-
२०७५ चैत्र २७, बुधबार
अस्ट्रेलियामा ज्यालावृद्धिको माग गर्दै दशौं हजारको जुलुस
अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी भएका छन् । आगामी मे महिनामा हुन लागेको संसदको चुनावलाई पनि लक्षित गरी भएको उक्त प्रदर्शनका कारण मेलबोर्न शहरको सार्वजनिक यातायात ठप्प भएको थियो । विपक्षी लेबर पार्टीले मजदूरको ज्यालामा सामयिक सुधार गर्ने भन्दै चुनाव प्रचार गरिरहेको छ । पार्टीसँग आबद्ध मजदूर युनियनले अस्ट्रेलियालीको...
-
२०७५ चैत्र २७, बुधबार
दलाई लामा अस्पताल भर्ना
भारतमा निर्वानमा रहनु भएका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना हुनु भएको छ । उहाँको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने लामाका नजिकैका नातेदारले बताउनुभएको छ । उहाँलाई केही दिनमा नै अस्पतालबाट घर लैजाने लामाका निजी प्रवक्ता तेन्जिन ताक्लाले एएफपी समाचार समितिलाई बताउनुभएको छ । ८३ वर्षीय दलाई लामालाई छातीमा...
-
२०७५ चैत्र २७, बुधबार
स्थायी राजधानी कपिलवस्तु बनाउन प्रयास
कपिलवस्तुका राजमार्गस्थित तीन स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानको अगुवाइमा बु्द्धभूमिको गोरुसिंँगेमा भएको छलफलमा सहभाागी कपिलवस्तुका सबै तहका प्रमुख उपप्रमुखसहितको छलफलमा उहाँहरुले त्यस्तो प्रतिबद्धता जनाउनुभएको हो । प्रदेश राजधानीका लागि रुपन्देही र दाङबीच...
-
२०७५ चैत्र २७, बुधबार
राप्रपा महामन्त्री लिङ्देनलाई ‘ज्यान मार्ने धम्की’
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले आफूलाई ज्यान मार्ने धम्की आएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी सांसद लिङ्देनले यही चैत ७ गतेदेखि आफूलाई निरन्तर ज्यान मार्ने धम्की आएको जिकिर गर्नुभयो । “चैत ७ गतेदेखि निरन्तर मलाई थ्रेट आइरहेको थियो”, उहाँले भन्नुभयो, “कहिले शुभचिन्तक हुँ भन्दै म्यासेज आयो, कहिले तँलाई मार्ने मैले सुपारी लिएको छु भन्दै हिन्दी...
-
२०७५ चैत्र २७, बुधबार
पाटनमा रातो मत्स्येन्द्रनाथको रथको तयारी शुरु
सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राका लागि रथ बनाउने तयारी शुरु गरिएको छ । रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेको छ भने आवश्यक सामग्रीको निर्माण भइरहेको छ । मछिन्द्रनाथको जात्रा सम्पन्न गर्न धेरै समुदायको सहभागिता हुन्छ । काठ काट्ने, काठबाट आवश्यक सामग्री बनाउने र रथ बनाउने काम फरक÷फरक जातीको हुने गुठी संस्थानका प्रमुख सैलेन्द्र पौडेलले बताउनुभयो । काठ काट्ने जिम्मेवारी...
-
२०७५ चैत्र २७, बुधबार
३४ स्थानका सुन्तलामा हुवाङलोङबिङ
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट ले गत वर्ष नेपालका १६५ स्थानबाट सुन्तला जात फलफूलको नमूना सङ्कलन गरी परीक्षण गर्दा ३४ स्थानका फलफूलमा लाग्ने रोग अर्थात् क्यान्सर हुवाङलोङबिङ एचएलबी भेटेको छ । एचएलबी विशेष गरी अमिला सिट्रस अर्थात् सुन्तला जातका फलफूल जुनार, सुन्तला, कागती, निबुवा, मौसम, ज्यामिर, भोगटे, बिमिरो र नास्पातीमा लाग्ने ब्याक्टेरिया जस्तै जीवाणु भएको नाष्टका विज्ञले...
