-
२०७५ चैत्र २६, मंगलबार
गुलरियाको चमक हराउँदै
साठी जनसङ्ख्या रहेको गुलरिया नगरपालिकामा ७५ प्रतिशत ग्रामीण क्षेत्र पर्छ । उद्योग कलकारखानासमेत नरहेको सदरमुकाम गुलरियालाई बबई नदीको कटान र वर्षेनी आउने बाढीले सताउने गरेको छ । स्थानीय तहमा कार्यालय स्थानान्तरण हुँदै गएपछि गुलरियाको चमक हराउँदै गएको छ । सुनसान र उराठ देखिन थालेको गुलरियामा व्यापारिक कारोवार प्रभावित भएको छ । गाउँगाउँबाट आउने सेवाग्राहीले स्थानीय तहबाटै सेवा पाउन थालेपछि...
-
२०७५ चैत्र २६, मंगलबार
प्रविधिमा आधारित नमूना कक्षा सञ्चालन
पोखरा महानगरपालिका– ३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयले प्रविधिमा आधारित नमूना कक्षा सञ्चालन गर्ने भएको छ । विभिन्न सामुदायिक विद्यालयमा नवीनतम् प्रविधिको अभावका साथै गुणस्तरीयता कायम हुन नसकेको लगायतका कारणबाट विद्यार्थी घटिरहेका वेलामा विद्यार्थी तथा अभिभावकको मन जितेको यस विद्यालयले प्रविधिलाई आत्मसात गर्दै नमूना कक्षा सञ्चालनको तयारी गरेको हो । विद्यालयमा नयाँ शैक्षिक वर्षका लागि...
-
२०७५ चैत्र २६, मंगलबार
इजरायलमा संसदको निर्वाचन, नेतान्याहूको अग्निपरीक्षा
इजरायलमा मङ्गलबार १२० सदस्यीय संसद ९नेसेट० का लागि चुनाव हुँदैछ । चार पटक प्रधानमन्त्री रहिसक्नुभएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि यसपटक चुनावी मैदानमा हुनुहुन्छ । भ्रष्टाचारको आरोपका कारण विवादमा तानिनुभएका प्रधानमन्त्री नेतान्याहूलाई पूर्व सैनिक प्रमुख बेन्नी गान्जले यस पटकको चुनावमा कडा चुनौती दिने अनुमान गरिएको छ । तर राजनीतिमा त्यति अनुभव नभएका पूर्व सैनिक प्रमुखलाई बेन्जामिन...
-
२०७५ चैत्र २६, मंगलबार
खेलाडीलाई सेकुवा
नेपालगञ्जको पहिचान र विशेषता आफ्नै खालको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो र २०० वर्ष पुरानो शहर हो नेपालगञ्ज । सामाजिक र धार्मिक सद्भावको सफल उदाहरण पनि हो नेपालगञ्ज । नेपालगञ्ज बागेश्वरी मन्दिर, नेपालकै एक मात्र जुङ्गे महादेवको मूर्ति, गुरुद्वारा, जामा मस्जिद, बौद्ध गुम्बा भएको शहर हो । नेपालगञ्ज नेपालमै नहुने मौसम बोकेको शहर पनि हो । गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडोको शहरका रुपमा चिनिन्छ...
-
२०७५ चैत्र २६, मंगलबार
आठौँ खेलकूदलाई गर्मीको चुनौती
पश्चिम तराईमा गर्मी शुरु भइसकेको छ । यहीबेला राष्ट्रिय खेलकूद परिषद्ले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता नजिकिँदै गर्दा यहाँको गर्मीले पनि आफ्नो ताप क्रमशः बढाइरहेको छ । प्रतियोगिता शुरु हुन एकसाता बाँकी छ । गर्मी शुरु भइसकेपछि प्रतियोगिता आयोजना गरिएको छ । तराईमा दिनप्रतिदिन गर्मी बढिरहेको छ । राखेपले त्यही गर्मीमा प्रतियोगिता किन आयोजना गर्दैछ भन्ने चर्चा शुरु भएको...
