-
२०७५ चैत्र २६, मंगलबार
आँधीपीडितलाई इक्यानको सहयोग
नेपाल शैक्षिक परामर्श सङ्घ इक्यान ले बारा र पर्साका आँधीपीडितका लागि रु पाँच लाख दुई हजार ५७६ सहयोग गरेको छ । इक्यानले सङ्घका विभिन्न सदस्यबाट रकम सङ्कलन गरी प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई आज सहयोग कोषका लागि रकम हस्तान्तरण गरिएको सङ्घका कार्यवाहक अध्यक्ष महेशबाबु तिमल्सिनाले भन्नुभयो । विपद्का समयमा सबैले पीडितका लागि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पीडितका लागि विभिन्न...
-
२०७५ चैत्र २६, मंगलबार
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको पाँचौँ शिखर सम्मेलन भोलिदेखि
‘सङ्घीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको पाँचौँ शिखर सम्मेलन भोलिदेखि यहाँ शुरु हुँदैछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित सो तीनदिने सम्मेलनमा नेपालसहित भारत, चीन, जर्मनी र अमेरिकाका स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा कार्यरत झण्डै एकहजार वैज्ञानिकको सहभागिता रहनेछ । परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले सम्मेलनको...
-
२०७५ चैत्र २६, मंगलबार
वनस्पति उद्यान निर्माण हुँदै
नेपालगञ्ज उपमहानगरपालिका– २० राँझामा अत्याधुनिक वनस्पति उद्यान निर्माण हुने भएको छ । प्रदेश नं ५ सरकारको योजनाअन्तर्गत स्थानीय पशुपति सामुदायिक वन उपभोक्ता समूहको खाली जग्गामा उक्त उद्यान निर्माण प्रक्रिया शुरु भएको हो । उद्यान निर्माण गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणा, डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन श्रेष्ठ र पशुपति सामुदायिक वन उपभोक्ता समूहका...
-
२०७५ चैत्र २६, मंगलबार
झाडापखालाका बिरामीको चाप बढ्यो
जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । बदलिँदो मौसमसँगै झाडापखाला, टाइफाइड र ज्वरोका बिरामी बढ्न थालेका हुन् । अस्पतालमा दैनिक ८० देखि ९० बिरामी आउन थालेको जिल्ला अस्पतालका डा धनमाया घर्तीले बताउनुभयो । बिरामीमध्ये अधिकांश बालबालिका छन् । बालबालिकामा झाडापखाला, टाइफाडड र ज्वरोको समस्या देखिएको छ । पछिल्लोपटक मौसममा आएको परिवर्तन, दुषित पानीको प्रयोग र बासी खानाका कारण समस्या बढ्दै गएको डा...
-
२०७५ चैत्र २६, मंगलबार
सुडानमा विरोध जारी, नियन्त्रण लागि अश्रुग्यास र गोली प्रहार
सुडानमा मङ्गलबार बिहान सबेरै सेनाको प्रमुख कार्यलयबाहिर सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेको छ । सुडानमा केही महिनादेखि सरकारी विरोधी प्रदर्शन जारी छ । गत शनिबारदेखि नै हजारौं प्रर्दशनकारीले खार्तुम कम्प्लेसको अगाडि भेला भएर राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गरिरहेका छन् । राष्ट्रपति ओमार अल बसिरलाई हटाएर अन्तरिम सरकार बनाउनुपर्ने प्रदर्शनकारीको माग छ...
-
२०७५ चैत्र २६, मंगलबार
रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री हुँदै
जनताको जलविद्युत्मा समावेश गरिएको दुई जलविद्युत् कम्पनीको साधारण शेयर आगामी वैशाख ६ गतेदेखि बिक्री हुने भएको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले रु एक अर्ब ५४ करोड बढीको साधारण शेयर बिक्री गर्न लागेको हो । ती कम्पनीले आज छुट्टा–छुट्टै आह्वानपत्र सार्वजनिक गरी साधारण शेयरमा आवेदन दिन लगानीकर्तालाई आग्रह गरेका हुन् । सूचनाअनुसार रसुवागढीले रु...
