STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १, आइतबार

    नयाँ वर्षमा पर्यटकले भरिभराउ सौराहा

    चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका ११० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो । “करीब करीब २५÷३० प्रतिशत बाह्य पर्यटक छन्”, घिमिरेले भन्नुभयो, “अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन् ।” पछिल्लो समय नेपाली समुदायमा घुम्ने परम्परा बढेका कारण सौराहामा आन्तरिक...

  • २०७६ बैशाख १, आइतबार

    नगर क्षेत्रमा नै खानेपानीको हाहाकार

    म्याग्दीको बेनी नगरपालिका–६ बाँस्बोटका जनता वर्षौदेखि काकाकुलको नियति भोगेर बाँच्न बाध्य भएका छन् । पशुचौपाया र करेसाबारीलाई मात्रै होइन, तिर्खा लागेको बेला स्थानीयवासीले धित मरुञ्जेलसम्म पानी पिउनसमेत पाउँदैनन् । जिल्ला सदरमुकाम बेनी बजारदेखि करीब एक घण्टाको दूरीमा रहेको बाँस्बोट गाउँमा पानीको स्रोत नहुँदा मोटरसाइकलबाट पानी बोकेर खान स्थानीयवासी बाध्य भएका छन् । बेनपा–६ का एकपाते, बाँस्बोट,...

  • २०७६ बैशाख १, आइतबार

    तातोपानी कुण्डमा नुहाउनेको भीड

    प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातो पानी स्थित तातोपानी कुण्डमा डुवेर उपचार गराउन आएका विरामीहरुको भीड । मूलबाट नै ६० डिग्री तापक्रमको विरेनुन र गन्धक मिश्रित पानी आउने यो कुण्डमा सात दिनदेखि १० दिनसम्म दैनिक तीन घण्टा डुवेपछि रोगहरु निको हुने विश्वास गरिन्छ ।

  • २०७६ बैशाख १, आइतबार

    नयाँ वर्षमा मुख्यमन्त्रीहरुको शुभकामना सन्देश

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ वर्ष २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुहुँदै  सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नु भएको छ ।   प्रदेश नं १ का मुख्यमन्त्री राईले जारी गर्नुभएको शुभकामना सन्देशमा भन्नुभएको छ, “नयाँ वर्षको आगमनसँगै मुलुकमा...

  • २०७६ बैशाख १, आइतबार

    पूर्वी तराईमा आजदेखि सिरुवा पर्व शुरु

    नयाँ वर्षको शुरुआत भएसँगै पूर्वी तराईका आदिवासी कोच समुदायको सिरुवा पर्व शुरु भएको छ । नयाँ वर्षको आगमनलाई स्वागत गर्दै राजवंशी, ताजपुरिया गनगाई, मेचे माझीलगायत कोच जातिका समुदायले आजदेखि तीन दिनसम्म सिरुवा पर्व मनाउन शुरु गरेका छन् । कोच समुदायमा यो पर्वले निकै महत्व बोकेको छ । वर्षभरिको रिसरागलाई पानीले पखालेर आपसमा पानी हालेर पहिलो दिन पानी सिरुवा, दोस्रो दिन आफ्नो कुल देवीदेवताको पूजा गर्ने...

  • २०७६ बैशाख १, आइतबार

    लुक्ला विमान दुर्घटना ः दुईको मृत्यु

    तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विमानका सहचालक एस ढुङ्गाना र सुरक्षामा खटिएका पर्यटक प्रहरी ९असई० रामबहादुर खड्का रहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका इन्चार्ज इमनाथ अधिकारीले जानकारी दिनुभयो । लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको...

  • २०७६ बैशाख १, आइतबार

     ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र बैँक खाताका लागि राष्ट्रिय अभियान 

    नयाँ वर्षका अवसरमा आज नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ज्येष्ठ नागरिकको उपस्थितिमा सो ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै हुनुहन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड...

