STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र २८, बिहिबार

    क्षेत्रीय प्रशासन कार्यालय खारेज

    सरकारले सबै क्षेत्रीय प्रशासन कार्यालय खारेज गरी ती कार्यालयअन्तर्गतका सम्पूर्ण स्रोतसाधन, चलअचल सम्पत्ति तथा अभिलेख सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही चैत २१ र २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय प्रशासन...

  • २०७५ चैत्र २८, बिहिबार

    बिजुलीको बाँध र सिँचाइका नहरले माछा घटे

    नेपालमा निर्माण भएका जलविद्युत् आयोजनाका विशाल बाँध र सिँचाइ नहरका कारण माछाको सङ्ख्या द्रुत गतिमा घटिरहेको एक अध्ययनले देखाएको छ । एशियाली विकास बैंक एडिबी नेपाल आवासीय कार्यालयले दुई वर्ष लगाएर गरेको अध्ययनअनुसार नेपालका विभिन्न नदीमा निर्मित एवं निर्माणाधीन जलविद्युत् आयोजनाका बाँध र सिँचाइ परियोजनाका कारण जलचरको सङ्ख्या ह्वात्तै घटेको छ । कालीगण्डकी, मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, कुलेखानी,...

  • २०७५ चैत्र २८, बिहिबार

    पिके डाँडा ः  नजीकै देखिन्छ आठ हजार मिटरमाथिका हिमाल

     सगरमाथा रहेको तथा मनोरम हिमशृङ्खला र उच्च पर्वतीय क्षेत्र सोलुखुम्बु जिल्लाको पर्यटकीय महत्व बोकेको पिके हिल प्रकृतिले दिएको अनुपम उपहार हो । आठ हजार मिटरमाथिका छ हिमशृङ्खलालाई नजीकबाट नियाल्न सकिने पिके डाँडा स्थानीय शेर्पा समुदायको रहनसहन तथा दृष्यावलोकनका हिसाबले अति नै महत्वपूर्ण छ । समुद्र सतहबाट चार हजार ७० मिटरको उचाइमा रहेको उक्त डाँडासहित आसपासका क्षेत्र समेटेर पर्यटन प्रवद्र्धन गर्न...

  • २०७५ चैत्र २७, बुधबार

      संस्कृति संरक्षणमा जोड 

    गुरुङ समुदायले मङ्गलबार आफ्नो सांस्कृतिक पर्व टहोटेँ उल्लासमय वातावरणमा मनाएका छन् । प्रत्येक वर्ष साउन र चैत महीनाको अन्तिम मङ्गलबार सामूहिक रुपमा मनाउने गरिएको यस पर्वको अवसरमा गुरुङ समुदायको साझा संस्था ‘तमु धि’को आयोजनामा विरौंटाबाट गाजाबाजा र झाँकीसहित शुरु भएको ¥याली पोखरा बजारको मुस्ताङचोक, पृथ्वीचोक हुँदै तमु धिको भवनमा पुगेर सभामा परिणत भयो । सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री...

  • २०७५ चैत्र २७, बुधबार

    जेठ १७ देखि तातोपानी नाका सञ्चालनमा आउने

    भूकम्पपछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माण भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको टोलीले मङ्गलबार नाका क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् । एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका...

  • २०७५ चैत्र २७, बुधबार

    ‘दुराडाँडा महोत्सव’ नयाँ वर्षमा

    शैक्षिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको लमजुङ दुराडाँडामा ‘ऐतिहासिक दुराडाँडा महोत्सव–२०७६’ हुने भएको छ । दुराडाँडा सेवा समाज र दुरा सेवा समाजको मुख्य आयोजनामा ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न वैशाख १ देखि ३ गतेसम्म उक्त महोत्सव गर्न लागिएको हो । महोत्सव समितिले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी विसं २००६ मा उच्च जातिले हलो जोतेर ‘हलो क्रान्ति’...