-
२०७५ चैत्र २६, मंगलबार
अफगानिस्तानका बम विस्फोट, अमेरिकी सहित पाँच जनाको मृत्यु
पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार बम आक्रमणमा ज्यान गुमाउनेमा तीन अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक आतङ्ककारी समूहका सदस्य रहेका छन् । बाग्राम हवाई अखाडा नजिकै सोमबार साँझ भएको यस आक्रमणमा घाइते भएका अन्य अमेरिकी सैनिकलाई...
-
२०७५ चैत्र २६, मंगलबार
विप्लवका चार कर्यकर्ताद्वारा आत्मसमर्पण
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुँवर र...
-
२०७५ चैत्र २६, मंगलबार
जब साँझ पर्छ, अनि थिमि नाच्छ
हरेक दिन साँझ परेपछि थिमि नुगु पुखु ः अर्थात् दुई पोखरी क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल र रौनक थपिन्छ । हरेक दिन साँझ ६ बजे घरभित्र छिरेकाहरु पनि विस्तारै बाहिर निस्कँदै नुगु पुखुतर्फ आउँछन् । मध्यपुरथिमि नगरपालिका ४ नुगु पुखुमा केही बेरमै झिलिमिली बत्ती बल्छन् । अनि नेवारी बाजाका रुपमा अति प्रख्यात धिमे बाजाको आवाज सुनिन्छ । ठूलो पर्दामा धिमेको आवाजमा एक पुरुष र एक महिलाको आकृति नाचेको...
-
२०७५ चैत्र २६, मंगलबार
कोरियामा सन् २०२१ देखि माध्यमिक शिक्षा निःशुल्क
दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी ९डिपी० बीच माध्यमिक शिक्षा निःशुल्क गर्न मङ्गलबार सहमति भएको हो । यसका निम्ति, अधिकारीहरुले विद्यालय शिक्षालाई सन् २०२१ सम्ममा निःशुल्क गर्ने गरी आगामी शैक्षिक सत्रदेखि आवश्यक प्रक्रिया शुरु गर्ने जनाएका छन् । हाल दक्षिण कोरियाले प्राथमिक र निम्न...
-
२०७५ चैत्र २६, मंगलबार
फ्रान्सेली बैंकद्वारा एक हजार ६०० कर्मचारी कटौती गर्ने घोषणा
फ्रान्सको ठूलो बैंक सोसाइटी जनरलले विश्वका विभिन्न भागमा कार्यरत एक हजार ६०० कर्मचारी कटौती गर्ने मङ्गलबार घोषणा गरेको छ । दुईवटा पुनर्संरचना योजना कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारी कटौती गरिएको बैंकले जनाएको छ । बैंकले फ्रान्समा कार्यरत ७५० कर्मचारी कटौती गर्नेछ । अन्तर्राष्ट्रिय बैंकिङ र वित्तीय सेवामा “नाफामुलक र दिगो वृद्धि”लाई सुनिश्चित गर्ने सोसाइटीको मुख्य लक्ष्य रहेको छ । फ्रान्समा...
-
२०७५ चैत्र २६, मंगलबार
स्वास्थ्य सेवा प्रभावित
आदर्श गाउँपालिका वडा नँ १ चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको स्थानीयवासी दीपकबहादुर खड्काले जानकारी दिनुभयो । एकतले भवन रहेको उक्त कार्यालय हावाहुरीले उडाउँदा कार्यालयमा भएका स्वास्थ्य जाँच गर्ने उपकरण तथा औजारमा पनि क्षति हुनाका साथै केही उपकरण पनि...
-
२०७५ चैत्र २६, मंगलबार
स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्छः अर्थमन्त्री डा खतिवडा
अर्थमन्त्री डा युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बताउनुभएको छ । सामुदयिकस्तरबाट सञ्चालित नेपाल आँखा अस्पतालको ४५आँै वार्षिकोत्सवमा उहाँले सबै जनतालाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गरीबीको रेखामुनि रहेका जनता कति छन्, यकिन तथ्याङ्क आउन लागेको छ, सो आएपछि उहाँहरुको...


