-
२०७६ बैशाख १, आइतबार
नदीले बगाउँदा एक बेपत्ता एकको उद्धार
नयाँ वर्षमा घुम्न आएका एक युवक आज बिहान स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । सँगै नदीले बगाएका अर्का एक युवकलाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रुपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली नदीमा डुबेर बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै नदीले बगाएका पाल्पा घर भएका २३ वर्षीय श्रीधर गैरेको उद्धार...
-
२०७६ बैशाख १, आइतबार
लामो दूरीका १११ चालक कारवाहीमा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारी साधनमा दुई चालक नराख्ने १११ चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गरेका सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने...
-
२०७६ बैशाख १, आइतबार
स्वस्थ बच्चा जन्माउँदै एचआइभी सङ्क्रमित आमा
सरकारले एचआइभी सङ्क्रमित आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम पिएमटिसिट कार्यक्रम लागू गरेपछि स्वस्थ बच्चा जन्माउन थालेका छन् । यसअघि सङ्क्रमित आमाले जन्माएका बच्चामा पनि एचआइभी सङ्क्रमण देखिन्थ्यो भने चिकित्सकहरुले पनि त्यस्ता आमालाई सन्तान नजन्माउन सुझाव दिन्थे । “एचआइभी सङ्क्रमित भएपछि बच्चा नजन्माउन चिकित्सकले सुझाव दिएका थिए तर अहिले भने यो सम्भव भएको छ,” एक आमाले भन्नुभयो, “सन्तान पाउने...
-
२०७६ बैशाख १, आइतबार
सेतो मच्छेन्द्रनाथको दर्शन गर्नेको घुइँचो
वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई असनमा पु¥याएपछि पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल नवमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिन्छ । पहिलो दिन रथलाई असनमा पु¥याइएको थियो । शनिबार राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको दर्शन गर्नुभएको रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष...
-
२०७६ बैशाख १, आइतबार
स्थानीय उत्पादनको व्यापार घट्दो
बागलुङ नगरपालिका–१२ अमलाचौरका टेकबहादुर चुधारले विगत डेढ दशकदेखि ठेका, ठेकीको व्यापार गर्दै आउनुभएको छ । आफैंले उत्पादन गरेको ठेका ठेकी विशेषगरी चैते दशैँका अवसर पारेर यहाँ लाग्ने मेलामा सबैभन्दा बढी बिक्री हुने गरेको उहाँले बताउनुभयो । तर यो वर्ष ठेकाको व्यापार निकै घटेको अनुभव उहाँको छ । “कृषि पेशा गर्न छोडेपछि गाई–भैँसी कम पाल्न थालेँ”, चुधारले भन्नुभयो, “घरमा वस्तुभाउ नभएपछि ठेका किन लग्थे...
-
२०७६ बैशाख १, आइतबार
रात्रिक्लब बाहिर गोली चल्दा एक जनाको मृत्यु
अस्ट्रेलियाको लोकप्रिय रात्रिक्लब बाहिर गोली चल्दा एक सुरक्षा गार्डको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । प्रहरीले आइतबार बिहानीपख मेलबर्नस्थित लभ मेसिन रात्रिक्लब बाहिर भएको यस गोलीकाण्डमा चार जनामाथि गोली लागेको जनाएको छ । गोली लागेकामध्ये तीन जना सुरक्षा गार्ड रहेका छन् । रात्रिक्लब बाहिर रमाइलो गरिरहेका व्यक्तिमाथि सडकमा रोकिराखेको कारबाट गोली प्रहार गरिएको प्रहरीको...
-
२०७६ बैशाख १, आइतबार
आलेख ः रुचाउन थाले केराका परिकार
केराका परिकार खाद्यवस्तुका रुपमा प्रयोग हुन थालेको छ । कैलालीको टीकापुरमा कृषि व्यवसायी कालु हमालले केराका परिकारलाई खाद्यवस्तुका रुपमा प्रयोग गर्ने वातावरण मिलाएका छन् । ‘बनाना किङ’ को परिचयसमेत बनाइसकेका केरा व्यवसायी हमालले अहिले केराका ४० परिकार उत्पादन गर्छन् । हमालले १३ वर्षअघि विगतमा फलफूलका रुपमा मात्रै प्रयोग गरिने केराखेती गर्न शुरु गरे । उनले केराखेती सँगै केराका परिकार बनाएर बेच्न...
-
२०७६ बैशाख १, आइतबार
अमेरिका–जापान व्यापार वार्ता वासिङ्टनमा शुरु
संयुक्तराज्य अमेरिका र जापानबीच वासिङ्टन डिसीमा सोमबारदेखि व्यापार वार्ता शुरु हुँदैछ । दुबै देशबीच देखिएका व्यापारसम्बन्धी असमझदारी तत्कालै हल गर्ने उद्देश्यले वार्ता हुन लागेको हो । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीबीच दुई दिने वार्ता हुन लागेको हो । गत साता टोकियोमा अर्थमन्त्री मोटेगीले सोमबारको वार्तामा दुई देशबीच देखिएका व्यापार सम्बन्धी...
-
२०७६ बैशाख १, आइतबार
इरानको बाढीबाट मृत्यु हुनेहरुको संख्या ७६ पुग्यो
इरानमा हालै आएको बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या ७६ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा खोजी र उद्धारको कार्य जारी नै रहेकाले जनधनको क्षति अझ बढ्न सक्ने बताइएको छ । पछिल्लो समय इरानका दक्षिणपश्चिम क्षेत्रका दुई वटा प्रान्त बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन् । बाढीका कारण शुरुमा प्रायः सुक्खा भइरहने उत्तरपूर्वी इरानमा जनधनको क्षति भएको...
-
२०७५ चैत्र २९, शुक्रबार
फेवा नव वर्ष महोत्सवको तयारी पूरा
नयाँ वर्षको अवसरमा पश्चिमाञ्चल होेटल सङ्घले वर्षेनी आयोजना गर्दै आएको यस वर्षको ‘फेवा नव वर्ष महोत्सव २०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ । आजदेखि पोखराको फेवा किनारस्थित कोमागाने पार्कमा हुने त्रिदिवसीय १६औँ संस्करणमा खाना, संस्कृति र सङ्गीतलाई विशेष जोड दिइएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा कूल २२ नेपाली खानाको व्यवस्था रहनेछ । महोत्सवमा पर्यटक र अन्य...
-
२०७५ चैत्र २९, शुक्रबार
कराँतेमा साहसिक नाउँः ‘लीला सिंह’
दुई दशकअघि नौ किलोमिटरको दूरी साइकल चढेर महेन्द्रनगरस्थित कभर्डहल आउँदा लीला सिंहका साथीहरु गाउँमा मेलापात, घरको काम र अध्ययनमा बिताउँथे । खेलप्रतिको लगनशीलता र मोहले नशाको रुप लिँदा कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका कराँतेका ‘थ्री डन’ लीला सिंहलाई खेलस्थल नजिक वा टाढाको कुनै अनुभूति नै भएन । लगातारको खेल परिश्रमकै कारण महिला भएर पनि सुदूरपश्चिम प्रदेशबाट आफनो तौल समूहमा एकछत्र राज गरेकी...
-
२०७५ चैत्र २९, शुक्रबार
स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि र स्थानीय तहमा भइरहेका अनियमितताको बारेमा निगरानी राखेको र जुनसुकै...