  • २०७५ चैत्र २७, बुधबार

    भक्तपुरमा फेरि बर्डफ्लु

    सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ । दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति कुखुरा मारिएको छ । फार्म सञ्चालक मधुराम न्यौपानेको कुखुरा फार्ममा ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पाइएपछि गए राति दुई हजार २०० ब्रोइलर कुखुरा नष्ट गरिएको छ । फार्ममा रहेका कुुखुरामा...

  • २०७५ चैत्र २७, बुधबार

    भग्नावशेषभित्र पुरिएको पीडा– आश भने जिउँदै

     निर्धन उत्थान लघुवित संस्था कलैयाबाट रु दुई लाख ऋण लिएर छोरीको विवाह गर्ने सपना बोकेका कलैया उपमहानगरपालिका–१३ बलीरामपुरका वीरबहादुर कानुको चैत १७ गते आएको हावाहुरीबाट त्यो सपना चकनाचुर भयो  ।  कानुले लिएको ऋणबाट छोरीलाई बेहुली बनाउन डेढ तोला सुनको टीका, नाकको फुली, नथियाजस्ता गहना बनाएर राखेको घर हावाहुरीसँगै भत्किँदा उनको त्यो सपना त्यही भग्नावशेषमा पुरिन गयो । भत्किएको त्यो भग्नावशेषमा उनले...

  • २०७५ चैत्र २७, बुधबार

    म्याग्दीका सबै तहमा नेकपाको एकता कमिटी

    नेपाल कम्युनिष्ट पार्टी नेकपाले मङ्गलबार म्याग्दीका छ वटै स्थानीय तह र वडामा एकीकृत कमिटी गठन गरेको छ । चार पालिकासहित २८ वडामा पूर्वएमाले र दुई पालिकासहित १७ वडामा पूर्वमाओवादी केन्द्रका नेताको नेतृत्वमा कमिटी गठन भएको हो । अध्यक्ष र सचिवमा पहिलेका फरक–फरक पार्टीका नेतालाई चयन गरिएको नेकपाका जिल्ला संयन्त्र सदस्य गोविन्द पौडेलले बताउनुभयो । “पालिकाको नेतृत्व अनुमोदनका लागि प्रदेशमा सिफारिश गरेका...

  • २०७५ चैत्र २७, बुधबार

    आँखा शिविरवाट एघार सय लाभान्वित

    बैतडीको सुर्नया गाउँपालिकाको विभिन्न स्थानमा जारी निःशुल्क आँखा शिविरवाट एक हजार १०० बढी नागरिक लाभान्वित भएका छन् । सतबाज, मोतीनगर र रौलेश्वरमा सम्पन्न निःशुल्क आँखा शिविरवाट एक हजार ११८ ले सेवा लिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो । जसमा १४७ को मोतीविन्दुको समस्या देखिएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ । शल्यक्रियाका लागि पनि गाउँपालिकाले केही दिनमै निःशुल्क...

  • २०७५ चैत्र २७, बुधबार

    आलेख नजिकिँदै आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता 

     घरेलु खेलकूदको कुम्भ मेला नजिकिँदै छ । नेपालगञ्जलाई केन्द्र बनाएर आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताले खेलाडी, खेलप्रेमी र आमनागरिकलाई उत्साहित बनाएको छ । खेलकूदको यो कुम्भ मेलाले खेलप्रेमी र खेलाडीलाई मात्र नभई सिङ्गो देशलाई खेलकूदमय बनाइदिएको छ । भव्यता र व्यापकताका हिसाबले मुलुकभित्र हुने आठौं संस्करणको यो प्रतियोगिताले खेल जगत्लाई चलायमान बनाउने र नयाँ गति दिने विश्वास गरिएको छ...

  • २०७५ चैत्र २७, बुधबार

    रात्रिबस दुर्घटना, २३ घाइते एकको अवस्था गम्भीर

    मङ्गलबार राति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा २३ घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना४ख ६८३६ नंको बस राति २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी धनघाट नजिकमा दुर्घटना हुँदा २३ घाइते भएका छन् । घाइतेमध्ये २२ को अवस्था सामान्य रहेको छ भने एक गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई थप उपचारका लागि धनगढी...

Pages