STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र २८, बिहिबार

    महोत्तरीमा २६८ एचआइभी सङ्क्रमित

    महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २६८ पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएका जलेश्वर अस्पताल र नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले यस्तो तथ्याङ्क देखाएका हुन् । सन् २००७ देखि एचआइभी र विभिन्न यौनरोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको जलेश्वर अस्पतालले अहिलेसम्म २१८ सङ्क्रमित भेटिएको जनाएको छ । यसैगरी...

  • २०७५ चैत्र २८, बिहिबार

    केपीएलको दोस्रो संस्करण वैशाख १२ देखि

    कर्णाली प्रिमियर लिग केपीएल को दोस्रो संस्करण वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वीरेन्द्रनगरस्थित कालुन्चोक क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने छ । आयोजकले प्रतियोगितामा सहभागी हुने टिमको नाम छनोट गरिसकेको छ । एकेडेमीका अध्यक्ष जीवन शाहीले तीन विभागीयसहित अन्य प्रतिष्ठित क्लबको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब,...

  • २०७५ चैत्र २८, बिहिबार

    भारतमा लोकसभाको निर्वाचन शुरु

    भारतमा लोकसभाका लागि पहिलो चरणको निर्वाचन बिहीबार शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन ९एनडीए० का तर्फबाट उम्मेदवार हुनुहुन्छ । भारतीय निर्वाचन आयोगका अनुसार, यस पटकका चुनावमा करिब ९० करोड मतदाताले मतदान गर्दैछन् । चुनाव सात चरणमा हुनेछ । जनमत सर्वेक्षणहरुले ६८ वर्षीय प्रधानमन्त्री मोदीप्रति धेरै मानिसले विश्वास देखाएका छन् । तर यस पटक...

  • २०७५ चैत्र २८, बिहिबार

    हिमाल आरोणका लागि ६१६ ले अनुमति पाए

    देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ आरोहीले आरोहण अनुमति पाएका छन् । सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएको पर्यटन बोर्डले जनाएको छ ।  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १२ नेपालीसहित ३०० ले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार बुधबारसम्म ३० समूहका ३०० जनाले सगरमाथा आरोहण अनुमति लिएका हुन् । आरोहण अनुमति लिनेमा नेपालसहित...

  • २०७५ चैत्र २८, बिहिबार

    विपद् जोखिम न्यूनीकरण योजनालाई प्राथमिकता

    जिल्लाको पूर्वीचौकी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरणका योजना नै नपर्ने खबर आइरहेकै बेला यहाँका दुईवटा सायल र आदर्श गाउँपालिकाले वार्षिक योजना तर्जुमा गर्दा विपद् जोखिम न्यूनीकरण योजनालाई प्राथमिकता दिने भएका छन् । वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा सामुदायिक विकास केन्द्र डोटीद्वारा सायल र आदर्श गाउँपालिकामा आयोजना गरिएको विपद् जोखिम न्यूनीकरणसम्बन्धी संवाद कार्यक्रममा जनप्रतिनिधिहरुले आगामी...

  • २०७५ चैत्र २८, बिहिबार

    अपाङग सङ्घको अध्यक्षमा शर्मा निर्वाचित 

    राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको विराटनगरमा सम्पन्न आठौँ महाधिवेशनले मित्रलाल शर्मालाई अध्यक्षमा निर्वाचित गरेको छ । महासङ्घले बुधबार साँझ सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार शर्माले गणेश केसीलाई ११२ मतले पराजित गरी निर्वाचित हुनुभएको हो । सङ्घको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः रमेश लामा, रमा ढकाल, राजु बस्नेत, भावुकजङ्ग थापा र केपी अधिकारी निर्वाचित...

