-
२०७५ चैत्र २९, शुक्रबार
नेपाल सीधै विश्वकप छनोटको दोस्रो चरण्मा
सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि नेपालले सीधै दोस्रो चरणको छनोट खेल खेल्ने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा ले आज सार्वजनिक गरेको फिफा वरियताको एशियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सीधै दोस्रो चरणको छनोट खेल्न पाएको हो । यही अप्रिलको नयाँ वरियतामा ४६ एशियाली राष्ट्रमध्ये शीर्षमा अटाएपछि नेपालले दोस्रो चरण खेल्ने पक्का भएको अखिल नेपाल फुटबल सङ्घ एन्फा ले...
-
२०७५ चैत्र २९, शुक्रबार
थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण
धार्मिक मूल्य मान्यताका साथ परम्परादेखि सञ्चालन भएका शिल्पकलाको मौलिकता र महत्वलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले राजधानीमा थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण कार्यशाला’ सञ्चालन गरिएको छ । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले बिहीबारदेखि शुरु गरेको प्रशिक्षणमा सबै प्रदेशबाट गरी कूल ३८ कलाकार सहभागी छन् । प्रशिक्षणको उद्घाटन गर्दै प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले पौभा र थाङ्का...
-
२०७५ चैत्र २९, शुक्रबार
को–पाइलट सन्तोषको ‘सिर्जना र सम्झना’ सार्वजनिक
हवाई दुर्घटनामा निधन हुनुभएका को पाइलट सन्तोष रानाले रचना गरेको गीतको एल्बम ‘सिर्जना र सम्झना’ सार्वजनिक गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णुप्रसाद पौडेलले बिहीबार उक्त गीतिएल्वम सार्वजनिक गर्दै रानाले आफ्नो जीवनको छोटो अवधिमा समाज र राष्ट्रलाई पु¥याएको योगदान भुल्न नसकिने बताउनुभयो । सन्तोषका बुवा तथा नेकपाका नेता दलबहादुर रानाले सानो छँदा नै छोराले लेखेका रचनालाई सङ्कलन...
-
२०७५ चैत्र २९, शुक्रबार
बालिका करणी गर्ने पक्राउ
बालिका करणी गरेको अभियोगमा कैलालीको भजनी नगरपालिका–८ का २५ वर्षीय भुखाली डगौरालाई प्रहरीले पक्राउ गरेको छ । ललाइफकाइ गरी सोही ठाउँकै लालबहादुर डगौराको घरको कोठामा राखेर बुधबार १३ वर्षीया बालिकालार्ई करणी गरेको जाहेरी परेपछि निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउभयो । यसैबीच नेत्रविक्रमचन्द ‘विप्लव’ समूहका कैलाली बर्दगोरिया...
-
२०७५ चैत्र २९, शुक्रबार
तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा
अफगानिस्तानमा लामो समयदेखि सङ्घर्षरत तालिबान विद्रोही समूहले संयुक्तराज्य अमेरिकासँग वार्ता प्रक्रियामा रहेपनि सशस्त्र सङ्घर्षलाई अझ तीव्र बनाउने शुक्रबार घोषणा गरेको छ । अङ्ग्रेजी समेत पाँच भाषामा प्रकाशित लामो वक्तव्यमा तालिबान विद्रोहीले अफगानिस्तानमा विदेशी फौज रहेसम्म सङ्घर्षलाई निरन्तरता दिइने भनिएको छ । हुनत, तालिबानले यस्तो घोषणा हरेक वर्ष गरिरहेको छ । हिउँदका कठिन दिनहरुमा पनि तालिबानी...
-
२०७५ चैत्र २९, शुक्रबार
चर्को शुल्क बन्द गर्न विद्यार्थी सङ्गठनको माग
निजी शैक्षिक संस्थाले मनोमानी रुपमा लिइरहेको चर्को शुल्क बन्द गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाइएको छ । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी का प्रतिनिधिले आज शिक्षा मन्त्रालयमा मन्त्री पोखरेललाई भेट गरी चर्को शुल्क बन्द गर्न माग गरेका हुन् । अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतको...