  • २०७६ बैशाख १, आइतबार

    राष्ट्रिय झन्डाको सम्मान गर्दै ¥याली

    राष्ट्र र राष्ट्रिय एकताको प्रतीक राष्ट्रिय झन्डाको संरक्षण र सम्मानस्वरुप आज पोखरामा ¥याली निकालिएको छ । पोखरा बृहत् सफाइ अभियान एवम् नागरिक समाज पोखरासँगको सहकार्यमा युवा पत्रकार सञ्जाल गण्डकी र बागेश्वरी असल शासन क्लब ९बास० को संयुक्त आयोजनामा नयाँ वर्षको पहिलो दिनलाई राष्ट्रिय झन्डा दिवसको रुपमा मनाइने गरिएको छ । पोखराको मानवअधिकारचोक, चिप्लेढुङ्गा, न्युरोड हँुदै सभागृहचोकसम्म पुगेको ¥यालीमा...

  • २०७६ बैशाख १, आइतबार

    खर्च हुन नसकेको ६७ करोड १० लाख रकमान्तर

    काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा खर्च गर्न नसकेको रु ६७ करोड १० लाख रकमान्तर गरेको छ । गत चैत २४ गते बसेको चौँथो नगर सभाले चालू आवका लागि स्वीकृत बजेटका विभिन्न शिर्षकहरूमा खर्च हुन नसकेको रकम तत्काल खर्च गर्नुपर्ने अन्य शिर्षकमा रकमको। आवश्यकता भएपछि रकमान्तर गरिएको हो । नगरसभाले महानगरको विद्युतीय शासनलाई प्रभावकारी बनाउन जोड दिँदै तथ्याङ्क सङ्कलनका लागि रु ८७ लाख रकमान्तर गरेको छ ।...

  • २०७६ बैशाख १, आइतबार

    नयाँ वर्षको शुरुआतसँगै विकासले तीव्रता पाउने स् मुख्यमन्त्री पोखरेल

    प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नयाँ वर्षको शुरुआतसँगै विकासले तीव्र गति पाउने बताउनुभएको छ । सेरोफेरोन्युज भित्तेपात्रो २०७६ को लोकार्पण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले संविधान जारी भएपछिको तीन वर्षको समय सोचेअनुसारका काम गर्न नसकिएको बताउँदै अब नयाँ वर्षको शुरुआतसँगै हरेक कामले गति लिने बताउनुभयो । उहाँले देशमा भूकम्प, नाकाबन्दी, तीन तहको निर्वाचन, सङ्घीयता कार्यान्वयन, कानून...

  • २०७६ बैशाख १, आइतबार

     वाग्मतीको मुहान वाग्द्वारमा स्नान गर्नेको भीड

    नयाँ वर्षको अरुणोदयसँगै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मनमोहकतातर्फ मानिसको भीड अघि बढिरहेको छ । यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा मेला भर्न आज बिहानैदेखि भक्तजनको भीड लागेको हो । प्रत्येक वर्ष वैशाख १ गतेका दिन त्यहाँ स्नान मेला लाग्छ । राजधानीको कोलाहलबाट नजिकैको शान्त एवं रमणीय स्थलमा नयाँ वर्ष मनाउन मानिसको भीड लागेको हो । यसै वर्षदेखि...

  • २०७६ बैशाख १, आइतबार

    अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा – अमेरिकी अर्थमन्त्री

    विश्व अर्थतन्त्र खस्किनुको प्रमुख कारण मानिएको चीन–अमेरिका व्यापार विवाद वार्ताद्वारा सुल्झाउन दुबै देशबीच जारी वार्ता निष्कर्षमा पुग्न लागेको अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले बताउनुभएको छ । विश्वस्तरका संस्थाहरुका अध्ययनले विश्व व्यापारमा मन्दी आउनुमा विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीच उत्पन्न व्यापारिक तनाब नै मुख्य कारण रहेको जनाउँदै आएका थिए । अमेरिकी अर्थमन्त्री मन्चिनको...

Pages