-
२०७६ बैशाख ३, मंगलबार
पर्यटकको आकर्षण ‘रिमिघा लेक’
प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको रिमिघा लेकमा पुगेपछि प्रकृतिसँग नरमाउने सायद कमै होलान् । यसको सुन्दरताले यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याइरहेको हुन्छ । रम्भा गाउँपालिका–२ फोक्सिङकोट र ३ पिपलडाँडाको माथिल्लो भागमा अवस्थित रिमिघा लेक पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिन थालेको छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक र वातावरणीय सौन्दर्य, जैविक विविधताका साथै पर्यटकीय महत्व बोकेको रिमिघा...
-
२०७६ बैशाख ३, मंगलबार
जबर्जस्ती करणीको अभियोगमा चार पक्राउ
पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोही दिन चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।
-
२०७६ बैशाख ३, मंगलबार
विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त
नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा परी कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । महानिरीक्षक खनालले दुःखको घडीमा...
-
२०७६ बैशाख ३, मंगलबार
सूर्योदयका चिया उद्योग श्रम ऐन कार्यान्वयन गर्न तयार
चियाको राजधानी सूर्योदय नगरपालिकामा रहेका ५२ चिया कारखाना श्रम ऐन कार्यान्वयन गर्न सहमत भएका छन् । सूर्योदय टी प्रोडयुसर्स एशोसिएसनमा आबद्ध रहेका उद्योगले सरकारसँग २५ बँुदे माग राख्दै श्रम ऐन कार्यान्वयमा ल्याउन लागेका हुन् । एशोसिएसनको गत चैत ३० गतेको बैठकले सरकारसँग केही शर्त राखेर असारसम्म श्रमिकलाई सेवासुविधा दिने जनाएको छ । एशोसिएसनले सरकारसँग राखेको माग पूरा नभए त्यसपछि सरकारी सेवासुविधा...
-
२०७६ बैशाख ३, मंगलबार
सामुदायिक वन डढेलोको उच्च जोखिममा
झापाका सामुदायिक वन आगलागीको उच्च जोखिममा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार चालू आर्थिक वर्षको पाँच महीनाको अवधिमा मात्र १० सामुदायिक वनमा आगलागी भएको छ । चालू आर्थिक वर्षको मङ्सिरदेखि चैत मसान्तसम्ममा १० सामुदायिक वनमा आगलागी हुँदा ५८।७५ हेक्टर वनक्षेत्र प्रभावित बनेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो । आगलागीबाट प्रभावित...
-
२०७६ बैशाख ३, मंगलबार
निरपेक्ष बनाउने अभियान चलाउनुको कारण खोज्न माग
आफ्नो देशको संविधानमा धार्मिक राज्य लेख्ने केही पश्चिमा राष्ट्रहरु नेपालको संविधानमा धर्म निरपेक्ष लेख्न सक्रिय हुनुको कारण खोज्न माग गरिएको छ । चैत्र नवरात्रका अवसरमा नेपाल मष्टो प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अन्तर धार्मिक परिषद्का सचिव केशवप्रसाद चौलागाईँले नर्वेको संविधानमा धार्मिक राज्य लेखिएको उल्लेख गर्नुहुँदै नेपाललाई धर्म निरपेक्ष लेख्न नर्वेजियन सरकारी संस्था सक्रिय हुनुको कारण...
-
२०७६ बैशाख ३, मंगलबार
नेपालमा कफी उत्पादन किसानका लागि रोजगारी
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कृषि क्षेत्रमा विविधीकरण, यान्त्रिकीकरण तथा औद्योगीकरण तथा आधुनिकीकरण गर्नुपर्नेमा जोडदिनुभएको छ । नेपाल चिया तथा कफी विकास बोर्डले सोमबार आयोजना गरेको नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलन–२०७६ को यहाँ उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा १२ लाख हेक्टर जमीनमा कफीखेतीको सम्भावना रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले...
-
२०७६ बैशाख ३, मंगलबार
धान धितो कार्यक्रमले किसानलाई राहत
बुटवल उपमहानगरपालिका– १८ पोखराबारीका कृषक विष्णु गाहाले ३५ क्विन्टल धान धितो राखेर रु ५५ हजार ऋण सापटी लिनुभयो । उहाँले आफूले धानको मूल्य आउनासाथ बिक्री गरेर ऋण तिर्ने सोच बनाउनुभएको छ । त्यस्तै सोही वडा दुबौलीका शोभाकान्त अर्यालले २५ क्विन्टल धान धितो राखेर रु ४० हजार ऋण लिनुभएको छ । अर्का पोखराबारीकै ओमनारायण थारूले ३० क्विन्टल धान धितो राखेर रु ५० हजार ऋण लिनुभएको छ । उक्त ऋणवापत सबैले आफूले...
-
२०७६ बैशाख ३, मंगलबार
मदन भण्डारी फाउण्डेशन गठन
बैतडीमा मदन भण्डारी फाउण्डेशनको जिल्ला कमिटी गठन गरिएको छ । चक्र कार्कीको अध्यक्षतामा गठन गरिएको २७ सदस्यीय कमिटीको सचिवमा सन्तोषप्रकाश जोशी, कोषाध्यक्षमा सरस्वती नेपाली तथा अन्य सदस्यहरु रहेका छन् । फाउण्डेसनले आगामी दिनमा स्व नेता मदन भण्डारीका विचार गाउँगाउँसम्म पु¥याउने तथा अन्य विभिन्न कार्यक्रम गर्ने बताइएको छ । फाउण्डेशनको जिल्ला कमिटीले आगामी जेठ ३ गते स्व नेता भण्डारीको स्मृति दिवसको...
-
२०७६ बैशाख ३, मंगलबार
धार्मिक पर्यटनबाट ३७ लाख सङ्कलन
धुलिखेल नगरपालिका–१२ शङ्खुस्थित इँटेमा धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महायज्ञमा रु ३७ लाख रकम सङ्कलन भएको छ । सप्ताह ज्ञान महायज्ञमा स्थानीय सत्यनारायण श्रेष्ठले रु एक लाख ५५ हजार, ईश्वर लामिछानेले रु एक लाख ५१ हजार, मोहनप्रसाद श्रेष्ठले रु एक लाख २६ हजार, दामोदर सापकोटाले रु एक लाख ११ हजार, प्रवीण श्रेष्ठले रु एक लाख नौ हजार ९००, भरत श्रेष्ठले रु एक लाख पाँच...
-
२०७६ बैशाख ३, मंगलबार
कुष्ठ प्रभावितलाई खाद्यान्न वितरण
युनाइटेड क्लबद्वारा पोखरा–१५ टटुङ्गास्थित नेपाल कुष्ठरोग निवारण सङ्घ आरोग्य आश्रममा बसोबास गर्ने १४ परिवारलाई खाद्यान्न वितरण गरेको छ । क्लबको नवाँै वार्षिकोत्सवको अवसरमा आयोजित सो कार्यक्रमअन्तर्गत चामल, दाल, तेल, सावुनलगायत फलफुल गरी कूल रु १० हजार मूल्य बरावरको सामग्री वितरण गरेको हो । महोत्सवको माध्यमबाट यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा जोड दिँदै...
-
२०७६ बैशाख ३, मंगलबार
केही दिनभित्रै पार्टी एकता निष्कर्षमा ः नेता आचार्य
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने बताउनुभएको छ । नेकपा म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता आचार्यले पार्टीका शीर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पु¥याउने कसरतमा जुटेको बताउनुभएको हो । उहाँले वैशाख ९ गते परेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिनसम्म एकताको प्रक्रिया टुङ्ग्याएर...


