-
२०७५ चैत्र २९, शुक्रबार
आम्दानीको स्रोत बन्दै महिलाका सहकारी
महिलाले नेतृत्व गरेका सहकारी संस्था पछिल्लो समय आम्दानीको स्रोत बन्दै गएका छन् । सहकारी संस्थाका कारण यहाँका अधिकांश महिला पछिल्लो समय रोजगारसमेत हुन थालेका छन् । महिलाका सहकारी पछिल्लो समय नाफामुखीसमेत बन्दै गएका छन् । महिलाको लगनशीलता तथा मेहनतका कारण यहाँका सहकारी क्रमिकरुपमा फलदायी तथा नाफामुखी बन्दै गएका हुन् । महिलाले सञ्चालन गरेका सहकारीका कारण यहाँका दजनौँ स्थानीय महिलाले गाउँमै...
-
२०७५ चैत्र २९, शुक्रबार
हेटौँडामा बर्डफ्लु नियन्त्रणको प्रयास
प्रदेश नं ३ को हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा कृषकका कुखुरा फार्ममा अहिले बर्डफ्लु रोगलाई नियन्त्रण गर्ने प्रयास भइरहेको जिल्ला पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ । उपमहानगरका वडा नं ६, ७, ८, १६ र १७ मा स्थानीय कृषकका ४८ फार्मका कृषि तथा पशुपक्षी मन्त्रालयबाट आएको प्राविधिक टोलीले आजसम्ममा ६० हजार २०५ कुखुरा र चल्ला नष्ट गरी खाल्डोमा पुरेको सो कार्यालयले जनाएको छ । यसैगरी ती प्रभावित...
-
२०७५ चैत्र २९, शुक्रबार
जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ
पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो । पक्राउ गरिएको उनलाई चितवन ल्याई अनुसन्धान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनलाई नुवाकोटमा आफन्तको घरबाट पक्राउ गरिएको हो । उनले आफ्नै १५...
-
२०७५ चैत्र २९, शुक्रबार
चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान ज्वाला लाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गएराति चन्द समूहका मकवानपुर इञ्चार्ज घलान र अर्का एक जनालाई पक्राउ गरेको हो । ज्वालासहित दुईजनालाई हेटाँैडाको फायरलाइनबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उपरीक्षक सिंहका अनुसार प्रहरीले सवारी...
-
२०७५ चैत्र २९, शुक्रबार
खेलाडीलाई होटल अभाव
राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा टेबलटेनिस र बास्केटबल प्रतियोगिता सञ्चालन भइरहँदा खेलाडी र खेलप्रेमीहरु भने उचित वसोवासको समस्यामा रहेका छन् । खेलकूदको लागि देशभरका सातवटै प्रदेशका खेलाडी, खेलसँग सम्बन्धित व्यक्ति र खेलप्रेमी दाङ आएका छन् । बुधबार र बिहीबार उद्घाटन भएका दुई खेल क्रमश टेबलटेनिस र बास्केटबल दुबै घोराहीमा सञ्चालन भइरहेका छन् । दुबै खेलमा देशभरबाट करीब दुई हजारदेखि दुई हजार २००...
-
२०७५ चैत्र २९, शुक्रबार
फ्रिक्वेन्सी सम्बन्धमा आइस्पानको ध्यानाकर्षण
इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल आइस्पान ले टेलिभिजन प्रयोजनका लागि प्रयोग गर्दै आएको फ्रिक्वेन्सीमार्फत इन्टरनेट सेवासमेत सञ्चालन गर्न अनुमति दिने तयारी भइरहेको भन्दै त्यसबारेमा ध्यानाकर्षण भएको जनाएको छ । आइस्पानले आज नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयअघि धर्ना दिनाका साथै आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएको छ । प्राधिकरणका कावा अध्यक्ष पुरुषोत्तम खनाललाई ज्ञापनपत्र बुझाउँदै आइस्पानका अध्यक्ष...
-
२०७५ चैत्र २९, शुक्रबार
जापानी विदेश मन्त्री चीन भ्रमणमा
जापानी विदेशी मन्त्री तारो कोनोले चीनको भ्रमण गर्न लाग्नु भएको छ । आगामी अप्रिल १३ बाट १५ सम्म कोनोले चीनको भ्रमण गर्न लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले शुक्रबार घोषणा गर्नु भएको छ । लुका अनुसार कोनो चिनियाँ विदेशी मन्त्री वाङ यीको निमन्त्रणामा चीन आउन लाग्नु भएको हो । यस भ्रमणको क्रममा दुई विदेशमन्त्रीबीच पाँचौै उच्च स्तरीय आर्थिक वार्ता हुने लुले बताउनु भएको छ । चीन...
-
२०७५ चैत्र २८, बिहिबार
भ्रष्टाचार नियन्त्रणमा ट्रान्सपरेन्सी
भूकम्पपछिको पुनःनिर्माणमा भएको अनियमितता र ढिलासुस्तीका सवालमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रसुवा जिल्लाको अध्ययन कार्यलाई तीव्र बनाएको छ । ट्रान्सपरेन्सी रसुवाले बुधबार पत्रकार सम्मेलन गरी रसुवाको साविक १८ गाविस तथा हाल पाँच गाउँपालिकाअन्तर्गत २७ वडामा भएका पुनःनिर्माण सम्बन्धित गतिविधि स्थलगतरूपमा अध्ययन भइरहेको बताएको छ । केही गाउँपालिकामा जनजीविका नचल्ने एककोठे घरसमेत निर्माण हुँदै गरेको...
-
२०७५ चैत्र २८, बिहिबार
सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी
कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० आबद्ध विद्यार्थीले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसङ्घले तालाबन्दी गरेको जनाएको छ । तीन महीनादेखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई एकै विश्वविद्यालयमा दुई कुलपति नियुक्ति गरेकाले तालाबन्दीमा उत्रिनुपरेको...
-
२०७५ चैत्र २८, बिहिबार
औषधि बरामद
झापाको दक्षिण सीमावर्ती नाका केचनाकवल पछिल्लो समय भारतीय औषधि नेपाल भित्र्याउने तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । बुधबार पनि नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डको रु ९० हजार मूल्य बराबरको औषधिसहित दुई जनालाई सोही नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट केचनाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय ब्राण्डका ट्रामाडोल हाइड्रो...
-
२०७५ चैत्र २८, बिहिबार
नौ बाजाका वाद्यगुरु रञ्जितकार सम्मानित
नेपाली कला, संस्कृति र बाजाहरुको संरक्षण गर्दै युवा पुस्तालाई वाद्यवादनतर्फ आकर्षित गर्न काठमाडौँ विश्वविद्यालयमा नौ बाजाको प्रशिक्षकका रूपमा कर्म गर्दै आउनुभएका ८४ वर्षीय वाद्यगुरु हरिगोविन्द रञ्जितकारलाई शिक्षक दिवसका अवसरमा भक्तपुरमा सम्मान गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भक्तपुरले ४०औँ शिक्षक दिवसका अवसरमा बुधबार आयोजना गरेको सम्मान तथा नयाँ वर्षको शुभकामना कार्यक्रममा वाद्यवादक तथा...
-
२०७५ चैत्र २८, बिहिबार
एक प्रतिशतले गरीबी घट्छ मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक एक प्रतिशतले गरीबी घटाइने बताउनुभएको छ । आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन समारोहमा मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामी वार्षिक एक प्रतिशतका दरले गरीबी घटाउने उद्देश्यका साथ समृद्धिको अभियानमा अघि बढिरहेका छौँ ।” उहाँले पाँच वर्षभित्र गरीबी दर १३...