-
२०७५ चैत्र २६, मंगलबार
नेपालमा व्यापार प्रवद्र्धन गर्दै ताइवानी व्यवसायी
नेपालमा व्यापार प्रवद्र्धनका लागि ताइवानका व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएका छन् । ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलको नेतृत्वमा सात सदस्यीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । ताइवानको प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ता सम्मिलित सो प्रतिनिधिमण्डलले यही वैशाख ५ गते नेपाली व्यवसायीसँग प्रत्यक्ष भेटघाट गरी व्यापार विस्तारको...
-
२०७५ चैत्र २६, मंगलबार
जडीबुटीको जामले चालक र यात्रु हैरान
पेप्सीकोला टाउन प्लानिङमा कार्यरत सन्दीप थापा १० बजे कार्यालय पुग्न एक घण्टा पहिले नै घरबाट निस्कने गर्नुभएको छ । बालकुमारीमा रहेको कार्यालयबाट घरको दूरी चार किलोमिटर भए पनि उहाँ एक घण्टा पहिले नै निस्कने गर्नुहुन्छ । मोटरसाइकलमा चार किलोमिटर दूरीमा पुग्न १५÷२० मिनेट लाग्ने भए पनि जडीबुटीमा दैनिक हुने जामका कारण उहाँ एक घण्टा पहिले नै घरबाट निस्कने गर्नुहुन्छ । एक घण्टा पहिले निस्कँदासमेत...
-
२०७५ चैत्र २६, मंगलबार
साहित्यकार गुभाजुको अन्त्येष्टि
नेपाल भाषाका वरिष्ठ साहित्यकार एवं भाषासेवी अष्टमुनि गुभाजुको आज काठमाडौँको टेकू दोभानमा अन्त्यष्टि गरिएको छ । मुटु तथा मिर्गौलामा समस्या देखिएपछि ललितपुरको महालक्ष्मी स्थानस्थित गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा उहाँको सोमबार दिउँसो निधन भएको थियो । उहाँका एक श्रीमती र दुई छोरा छन् । नेपाल भाषा परिषद्का पूर्वसदस्यसचिव समेत रहनुभएका गुभाजुको नेपाल भाषासेवी, नेवाः अगुवा गुभाजुको ‘जातः’...
-
२०७५ चैत्र २६, मंगलबार
सारङ्गी सङ्कटमा
कपिलवस्तुको लक्ष्मणघाटस्थित गन्धर्व टोलमा बस्दै आएका झण्डै ३५ गन्धर्व परिवारमध्ये केहीले परम्परा धान्न मात्र सारङ्गी बजाउने गरेका छन् । पहिले पहिले सडक, चोक र सार्वजनिक समारोहमा सारङ्गी बजाई गीत गाएर जीविका चलाउँदै आएका उनीहरुको पेशा अहिले सङ्कटमा परेको छ । गन्धर्व जातिका युवालाई गाउंँमा तालीम दिएर पेशा हराउन नदिन पटक पटक आग्रह गरिए पनि कसैको यसप्रति रुचि छैन । राष्ट्रिय बाजाका रुपमा रहेको...
-
२०७५ चैत्र २६, मंगलबार
नेपाली प्रहरी चौकीमा भारतीय फोनको प्रयोग
दाङको नाका क्षेत्रका प्रहरी चौकीमा भारतीय फोन नम्बरको प्रयोग भइरहेको छ । नेपालका कुनै पनि सीमको टावरले काम नगर्ने भएपछि दाङको नाका क्षेत्रका प्रहरी चौकीले भारतीय फोन नम्बर प्रयोग गरिरहेका हुन् । नाका क्षेत्रका हरेक गतिविधि भएमा भारतीय फोन नम्बरबाट जिल्ला प्रहरीलाई जानकारी दिने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । “अझै पनि नाकामा नेपाली फोनले काम...
-
२०७५ चैत्र २६, मंगलबार
अपहरणको आरोपमा चार जना पक्राउ
महानगरीय प्रहरी वृत्त थिमिले अपहृत एक युवकको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीका २३ वर्षीय विकास लामा, काठमाडौँ महानगरपालिका–६ बौद्ध, चाबहिलका २९ वर्षीय रमेश लामा, कपन चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठ र झापा बुधबारे–३ घर भई हाल कामपा–१५ डल्लु बस्ने ३३ वर्षीय विकास थापा रहेको प्रहरी वृत्त जगातीका प्रहरी नायब...


