-
२०७६ बैशाख २, सोमबार
नेकपाको सबै वडा कमिटी एकीकरण
नेपाल कम्युनिष्ट पार्टी नेकपा तनहँुको स्थानीय तहका वडाको एकीकरण पूरा भएको छ । नेकपा जिल्ला सयंन्त्रको बैठकले सबै स्थानीय तहका वडाको एकीकरण कार्य पूरा गरेको हो । तनहँुका १० स्थानीय तहका ८५ वडामध्ये व्यासको एउटा र शुक्लागण्डकीको एउटा वडाबाहेक अन्य सबै वडाको अध्यक्ष र सचिवको टुङ्गो लागेको नेकपा जिल्ला संयन्त्रका सदस्य श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । व्यास नगरपालिका–१० को अध्यक्षमा साबिक...
-
२०७६ बैशाख २, सोमबार
बाँकेमा रगतको माग बढ्दो
अस्पतालमा आउने बिरामीका लागि रगतको माग बढ्दै गएको छ । बाँकेमा सञ्चालित अस्पतालहरुमा आउने बिरामीको सङ्ख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ । दैनिक रुपमा नेपालगञ्जबाट २५ देखि ३० र कोहलपुरबाट १५ देखि २० पिन्ट रगत माग हुने गरेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो । साबिकको मध्य तथा...
-
२०७६ बैशाख २, सोमबार
समता निकेतनलाई गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण
प्रधानमन्त्री केपी शर्मा ओली सुलभ मूल्यमा शिक्षा दिँदै आएको समता शिक्षा निकेतनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र आज हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समता फाउण्डेशनका अध्यक्ष उत्तम सञ्जेललाई गिनिज बुक लण्डनले जारी गरेको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सो शिक्षालय विश्वकै पहिलो मितव्ययी र कम खर्चिलो मानिएको छ । प्रधानमन्त्री ओलीले रु १००...
-
२०७६ बैशाख २, सोमबार
आलेख ः असिनापानीले गाउँ उजाड
‘दही खानु दैवले लैगो, मही खानु हराई गो ।’ हुन त यो पश्चिमेली लवजको पुरानो गीत हो । तर, यही गीत यहाँका नागरिकका लागि वास्तविकतामा परिणत भएको छ । साठ्ठी वर्षीया खडके वडले आफ्ना व्यथा सुनाउँदै गुनगुनाएको यो गीतले यहाँका नागरिकको कथा र व्यथा समेटेको छ । भित्र्याउने तरखरमा रहेको हिउँदे बाली चैत २२ गते साँझ आएको असिनापानीले सखाप पारेपछि यहाँका नागरिकहरुलाई सहिनसक्नु पीडा भएको छ । चैत २५ गते ती गाउँ...
-
२०७६ बैशाख २, सोमबार
प्रधानमन्त्रीबाट मङ्गलबार सुरुङको ‘बे्रक थु्र’ हुने
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘बे्रक थु्र’ गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्नुहुनेछ । ‘बे्रक थु्र’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि उपस्थित हुनुहुने आयोजनाले जनाएको छ । सुरुङ निर्माणको...
-
२०७६ बैशाख २, सोमबार
उपराष्ट्रपतिद्धारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण
उपराष्ट्रपति नन्दबहादुर पुनले आज यहाँ निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगति तथा आयोजनाको अवस्थाका बारेमा उपराष्ट्रपतिले चासो व्यक्त गर्दै आयोजनाको कामप्रति सन्तोष व्यक्त गर्नुभयो । उपराष्ट्रपति पुनले तोकिएको समयमा नै आयोजनाको काम सम्पन्न गर्न आयोजनाका प्रमुख तथा पदाधिकारीलाई आग्रह गर्नुभयो ।...
-
२०७६ बैशाख २, सोमबार
लोक संस्कृति संरक्षणमा गाउँपालिका
केआइसिंह गाउँपालिकाले पुराना लोक संस्कृति संरक्षण अभियान थालेको छ । पुराना लोक संस्कृति तथा परम्परा लोप हुन लागेकाले तिनको संरक्षण, प्रवद्र्धन र विकास गर्न वडा नं ५ रानागाउँमा १५ दिने ‘परम्परागत लोक संस्कृति संरक्षण तथा विकास तालीम’ सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “आधुनिक संस्कृतिका कारण हाम्रा पुराना कला र संस्कृति बिस्तारै हराउन थालेकाले...
-
२०७६ बैशाख २, सोमबार
चिनियाँ ठेकेदारहरु रेलमार्ग निर्माणका लागि मलेसिया फर्किए
मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले सत्ताको बागडोर सम्हाल्नासाथ स्थगित गर्नुभएको चिनियाँ लगानीको ठूलो पूर्वाधार परियोजना पुनः शुरु गर्न सोमबार चिनियाँ कम्पनीलाई आग्रह गर्नुभएको छ । देशका लागि चिनियाँ लगानी आर्थिक बोझ हुने भन्दै वयोवृद्ध प्रधानमन्त्री महाथिरले रेलमार्ग निर्माण कार्यलाई स्थगित गरिदिनु भएको थियो । गत वर्ष मे महिनामा सम्पन्न संसदको चुनावमा विजयी भएपछि महाथिरले “पूर्वी तटीय...
-
२०७६ बैशाख २, सोमबार
पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली आउँदै, दैलेखको पादुका प्राथमिकतामा
जनप्रतिनिधिसभाका रुपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी ग¥यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । सरकारले सकेसम्म व्यवस्थापन ग¥यो । त्योसँगसँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । सोही मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण । देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको भन्दै लामो समयदेखि अध्ययनमै सीमित...
-
२०७६ बैशाख २, सोमबार
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती
पश्चिम नवलपरासीको परासीस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । क्षमताभन्दा दोब्बर सङ्ख्यामा कैदीबन्दी हँुदा उनीहरुको सहज बसोबासमा निकै कठिन भएको कारागारका जेलर जगतबहादुर बस्नेतले बताउनुभयो । पच्चीस महिला र १५० पुरुष गरी १७५ कैदीबन्दी राख्ने क्षमता भएको सो कारागारमा हाल ३०९ पुरुष, ५८ महिला र चार जना आश्रित बालबालिका गरी...
-
२०७६ बैशाख २, सोमबार
बसमा आगजनी गर्ने पक्राउ
मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मालबासे पेट्रोल पम्प नजीक आज बिहान रोकिराखेको बसमा आगजनी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार बिहान साढे ३ बजे सो स्थानमा राखिरहेको ना४ख ४९ नंको बसमा आगजनी गर्ने सर्लाही घर भई उर्लाबारी–७ मा बस्दै आएका ३७ वर्षीय रामहरि माझीले मादक पदार्थ सेवन गरेर बसमा आगजनी गरेको बयान...
-
२०७६ बैशाख २, सोमबार
भिडियो उपकरणहरु उत्तर कोरिया पठाउन दक्षिणको तयारी अपडेट
सन् १९५० बाट १९५३ सम्म जारी कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच कुराकानी गराउन भिडियो उपकरण उत्तर कोरिया पठाउन परामर्श गरिने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले सोमबार जानकारी दिएको छ । एकीकरण मन्त्रालयका उपप्रवक्ता लि युजेनले सियोलमा पत्रकारहरुसँग कुरा गर्दै दक्षिण कोरियाले भिडियो उपकरणहरु हालै खरिद गरिसकेको बताउनुभयो । ती उपकरण कहाँ र कसरी उपउब्ध गराउने भन्ने विषयमा उत्तर कोरियासँग छलफल...


