख ४, बुधबार

    विधेयक पारित

    प्रदेश नं १ मा ‘प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ’ पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयकसभामा पेश गर्नुभएको थियो ।   त्यस्तै ‘गाउँ तथा नगरसभाका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक सदनमा विचार गरियोस् भन्ने प्रस्ताव...

  • २०७६ बैशाख ४, बुधबार

    स्वरोजगारका लागि निव्र्याजी ऋण

    जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निव्र्याजी ऋण उपलब्ध गराउने भएको छ ।गाउँपालिकाको हिउँदे गाउँसभाबाट निव्र्याजी ऋणसम्बन्धी कार्यविधि २०७५ जारी गरेको छ । विदेश पलायन हुने युवालाई लक्षित गरेर निव्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था गाउँपालिकाले गरेको हो । व्यवसाय गर्ने व्यक्ति, समूह र संस्थालाई उनीहरुले अङ्गालेको पेशालाई सहयोग गर्ने ध्ययले निव्र्याजी ऋण उपलब्ध गराउने...

  • २०७६ बैशाख ४, बुधबार

    नेपालगञ्जमा सोल्टी होटल

    प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार नेपालगञ्जको ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ उद्घाटन गरेपछि व्यवसायीहरु उत्साहित भएका छन्  । एक वर्ष पहिले नै सञ्चालनमा आएको सो होटल नेपालकै पहिलो ग्रिन पाँच तारे होटल भएको होटलका महाप्रबन्धक इन्द्र खड्काले बताउनुभयो ।  खड्काले भन्नुभयो,“ नेपालगञ्जमा आर्थिक गतिविधि बढाउन र रोजगारी वृद्धिमा होटलले सहयोग पु¥याउनेछ ।” सो अवसरमा जिल्लास्थित जनप्रतिनिधि, उद्योगी...

  • २०७६ बैशाख ४, बुधबार

     शेयर बजारमा सामान्य वृद्धि

    मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४।९९ विन्दुले बढेर एक हजार २१७।०४ विन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।३२ विन्दुले बढेर २६१।५७ विन्दुमा पुगेको छ । आज कुल १७१ कम्पनीका २८ लाख एक हजरा ६१३ कित्ता शेयर रु ८२ करोड १६ लाख ९८ हजार १० मा खरीदबिक्री भए ।  कारोबार...

  • २०७६ बैशाख ४, बुधबार

    सभापति देउवाद्वारा दुःख व्यक्त 

    नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाचारपत्रका प्रधानसम्पादक  पुष्करलाल श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति  समवेदना प्रकट गर्नुभएको छ ।  कामना प्रकाशनका संस्थापक अध्यक्षसमेत रहनुभएका श्रेष्ठको ६० वर्षको उमेरमा आज बिहान काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै लामो...

  • २०७६ बैशाख ४, बुधबार

    छाडा पशुचौपाया नियन्त्रण गर्न गौशाला निर्माण 

    पाल्पाको रामपुरमा छाडा पशुचौपायाले सताउन थालेपछि नियन्त्रणका लागि गौशाला निर्माण कार्य भइरहेको छ । छाडा रुपमा गाउँघरमा किसानका खेतबारीमा पुगेर पशुचौपायाले बालीनाली नष्ट पार्न थालेपछि रामपुर नगरपालिकाले गौशाला निर्माण कार्य अगाडि बढाएको हो ।  नगरपालिका–६ स्थित तातोपानीघाट नजिकै रु ५० लाखको लागत अनुमानमा गौशाला निर्माण भइरहेको नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेले...

Pages