STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख ३, मंगलबार

    एएफसी छनोट खेल्ने महिला टोली घोषणा

    एशियाली फुटबल महासङ्घ एएफसी छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको आज बिहान घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फा का अनुसार सरु लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो । टोलीमा गोलकिपर अन्जनाराना मगर, रेविका राई, उषा नाथ, डिफेण्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, पूजा रानामगर, सलोनी रानामगर, सविता रानामगर,...

  • २०७६ बैशाख ३, मंगलबार

    प्रदेश नं ३ मा सुरक्षासम्बन्धी गोष्ठी

    गृहमन्त्रालय काठमाडौँद्वारा आयोजित प्रदेश नं ३ को प्रदेशस्तरीय सुरक्षासम्बन्धी दुईदिने गोष्ठी आज हेटौँडामा शुरु भएको छ । उक्त सुरक्षा गोष्ठीमा प्रदेश नं ३ को १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग जिल्लाका प्रमुखका साथै सशस्त्र प्रहरी र नेपाली सेनाका उच्च अधिकृतको सहभागिता रहने मकवानपुर जिल्ला प्रशासनले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाले उक्त...

  • २०७६ बैशाख ३, मंगलबार

    पञ्च पाण्डवले शक्ति प्राप्त गरेको पचभैया कोट देउराली

    पोखरा महानगरपालिका–३१ स्थित पचभैया कोट देउराली महाभारतकालीन शक्तिपीठ हो । युधिष्ठिरसहित उनका पाँच भाइ गुप्तवासका क्रममा यही स्थानमा एक रात बिताएको र देउराली देवीको शक्ति प्राप्त गरेको विश्वासका आधारमा अत्यन्त श्रद्धा विश्वासका स्थान यहाँ पूजाआजा गरिन्छ । आजभन्दा दुई दशक अघिसम्म देउरालीको थानका रुपमा सामान्य ढङ्गाको शिला मात्र रहेकोमा स्थानीय जागरुकतासँगै यसलाई संरक्षण गरेर मन्दिर निर्माण गरिएको...

  • २०७६ बैशाख ३, मंगलबार

    उत्तरी अफगानिस्तानमा छ जना लडाकू मारिए

    अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सेनाको गोप्य कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् । अफगान रक्षा मन्त्रालयका अनुसार प्रान्तीय राजधानी कुन्दुजको बाहिरी इलाकाको काकारमा सेनाको गोप्य कारबाहीबाट ती लडाकू मारिएका हुन् । उक्त कारबाहीका क्रममा तालिबान लडाकूका तर्फबाट पनि गोली चलाइएको सेनाले जनाएको छ । सेनाद्वारा जारी अर्को विज्ञप्तिमा उक्त कारबाहीका...

  • २०७६ बैशाख ३, मंगलबार

    विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ ।    “विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याएर मुलुकमा शान्ति सुरक्षा कायम गर्नुपर्छ”, आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाइको बलमा जे पनि गर्न पाइँदैन, तत्काल वार्ता गरेर सरकार अगाडि बढ्नुपर्दछ ।”...

  • २०७६ बैशाख ३, मंगलबार

    करेन्ट लागेर एकको मृत्यु

    भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मिलनचोकस्थित चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि भरतपुर...

  • २०७६ बैशाख ३, मंगलबार

    चालक र सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच 

    गोङ्गबुस्थित नयाँ बसपार्कमा चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको आयोजना तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल प्रहरी अस्पतालको सहकार्यमा आज चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण गरिएको हो ।  उपत्यकालगायत देशका विभिन्न भागमा चालकको लापरबाहीबाट दुर्घटना बढ्न थालेपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ट्राफिक सप्ताह...

  • २०७६ बैशाख ३, मंगलबार

     राष्ट्रिय खेलकूद ः विभागीय टोलीको वर्चस्व

    प्रदेश नं ५ का विभिन्न जिल्लामा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आजसम्म २५४ पदकको छिनोफानो भइसकेको छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का अनुसार आज बिहानसम्म ६७ स्वर्ण, ६६ रजत र १२१ वटा कास्य गरी कूल २५४ वटा पदकको छिनोफानो भएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन हुन अझै दुई दिन बाँकी छ । प्रतियोगितामा समावेश भएको खेल भने चैत २७ गतेदेखि नै खेलाउन शुरु गरिएको हो ।    खेल शुरु भएको सात दिन...

  • २०७६ बैशाख ३, मंगलबार

    नेपालले मलेसियालाई २३० रनको चुनौती दियो

    उन्नाइस वर्षमुनिको आइसिसी यु १९० एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आजको खेलमा नेपालले ओमानलाई २३० रनको विजय लक्ष्य हासिल गर्न चुनौती दिएको छ ।   मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा आज भएको चौथो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल तयार ग¥यो ।   नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए ।...

  • २०७६ बैशाख ३, मंगलबार

    सेतो मच्छेन्द्रनाथको रथ लगनटोलमा

    वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई सोमबार राति लगनटोल पु¥याइएको छ । हनुमानढोका दरबार अघिबाट बेलुकी ४।३० बजे तान्न शुरु गरिएको रथ राति लगनटोल पु¥याएपछि पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो । सोमबार रथ लगन पु¥याएपछि जीवितदेवी कुमारीलाई पनि मच्छेन्द्रनाथको दर्शन...

  • २०७६ बैशाख ३, मंगलबार

    नोट्रे–ड्याम आगलागीः पुनर्निर्माण गर्ने म्याँक्रोको प्रतिबद्धता

    फ्रान्सको राजधानी पेरिसमा अवस्थित आठ सय वर्षभन्दा पुरानो ऐतिहासिक नोट्रे–ड्याम क्याथिड्रलमा लागेको भिषण आगो मङ्गलबार बिहान नियन्त्रणमा आएको छ । आगलागीबाट क्याथिड्रलको शिखर र छाना भत्किएर भुँइमा झरेको छ । फ्रान्सेली संस्कृति र इतिहासको धरोहरको रुपमा रहेको अमूल्य सम्पदा आगलागीबाट लगभग नष्ट भएको छ । हजारौं पेरिस निवासी र पर्यटकहरुले क्याथिड्रल ९गिर्जाघर० नजिकको सडकमा बसेर त्रसित मुद्रामा आगलागीको...

  • २०७६ बैशाख ३, मंगलबार

    असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो 

    स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनका अनुसार गत वर्ष ९६ हजार ४१७ मात्र महिलाले सुरक्षित गर्भपतन गराएका थिए तर प्रति एक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन  गराउँछन् ।  अर्थात वर्षेनी एक लाख ८६ हजार १४४ असुरक्षित गर्भपतन हुने गरेको अनुमान छ । कृपाको अर्को अध्ययनका अनुसार ४२ प्रतिशत सुरक्षित र ५८ प्रतिशत असुरक्षित गर्भपतन हुने गर्दछ ।    कानूनीरुपमा सुरक्षित गर्भपतनको शुरु भएको १६ वर्ष...

Pages