STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र २७, बुधबार

    चैते दशैँ र नयाँ वर्षको प्रभाव पोखरादेखि मुस्ताङसम्म

    नयाँ वर्ष २०७६ नेपालीका घरआँगनमा भित्रँदै गर्दा यही समयमा परेको चैते दशैँ समेतको प्रभाव यतिखेर पोखरादेखि मुस्ताङसम्म परेको छ । विद्यार्थीको एक शैक्षिक वर्ष समाप्त भई अर्को शुरु हुने अवस्थाका साथै कार्यालयमा वर्षको बचेका बिदासमेतको उपयोग गर्ने आन्तरिक पर्यटकका कारण पोखरादेखि मुस्ताङसम्म नै चहलपहल बढाएको हो । विशेषतः चैतको अन्तिमतिर दुई÷चार दिन बिदा समय मिलाएर पोखरा घुम्नकै लागि देशका विभिन्न...

  • २०७५ चैत्र २७, बुधबार

    इजरायली प्रधानमन्त्री नेतान्याहुको दल विजयी – सञ्चार माध्यम

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पाँचौं पटक प्रधानमन्त्री हुने सम्भावना रहेको इजरायली सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टीले सोमबार सम्पन्न आमनिर्वाचनमा सबैभन्दा बढी स्थानमा जितेर ठूलो पार्टी बनेको छ । तर नेतान्याहुले पूर्ण बहुमत सहितको सरकार गठन गर्न साना दलसँग सहकार्य गर्नुपर्ने अवस्था देखिएको छ । भ्रष्टाचारको आरोप खेपिरहेका ६९ वर्षीय वरिष्ट नेता...

  • २०७५ चैत्र २७, बुधबार

    वालिङ र छाता संस्था नेपालबीच सम्झौता

    स्याङ्जाको वालिङ नगरपालिका र छाता संस्था नेपालबीच मङ्गलबार सम्झौता भएको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख दिलीपप्रताप खाँण र छाता संस्था नेपालका तर्फबाट अध्यक्ष मेघ आलेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।  छाता संस्था नेपालले नगरपालिकामा ७५ बालबालिकालाई छात्रवृत्ति वितरण, ५० घर परिवारलाई आय आर्जनमूलक कार्यक्रमसम्बन्धी सहयोग, दुई वटा विद्यालयको विद्यालय वातावरण र शिक्षकको सीप अभिवृद्धिका लागि समुदाय...

  • २०७५ चैत्र २७, बुधबार

    सरकारले बनाएका घरले गाउँकै मुहार फेरियो

    कुनै बेला घिचिमिची तथा जताततै फोहर देखिने जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला तथा राजपुरस्थित ढोलपडा गाउँ हिजोआज निकै भिलिमिली र सफासुग्घर देखिन थालेको छ । झट्ट हेर्दा पर्यटकीयबस्ती जस्तो देखिने उक्त गाउँमा नेपाल सरकारको जनता आवास कार्यक्रमले स्थानीयवासीका घरनिर्माण गर्दा रमाइला देखिएका हुन् । गाउँभरीमा एकै नासका घर र एकै रङ्गका जस्तापाताले छाउँदा गाउँनै रमाइलो देखिएको राजपुरका बासिन्दा...

  • २०७५ चैत्र २७, बुधबार

    भारतमा भोलि मतदानः कसले जित्ला चुनाव

    भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हँुदैछ । निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ । तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन । तर यतिबेला भने सारा भारतीयहरु प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका...

  • २०७५ चैत्र २७, बुधबार

    भक्तपुरमा आजबाट बिस्केटजात्रा शुरु

    भक्तपुरमा आजबाट बिस्केटजात्रा शुरु नयाँवर्षको आगमनसंँगै शुरु हुने तान्त्रिक महत्व बोकेको यहाँको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केटजात्रा आजदेखि भव्य रुपमा मनाइँदैछ । आज बिहान भैरबनाथको पूजा भएसँगै शुरु हुने यो जात्रामा दिउँसो स्थानीयवासीको पूजा सकिएर गुठी कार्यालयले ल्याएको सरकारी पूजा सकिएपछि रथ तानेर जात्रा शुरु भएको गुठी संस्थानका प्रमुख हरिप्रसाद सुवेदीले...

