-
२०७६ बैशाख ३, मंगलबार
बाल बचत गर्दै राउटे बालबालिका
डडेल्धुराको परशुराम नगरपालिकामा रहेको राउटे समुदायका बालबालिकाले बालबचत गर्न शुरु गरेका छन् । केही समय अगाडि आमाबुबासंँगै जङ्गली खाद्यवस्तु र जनावरको शिकार गर्दै आएका राउटेका बालबालिका बालबचततर्फ आकर्षित भएका हुन् । राउटेको आर्थिक विकासका लागि नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्तामध्ये केही यहाँस्थित सबैभन्दा ठूलो ‘शीर्ष साना सहकारी’ मा ३६ राउटे बालबालिकाले महिनापिच्छे जम्मा गर्न थालेको...
-
२०७६ बैशाख ३, मंगलबार
रिपब्लीकन पार्टीबाट बिल वेल्डको उम्मेदवारी
रिपब्लीकन पार्टीका तर्फबाट सन् २०२० को अमेरिकी राष्ट्रपतिका लागि बिल वेल्डले उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नै रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार हुने तयारी भइरहेका समयमा बिल वेल्डले उम्मेदवारी घोषणा गर्नुभएको हो । विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट १८ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । अमेरिकी म्यासाचुसेट्स राज्यका ७३ वर्षीय पूर्व गभर्नर बिल वेल्डले ट्विट...
-
२०७६ बैशाख ३, मंगलबार
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले तालिबानले हालैमात्र आक्रमणका घटनाहरुलाई बढाई देशभित्र आक्रामक कारबाही गर्ने भनी दिएको अभिव्यक्तिको निन्दा गरेको छ । तालिबानका तर्फबाट आएको भनिएको यस्तो कारबाहीप्रति सुरक्षा परिषदले दुःख पनि व्यक्त गरेको छ । तालिबानको यस्तो कारबाहीबाट कसैलाई फाइदा नपुग्ने र यसले देशमा थप हिंसा बढाउने, नागरिकमा समस्या थप्ने र देशमा थप विनाश निम्तिने धारणा पनि राखेको समाचारमा...
-
२०७६ बैशाख ३, मंगलबार
गोरखामा ४।५ रिक्टरको परकम्प
गोरखाको भीमसेन गाउँपालिका क्षेत्र आसपास केन्द्र बिन्दु भएर आज ४।५ रिक्टर स्केलको परकम्प भएको छ । आज मध्याह्न १२ बजेर ३५ मिनेट जाँदा गोरखा भूकम्पको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । विसं २०७२ वैशाख १२ को ९७।६ रिक्टर स्केल को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५१७ परकम्प गएका छन् ।
-
२०७६ बैशाख ३, मंगलबार
क्यासिनोको रु २८ करोड बक्यौता
मुलुकका विभिन्न स्थानमा सञ्चालित क्यासिनोले रु २८ करोडभन्दा बढी बक्यौता रकम तिर्न अटेर गरेका छन् । चार क्यासिनो सञ्चालकका १४ क्यासिनोले नियामक निकाय पर्यटन विभागलाई रु २८ करोड ७५ लाख ५४ हजार २५ बक्यौता तिर्न बाँकी छ । क्यासिनो ह्याप्पीआवर प्रालिले सञ्चालन गरेको चार क्यासिनोबाट रु १४ करोड ६६ लाख ४३ हजार ७५० बक्यौता रहेको छ । ह्याप्पीले आर्थिक वर्ष २०७१ सालदेखि २०७४ सालसम्मको रोयल्टी रकम बुझाएको...
-
२०७६ बैशाख ३, मंगलबार
विचारका आधारमा साहित्यकारलाई गिरफ्तार नगर्न आग्रह
प्रगतिशील लेखक सङ्घले विचारकै आधारमा साहित्यकार तथा कलाकारलाई राज्यले गिरफ्तार गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य नगर्न आग्रह गरेको छ । “हामी कुनै पनि प्रगतिशील स्रष्टालाई राज्य तहबाट हुने कुनै पनि तहको दमनकारी क्रियाकलापका विरुद्ध आबाज उठाउनु नैतिक दायित्व ठान्दछौँ”, प्रलेसका अध्यक्ष डा जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहद्वरा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “गिरफ्तार लेखक...