  • २०७५ चैत्र २८, बिहिबार

    सबै राजनीतिक परिवर्तन सहमतिबाटै ः अध्यक्ष दाहाल

    पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताउनु भएको छ । भरतपुर महानगरपालिका–४ लङ्कूमा निर्मित जेम्स वल्र्ड फन पार्कको आज उद्घाटन गर्दै उहाँले राजनीतिक स्थायित्वको स्थिति राष्ट्रिय सहमतिबाटै बन्न सफल भएको बताउनुभयो । राष्ट्रिय सहमतिले मात्रै ठूलाठूला परिवर्तन ल्याउन सकिएको बताउँदै दाहालले...

  • २०७५ चैत्र २८, बिहिबार

    अस्ट्रेलियामा मे १८ मा चुनाव

    अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले मे १८ मा संसदको चुनाव गरिने बिहीबार घोषणा गर्नुभएको छ । यस पटकको निर्वाचनमा सत्तारुढ दलले तेस्रो कार्यकालका लागि प्रयत्न गर्नेछ । सङ्घर्षरत वर्तमान प्रधानमन्त्री मरिसनले चुनाव जित्न निकै मिहिनेत गर्नुपर्ने मतसर्वेक्षणहरुले देखाएका छन् । अस्ट्रेलियाको चुनाव सामान्यतया दुई पार्टीबीच निकै प्रतिस्पर्धी हुने गरेको छ । मत सर्वेक्षणहरुमा लिबरल पार्टीका नेता स्कट...

  • २०७५ चैत्र २८, बिहिबार

    कुखुरा फार्ममा आगलागी

    सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित पञ्चुकाली कुखुरा फार्ममा गए राति आगलगी हुँदा करीब रु सात लाख बराबरको क्षति भएको छ । राति करीब १० बजेतिर भएको आगलागीबाट फार्म तथा फार्ममा रहेका कुखुरा, चल्ला र अन्य सामान जलेर नष्ट भएको फार्मका सञ्चालक डेनोक मोक्तानले जानकारी दिनुभयो । आगलागी कसरी भएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २०७५ चैत्र २८, बिहिबार

    ‘सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम’

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौती र भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम भएको बताउनुभएको छ ।  स्थानीय खरिपाटीस्थित नेपाली सेनाको सैनिक शिक्षालयमा आज भएको नेपाली सेनाका सिसं ५७ अधिकृत क्याडेट र सिसं ४७ पदिक हुद्दा क्याडेट तालीमको आयुक्त पद प्रदान कार्यक्रममा सम्बोधन गर्दै उहाँले  हाम्रो सेनालाई २१ आँै शताब्दीको आधुनिक सेनाका...

  • २०७५ चैत्र २८, बिहिबार

    म्याद नाघेका खाद्यवस्तु नष्ट

    जिल्ला सदरमुकाम सिमकोट बजारमा म्याद गुज्रेका खाद्यवस्तु पाइएपछि एक वर्षपछि बुधबार सिमकोट बजार अनुगमन गरिएको हो । म्याद गुज्रेका खाद्यवस्तुको बिक्री–वितरण भइरहेको जनगुनासो बढेपछि सिमकोट तल्लो बजार र माथिल्लो बजार आसपासका पसल तथा होटलमा अनुगमन गरेर म्याद गुज्रेका खाद्यवस्तु बरामद गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भुजा, मसला, सुर्तीजन्य वस्तु, चियापत्ती, बिस्कुटलगायत खाद्यवस्तु म्याद...

  • २०७५ चैत्र २८, बिहिबार

    प्रधानमन्त्री नेतान्याहु नयाँ सरकार गठनको तयारीमा

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार दक्षिणपन्थी दलहरुसँग मिलेर नयाँ सरकार गठन गर्ने तयारी थाल्नुभएको छ । गत मङ्गलबार सम्पन्न संसद ९नेसेट० को चुनावमा नेतान्याहुको लिकुड पार्टी सबैभन्दा बढी स्थान जितेर पुनः ठूलो पार्टी बनेको थियो । प्रधानमन्त्री नेतान्याहु अब मुलुकको इतिहासमै पहिलो पटक पाँचौं कार्यकालका रुपमा प्रधानमन्त्री बन्न लाग्नुभएको हो । भ्रष्टाचारको आरोपका कारण उदारबादी...

Pages