-
२०७६ बैशाख २, सोमबार
लोकगायक बुढाथोकीको निधन
वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ ।केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । जनसांस्कृतिक महासङ्घका संंस्थापक सदस्य तथा कम्युनिष्ट आन्दोलनका योद्धासमेत रहनुभएका स्रष्टा बुढाथोकीको पार्थिव शरीरलाई उहाँकै निवास बर्दघाट–२ चिसापानीमा आज...
-
२०७६ बैशाख २, सोमबार
सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा
वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई आइतबार राति हनुमानढोका दरबार अघि पु¥याइएको छ । असनबाट बेलुकी ५ बजे तान्न शुरु गरिएको रथ राति हनुमानढोका दरबार अघि पु¥याएपछि पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो । सोमबार बेलुकी ४ः३० बजे रथ तानेर लगन पु¥याइने छ । रथ लगन पु¥...
-
२०७६ बैशाख २, सोमबार
पदमार्ग निर्माण अलपत्र
स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालित म्याग्दीको मोना–बेनी–लभ्लीहिल पदमार्गको निर्माण कार्य अलपत्र बनेको छ । गत भदौमा शिलान्यास भएर चार महीनापछि पुस पहिलो हप्तादेखि निर्माण शुरु भएको बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक महीनादेखि रोकिएको छ । साझेदार निकायबीचको असमझदारी, अविश्वास र ढिलासुस्तीका कारण बेनी नगरपालिकाले म्याग्दी...
-
२०७६ बैशाख २, सोमबार
पौडी खेल्दाखेल्दै दुई युवा बेपत्ता
कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन् । बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । छ जना साथी मिलेर कोठीघाट घुम्ने क्रममा पौडी खेल्न गएको बेला नदीमा प्रज्ज्वल र दीपेन्द्र बेपत्ता भएको कोहलपुरका उनीहरुकै साथी राजेन्द्र शाहीले बताउनुभयो । दुईजना...
-
२०७६ बैशाख २, सोमबार
क्याम्पसलाई पुस्तक सहयोग
गण्डकी सामाजिक गुठी काठमाडौँले चापाकोट क्याम्पसलाई पुस्तक सहयोग गरेको छ । गुठीले आइतबार रु १६ लाख ५० हजार मूल्य बराबरको साहित्य र अन्य विषयका पुस्तक क्याम्पसलाई सहयोग गरेको हो । विभिन्न व्यक्ति तथा सामाजिक सङ्घ संस्थाको सहयोगमा सङ्कलित पुस्तक तथा खेलकूदका सामग्री क्याम्पसलाई सहयोगस्वरुप प्रदान गरिएको गुठीका सदस्य कृष्ण आचार्यले बताउनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद आचार्यले...
-
२०७६ बैशाख २, सोमबार
लागुऔषधसहित तीन जना पक्राउ
यसैगरी भारतबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ट्याब्लेट ६०० पिस लिएर नेपाल प्रवेश गरेका तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिवास नगरपालिका–९ बस्ने देवकृष्ण महतो, धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–१ बस्ने रामदेव महतो र वडा नं २ बस्ने विजयकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भारतबाट कन्हमा बजारबाट ज ९ प ६३७१ नम्बरको मोटरसाईकलमा तीन जना...
-
२०७६ बैशाख २, सोमबार
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ कालापानीमा मोटरसाइकल दुर्घटनामा परी आइतबार बेलुका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी जिल्लाको सीतापुर नगरपालिका–५ बस्ने ३४ वर्षीय जीतेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सोही दुर्घटनामा परी सप्तरी सीतापुर–५ कै मोटरसाइकल चालक २५ वर्षीय दुर्गानन्द चौधरी...
-
२०७६ बैशाख २, सोमबार
वर्षौंदेखि तुइनकै भरमा
दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ । नलगाड नगरपालिका–१ ठुलाबगरकी ४१ वर्षीया हस्तकला घर्ती घरबाट दैनिक तरकारी बिक्री गर्न रिम्नाबजार जानुहुन्छ । तुइनमा झुण्डिएर जाँदा यहाँलाई बाँचिन्छ, कि बाँचिदैन, भन्दै मनमा डरले सातो जाने गरेको छ । बजार जानलाई सहज बाटो छैन । त्यस्तै गरी सोही ठाउँकी गोलाबी पुन, पठवीर पुन, टबबहादुर...
-
२०७६ बैशाख २, सोमबार
विमान दुर्घटनाको छानबिन गर्न समिति गठन
सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न एक समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले राससलाई जानकारी दिनुभयो । सो समितिमा नेपाल वायुसेवा...
-
२०७६ बैशाख २, सोमबार
मोटरबाटो बन्द हुँदा यात्रुलाई सास्ती
मुलुककै राजधानीको रुपमा रहेको काठमाडौँमा एक महीनादेखि मोटरबाटो बन्द हुँदा यात्रुले ठूलो सास्ती ब्यहोर्र्नु परेको छ । सामाखुशीदेखि ग्रीनल्याण्ड चोकसम्मको मोटरबाटो बन्द हुँदा यात्रुलाई समस्या परेको हो । टोखा नगरपालिका खरीबोट बस्ने रमा न्यौपाने बागबजार जानका लागि सामाखुशी चोक आएर बस चढ्नुपर्ने बाध्यता भएको बताउनुहुन्छ । “लामो समयसम्म बाटो बन्द हुँदा साह्रै गाह्रो भएको छ”, उहाँ भन्नुहुन्छ । यस्तै...
-
२०७६ बैशाख २, सोमबार
नयाँ वर्षसँगै गुराँस उत्सव
यहाँको पर्यटकीय लेक घुम्टेमा आयोजित ‘गुराँस उत्सव’मा प्रकृतिप्रेमी पर्यटक रमाएका छन् । उत्सव हेर्न पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटर उचाइबाट नयाँ वर्ष–२०७६ लाई स्वागत गरे । शनिबार र आइतबार गरी दुई दिनसम्म गुराँस उत्सव चलेको आयोजक गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर केन्द्रले विगत सात वर्षदेखि ‘गुराँस उत्सव’...
-
२०७६ बैशाख २, सोमबार
२०७५ सालमा १५५ जनाको दुर्घटनामा मृत्यु
जिल्लाका विभिन्न स्थानमा विसं २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १५५ ले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २३५ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गत वर्ष ३०६ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्ष २०७४ को तुलनामा दुर्घटना सङ्ख्या, मृतक र घाइते बढेको छ । कार्यालयका अनुसार अघिल्लो वर्ष २८९ दुर्घटनामा १३० को मृत्यु भएको थियो भने २२३ गम्भीर घाइते...


