-
२०७५ चैत्र २६, मंगलबार
९८० मा एचआइभी सङ्क्रमण
जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ । जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्कअनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै ९पहिचान भएका० ९८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो । सङ्क्रमितमध्ये महिलाको सङ्ख्या ५७० रहेको छ भने ३६० पुरुष रहेका छन् । त्यस्तै पचास बालबालिका एचआइभी सङ्क्रमण रहेको पाइएको छ । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधि उपचार गराउन आउनेको...
-
२०७५ चैत्र २६, मंगलबार
चार हजार २०० मिटर उचाइमा म्याराथन दौड
ओखलढुङ्गामा आयोजित पिके–देम्बा हाफ म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङ र प्यूठानकी हुमी बुढा मगरले जित्नुभएको छ । करीब चार हजार २०० मिटर उचाइमा रहेको सोलुखुम्बुको पिकेदेखि ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लाका भीमबहादुर गुरुङ र महिलातर्फ प्यूठान जिल्लाकी हुमी बुढामगर प्रथम हुनुभएको हो । एक्काइस किलोमिटरको दूरी गुरुङले एक घण्टा ४९ मिनेट र बुढामगरले दुई घण्टा...
-
२०७५ चैत्र २६, मंगलबार
चट्याङ लागेर एकको मृत्यु, १६ घाइते
सोमबार राति चट्याङ लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले चट्याङ लागेर अछामको पञ्चदेवल विनायक नगरपालिका–७ बस्ने प्रसाद रावलको छोरा अन्दाजी १४ वर्षीय जनकको मृत्यु भएको जानकारी दिनुभयो । राति घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको मृत्यु भएको हो । मृतक जनकको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने...
-
२०७५ चैत्र २६, मंगलबार
पश्चिमी वायुको प्रभावले पुन वर्षा
पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । अहिले पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र वर्षा भइरहेको मौसमविद् बासीले भन्नुभयो । आज देशभरि नै...
-
२०७५ चैत्र २६, मंगलबार
सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का
सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो । यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर...
-
२०७५ चैत्र २६, मंगलबार
अग्निपीडित शेरचनलाई २५ लाख सहयोग
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ जुग्जाका अग्निपीडित चेतनारायण शेरचलाई प्रवासी म्याग्देलीले रु २५ लाख आर्थिक सहयोग गरेका छन् । बेलायतमा कार्यरतÞ रेशम शेरचनको संयोजकत्वमा बेलायत, कोरिया, जापान, अमेरिका र अष्टे«लियामा कार्यरत नेपालीबाट सङ्कलन गरिएको रु २५ लाखमध्ये ६ लाख ५० हजारमा किनेको नयाँ घरसहित बाँकी रकम गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरमार्फत पीडित शेरचन र उहाँका आफन्तलाई...
-
२०७५ चैत्र २६, मंगलबार
आलेख ः ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने प्रयास
दिनहुँ जसो चोक परिवर्तन, समय उस्तै उस्तै । नेपालगञ्ज बजारमा सवारी हाँकिरहेका चालकहरू भने अनौठो मानिरहेका हुन्छन् । कहिले पुप्पलाल चोक, कहिले धम्बोझी चोक त कहिले बी पी चोक । कहिले साँझ त कहिले बिहान । काठमाडाँैंका व्यस्त चोकहरूको ट्राफिक व्यवस्थापन जस्तै झल्को दिने गरी ट्राफिक व्यवस्थापनलाई तालीममा रहेका ट्राफिक प्रहरीले सघाइरहेका छन् । बाँकेमा सवारी साधनको सङ्ख्या बढिरहेकाले ट्राफिक व्यवस्थापन...
-
२०७५ चैत्र २६, मंगलबार
खाद्यान्नभन्दा मदिरा धेरै बिक्छ कलेनामा
दीपायल सिलगढी नगरपालिका वडा नं ९ लाई बत्तीमुनिको अँध्यारो क्षेत्रका रुपमा चिनिन्छ । जिल्ला सदरमुकाममै रहेको भए पनि वडा नं ९ सामाजिक चेतनाको विकास नभएकै कारण सबैभन्दा पछि परेको छ । थुप्रै सरकारी र गैर–सरकारी संस्थाहरुले कार्यक्षेत्र बनाएर लगानी गरे पनि त्यो ठाउँको अपेक्षित विकास हुन सकेको छैन । साविकको कलेना गाविसका रुपमा रहेको त्यो क्षेत्र मुख्यतया मदिराले मस्त रहने क्षेत्र हो । तुलनात्मक रुपमा...
-
२०७५ चैत्र २६, मंगलबार
पेप्सीकोला सल्लाघारी सडकमा १२ प्रतिशत मात्रै
पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको भौतिक प्रगति ठेक्का सम्झौता भएको दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । बाहखा बजारबाट सल्लाघारीतर्फका घर भत्काउनुपर्ने भए पनि स्थानीयवासीको अवरोधका कारण नसकिएको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । काठमाडौँ उपत्यका नगर विकास...
-
२०७५ चैत्र २६, मंगलबार
गाईपालनमा रमाउँदै बुढाथोकी
दाङको तुलसीपुर उपमहानगरपालिका–८ दूधेनाका ४३ वर्षीय शशीराम बुढाथोकीले व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल उद्यमीको पहिचान बनाउन सफल हुनुभएको छ । विगत १० वर्षदेखि पशुपालन पेशा अँगालेका बुढाथोकीले अहिले आफ्नो परिवारका तीन सदस्यसहित गाईपालनमा रमाउनुभएको छ । आफ्नो परिवार मात्र नभएर उहाँले अरू दुई स्थानीयवासीलाई पनि रोजगारी दिनुभएको छ । बुढाथोकी पशुपालन पेशाबाट सन्तुष्ट हुनुहुन्छ । उहाँ...
-
२०७५ चैत्र २६, मंगलबार
मानवअधिकारको उपभोग चुनौतीपूर्ण
राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा मानवअधिकारको उपभोगमा अझै पनि चुनौती कायम रहेको पाइएको बताएको छ । आयोगले ती जिल्लामा गरेको अनुगमनमा त्यहाँका नागरिकले राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित हुँदै मानवअधिकारको उपभोगमा अझै पनि चुनौती कायम रहेको पाइएको आयोगका सचिव वेद भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । आयोगका सचिव भट्टराईसहितको टोलीले गत चैत १७...
-
२०७५ चैत्र २६, मंगलबार
सबै सांस्कृतिक घटकलाई समेट्दै प्रलेस
प्रगतिशील लेखक सङ्घको नवनिर्वाचित नेतृत्वले हालै सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनमा सहभागी भएका र नभएका सांस्कृतिक घटकका नेतृत्वसँग परामर्श गरी एकीकृत र प्रभावकारी प्रलेस निर्माणमा लाग्ने जनाएको छ । एकीकृत प्रलेस निर्माणका लागि पहलकदमी गर्ने सम्मेलनले दिएको कार्यादेशबमोजिम नेतृत्वले सो पहल गर्ने नवनिर्वाचित अध्यक्ष डा जीवेन्द्रदेव गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रगतिशील साहित्यिक क्षेत्रलाई...