-
२०७५ चैत्र २९, शुक्रबार
जोमसोम–लोमान्थाङ सडक सञ्चालनमा
मुस्ताङको जोमसोम–लोमान्थाङ सडक करीब चार महीनापछि सञ्चालनमा आएको छ । जोमसोमदेखि कागबेनी छुसाङ हँुदै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका जोड्ने सडकमा गत पुसदेखि हिउँ जमेर यातायात सेवा अवरुद्ध भएको थियो । सडक सुचारु भएपछि चिसो छल्न बेँसी झरेका उपल्लो मुस्ताङका बासिन्दा घर फर्कन थालेका छन् । सो सडक खुलेपछि लोमान्थाङ, दामोदरकुण्ड, कोरला क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई सहज भएको...
-
२०७५ चैत्र २९, शुक्रबार
डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न आग्रह
सञ्चार एवं सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा नयाँ युगको शुरूआत गर्न आग्रह गर्नुभएको छ । टेलिकमको एफटिटिएच ९फाइबर टु द होम० सेवाको आज यहाँ शुभारम्भ गर्दै उहाँले चार हजार १०० कर्मचारी भएको संस्था उत्पादनका हिसाबले दोस्रो हुन पुग्नु दुःखद हो, अब यसलार्ई ग्राहकसेवी र जनसेवी बनाउनुपर्छ भन्नुभयो । मन्त्री बाँस्कोटाले प्रदेश नं २ का प्रमुख सचिव दीपक सुवेदीसँग कुराकानी गरी सो...
-
२०७५ चैत्र २९, शुक्रबार
चीनमा रेल दुर्घटनामा छ जनाको मृत्यु
मध्य चीनमा भएको मालबाहक रेल दुर्घटनामा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो । दुर्घटनामा रेलका २५ वटा डब्बा रेलमार्गबाट बाहिर उछिट्टिएका थिए । हेनान प्रान्तको गोन्यीमा भएको यस दुर्घटनामा खोज तथा उद्धारको कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । खोजका क्रममा चार जना रेलसेवाका कर्मचारी र दुई जना...
-
२०७५ चैत्र २९, शुक्रबार
व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छ ः मन्त्री पोखरेल
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल शिक्षालाई व्यावहारिक बनाउन आधारस्तम्भ तयार गरिसकेको बताउनुभएको छ । आज टङ्गाल माध्यमिक विद्यालय, हाँडीगाउँको ५६ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले शिक्षालाई परिवर्तन गर्नका लागि व्यावहारिक शिक्षा बनाउन लागिएको बताउनुभयो । “व्यावहारिक शिक्षा बनाउन हामीले आधारस्तम्भ बनाइसकेका छौँ”, उहाँले भन्नुभयो, “अब ती आधार स्तम्भलाई टेकेर देशभरि नै हामी प्राविधिक शिक्षा...
-
२०७५ चैत्र २९, शुक्रबार
पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु
पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् । बलुचिस्तानका प्रान्तीय प्रहरी प्रमुख मोहसिन बटका अनुसार मारिएका व्यक्तिहरुमा आठ जना अल्पसंख्यक शिया हजारा मुसलमान समुदायका व्यक्तिहरु रहेका छन् । ती आठ जनामा पनि एक सुरक्षा अधिकारी र बजारका एक कामदार रहेका छन् । सहजै पहिचान गर्न सकिने मध्य...
-
२०७५ चैत्र २९, शुक्रबार
राप्रपाको हस्ताक्षर सङ्कलन
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै करीब २० लाख हस्ताक्षर सङ्कलन गरेको छ । पार्टीले यही चैत १७ गतेदेखि चैत मसान्तसम्म देशभर सञ्चालन गरेको हस्ताक्षर अभियानमा सङ्कलन भएका ती हस्ताक्षर सरकारलाई बुझाइने प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । यसअघि पार्टीले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राअन्तर्गत हिन्दू राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्र स्थापनाका...