  • २०७५ चैत्र २७, बुधबार

    स्थानीय पाठ्यक्रममा बिपीदेखि विकलसम्म 

    शैक्षिक सत्र २०७६ देखि नै लागू गर्ने गरी गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम पारित गरेको छ । नगरपालिकाका आधारभूत तहका शिक्षण संस्थामा लागू गर्नेगरी कार्यपालिकाको बैठकले पाठ्यक्रम स्वीकृत गरेको प्रवक्ता एवं वडाध्यक्ष मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो ।  नगरपालिकाभरका सबै विद्यालयले एउटा विषय स्थानीय पाठ्यक्रमका पाठ्यपुस्तक समावेश गर्नुपर्नेछ । पाठ्यक्रम पारित गरी पाठ्यपुस्तक छाप्न दिइएको...

  • २०७५ चैत्र २७, बुधबार

    उत्कृष्ट विद्यालयलाई प्रोत्साहन गरिने

    ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइई मा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिका क्षेत्रभित्रबाट बढी नम्बर ल्याएर एसइई पास गर्ने विद्यार्थीलाई उच्च शिक्षाका लागि प्रोेत्साहनस्वरुप रु १० हजार र विद्यालयलाई थप हौसलास्वरुप रु एक लाख दिने भएको हो । शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले उत्कृष्ट विद्यार्थी र विद्यालयलाई...

  • २०७५ चैत्र २७, बुधबार

    यौन दुव्र्यवहार गर्नेलाई कैद

    उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाकाको दमौटीमा एक तीन वर्षीय बालिकामाथि यौन दुव्र्यवहार गर्ने स्थानीय १५ वर्षीय बालकलाई जिल्ला अदालत उदयपुरले नौ महीनाको जेलसजाय फैसला गरेको छ । मङ्गलबार जिल्ला न्यायधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका यौन दुव्र्यवहार गर्ने १५ वर्षीय बालकलाई नौ महीनाको जेलसजाय फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताउनुभयो । विसं २०७५ भदौ ३० गते...

  • २०७५ चैत्र २७, बुधबार

    ‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ वैरागी काइँलालाई 

    यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ नेपाल प्रज्ञाप्रतिष्ठनका पूर्व कुलपति वैरागी काइँलालाई प्रदान गरिने भएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकलाई प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष उहाँलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले जानकारी दिनुभयो । सम्मानको राशि रु एक लाख रहेको छ । त्यसैगरी रु...

  • २०७५ चैत्र २७, बुधबार

    दुर्गम बस्तीमा खानेपानीको समस्या

    दलित र जनजाती समुदायको बाहुल्यता रहेको बारेकोट गाउँपालिका–२ रोकायगाउँमा वर्षेनी खानेपानीको समस्या भए पनि समाधान हुनसकेको छैन् । करीब ३५० घरपरिवार रहेको सो गाउँमा खानेपानीका लागि पटक÷पटक आवाज उठाए पनि सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । स्रोत तथा मुहान अभावमा उक्त वडाको रोकायगाउँ, विउरी, मुग्रेगाउँ, गैरागाउँ, अएर्न, भुरारा, ढाडदारा, लिम्सा, बुढागाउँलगायत टोलका स्थानीयवासी समस्यामा परेका छन् ।...

  • २०७५ चैत्र २७, बुधबार

     ‘पाँच वर्षमा सुकुम्वासी समस्या समाधान हुने’ 

    गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले अबका पाँच वर्षमा सबै सुकुम्वासीले लालपूर्जा भएको जग्गा पाउने बताउनुभएको छ । राष्ट्रिय भूमी अधिकार मञ्च कास्कीको आयोजनामा पोखरामा गरिएको नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भूमीहीन जनताले पाँच वर्षभित्र सबैले लालपूर्जा पाउने गरी सरकारले कार्य गरिरहेको बताउनुभयो ।  राष्ट्रिय भूमी अधिकार मञ्चका केन्द्रीय संरक्षक ल्यामबहादुर...

Pages