-
२०७६ बैशाख ३, मंगलबार
शेयर बजारमा उत्साह ः दोहोरो अङ्कको वृद्धि
धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३।३३ बिन्दुले बढेर एक हजार २१२।०५ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५।४८ बिन्दुले बढेर २६०।२४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार सङ्ख्या र रकममा समेत वृद्धि भएको छ । कूल १७० कम्पनीको २४ लाख ११ हजार ६५० कित्ता...
-
२०७६ बैशाख ३, मंगलबार
धेरै कमाउने लोभ नगर्नुस् फसिएला
तपाई कतै थोरै दिएर धेरै कमाउने लोभमा त पर्नु भएको छैन रु यदि त्यस्तो लोभमा पर्नुभयो भने ठगिन सक्नुहुन्छ । बेलैमा सचेत हुनुहोला । काठमाडौँ उपत्यकामा अहिले यस्ता गिरोहको सक्रियता बढेको छ । कुनै पनि चिजको वास्तविक मूल्यभन्दा कममा पाइएको छ भनेर खरीद गर्दा उपत्यकाका धेरै व्यक्ति अहिले पीडित बन्न पुगेका छन् । सामान्यभन्दा भिन्न गतिविधि देखिएमा पनि तत्कालै प्रहरीलाई खबर गरी ठगी हुनबाट जोगिन महानगरीय...
-
२०७६ बैशाख २, सोमबार
भूकम्प
बाजुरामा बिहानै भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथीवी केन्द्रबिन्दु बनाएर आज बिहान स्थानीय समयानुसार ४ बजेर २७ मिनेट जाँदा ४।८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ । भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ । सुतिरहेको समयमा बिहान एक्कासि भूकम्प गएपछि बजारवासी...
-
२०७६ बैशाख २, सोमबार
फालेलुङमा चौँरी महोत्सव
पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आइतबार चौँरी महोत्सव आयोजना गरिएको छ । चौँरीको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित महोत्सवमा चौँरीका उत्पादन र चौँरीसँग सम्बन्धित वस्तु प्रदर्शनमा राखिएका थिए । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गर्नुभएको महोत्सवमा सयौँको सङ्ख्यामा चौँरी प्रदर्शनका लागि चारराते क्षेत्रमा ल्याइएको थियो ।...
-
२०७६ बैशाख २, सोमबार
खानेपानीका लागि रिचार्ज पोखरी निर्माण
खानेपानीको अभाव हुन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका–६ सेराका महिलाले गाउँमा रहेको पानीको मुहान संरक्षणका लागि पहल थालेका छन् । सुख्खायामको समयमा पानीको मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि महिलाले रिचार्ज पोखरी निर्माण गरेका हुन् । सुख्खायाममा मुहान सुकेर महाकाली नदीको दूषित पानी पिउनुपर्ने बाध्यता भएकाले मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरेको स्थानीय भागरथी कार्कीले जानकारी...
-
२०७६ बैशाख २, सोमबार
पूर्ववडाध्यक्ष पाँच दिनदेखि बेपत्ता
बागलुङ नगरपालिका–४ कुडुँले निवासी ६६ वर्षीय उमानाथ शर्मा पाँच दिनदेखि बेपत्ता हुनुभएको छ । चैत २८ गते बिहान ७ बजेदेखि हालसम्म परिवारको सम्र्पकमा नआएका कारण खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शर्माको खोजीकार्य गरे पनि हालसम्म फेला पर्न नसकेको बताएको छ । परिवारले शर्माका बारेमा दिएको जानकारीका आधारमा चार दिनसम्म खोजीकार्य गर्दासमेत फेला नपरेको जिल्ला प्रहरी...