-
२०७५ चैत्र २७, बुधबार
शेयर बजारमा सामान्य सुधार
मङ्गलबार दोहोरो अङ्कले गिरावट आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३।५२ विन्दुले बढेर एक हजार १८४।६१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०।७३ विन्दुले बढेर २५३।५८ विन्दुमा पुगेको छ । कूल १६९ कम्पनीका १६ लाख १२ हजार ३९६ कित्ता शेयर रु ४१ करोड चार लाख ९४ हजार ६३२ मा खरीद बिक्री...
-
२०७५ चैत्र २७, बुधबार
नारायणहिटीका बहुमूल्य आखेटोपहार कुहिँदै
नारायणहिट सङ्ग्रालयमा संरक्षण अभावमा बहुमूल्य जनावरका आखेटोपहार९छाला०कुहिन थालेका छन् । सङ्ग्रालयको फरासखानामा रहेका प्रतिबन्धित ती छाला कुहिएर गन्हाउने अवस्थामा पुगेका छन् । विसं २०६५ यता ती बहुमूल्य जनावरका छाला प्रयोगविहीन भएपछि संरक्षणको अभावमा कुहिन थालेका हुन् । सङ्ग्रालयभित्रकै एउटा घरमा बाघ, मृग, जरायो, चित्तल, भालु, गैँडालगायतका जनावारका बहुमूल्य छाला त्यतिकै राखिएका छन् । छालालाई...
-
२०७५ चैत्र २६, मंगलबार
कामपामा विद्यार्थी भर्ना अभियान
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगामी वैशाख २ देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयबाहिर रहेका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले अभियान शुरु गर्न लागिएको कामपाको शिक्षा विभागले जनाएको छ । विभागले आज यहाँ आयोजना गरेको सकारात्मक सोच विकास र गुणस्तरीय शिक्षासम्बन्धी अभिमुखीकरण विभागका शिक्षा अधिकारी निर्मला केसीले वैशाख २ देखि १४ गतेसम्म भर्ना अभियान...
-
२०७५ चैत्र २६, मंगलबार
काङ्ग्रेसको भविष्य सङ्कटमा
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काङ्ग्रेसभित्र अहिले चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको बताउनुभएको छ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन ९जिपी फाउण्डेशन० को नयाँ कार्यालय स्थापनाको अवसरमा उहाँले पार्टीको मूल नेतृत्वकर्ताहरु नै अहिले विभिन्न गुटउपगुटमा लागेका कारण केन्द्रदेखि जिल्ला–जिल्लासम्म काङ्ग्रेस साह्रै कमजोर...
-
२०७५ चैत्र २६, मंगलबार
विद्युत्को समयानुकूल महसुल तय गर्ने तयारी
औद्योगिक करिडोरमा समेत विद्युत्भार कटौतीको अन्त्य भइसकेको अवस्थामा उद्योगलाई समेत समयानुकूल विद्युत् महसुल दर लागू गर्ने तयारी गरिएको छ । विगतमा विद्युत्भार कटौती हुँदा उद्योगलाई पूर्ण क्षमतामा चलाउन बढी शुल्क तिरेर उद्योगले विद्युत् लिने गरेका थिए । घरायसी ग्राहकलाई अँध्यारोमा राखेर नेपाल विद्युत् प्राधिकरणले उद्योगलाई विद्युत् दिएको भन्दै चर्को आलोचनासमेत भएको थियो । गत वैशाखदेखि औद्योगिक...
-
२०७५ चैत्र २६, मंगलबार
साझाको ‘इ–टिकेटिङ’ मा यात्रु आकर्षित
साझा यातायातले शुरु गरेको ‘इ–टिकेटिङ’ प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ । ‘इ–टिकेटिङ’ बुझेका यात्रु सो सेवाप्रति आकर्षित भइरहेको साझाले जनाएको छ । परीक्षणका रूपमा साझाले दुई साता पहिले इ–टिकेटिङ शुरु गरेको थियो । भाडाका लागि दैनिक रकम तिर्नुका साटो कार्ड खरीद गरेर भाडा तिर्न सजिलो हुने साझाले जनाएको छ । परीक्षणका लागि पुल्चोकस्थित कार्यालय वा बसका सहचालक लगायतका कर्मचारीमार्फत...


