-
२०७५ चैत्र २५, सोमबार
कामपाको चौथो नगरसभा सम्पन्न
काठमाडौँ महानरपालिकाले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार विधेयक स्वीकृत गर्दै चौथो नगरसभा सम्पन्न गरेको छ । कामपाको आइतबार बसेको चौथो नगरसभाले कामपाको शहरी योजना आयोग ९गठन तथा सञ्चालन कार्यविधि० विधेयक ऐन– २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ऐन– २०७५, कामपाको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक ऐन–२०७५, सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन– २०७५ स्वीकृत गरेको हो...
-
२०७५ चैत्र २५, सोमबार
प्रादेशिक अस्पतालमा प्रविधियुक्त प्रयोगशाला
दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रविधियुक्त प्रयोगशाला सञ्चालन हुने भएको छ । प्रविधियुक्त प्रयोगशाला सञ्चालनका लागि आवश्यक सामग्री खरीदकार्य भइरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । “हामीले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा स्मार्ट ल्याव स्थापना गर्न लागेका छौँ”, उहाँले भन्नुभयो “त्यसका लागि सामग्री खरीद गर्न बोलपत्र आह्वान गरिएको छ ।” करीब रु तीन करोड...
-
२०७५ चैत्र २५, सोमबार
‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुने
मुलुकमा बहुदलीय व्यवस्थाको पुनःबहाली भएको सम्झनामा ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुने भएको छ । विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको स्मृतिमा स्थापना गरिएको वीर गणेशमान सिंह फाउण्डेशको आयोजनामा मङ्गलबार ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता वसन्तपुर दमकल, न्यूरोड गेट, वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क, भद्रकाली, शहीदगेट हुँदै पुनः वसन्तपुर पुगेर समापन हुनेछ...
-
२०७५ चैत्र २५, सोमबार
बालश्रमिक नभएका घरमा हरियो झण्डा
जिल्लामा बालश्रम अन्त्य गर्न यहाँको दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्न थालेको छ । बालश्रम भएकाको घरमा भने झण्डा राखिएको छैन । दिपायल सिलगढी नपा–४ का वडाध्यक्ष वीरेन्द्र शाहले आइतबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र पिपल्ला तथा राजपुरमा बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्ने अभियान सञ्चालन गर्नुभएको छ । डोटी जिल्लालाई नै बालश्रममुक्त घोषणा गर्ने अभियानअन्तर्गत हरियो...
-
२०७५ चैत्र २५, सोमबार
प्याराग्लाइडिङमा ५५ खेलाडीले प्रतिष्पर्धा गर्ने
प्रदेश नंं ५ का विभिन्न जिल्लामा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रदेश नं। ५ मा हुने भए पनि पूर्वाधार नभएकाले प्याराग्लाइडिङका खेल गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी वैशाख ६ गतेदेखि शुरु हुने राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले जनाएको छ । नेपालको राष्ट्रिय खेलकूदको इतिहासमै...
-
२०७५ चैत्र २५, सोमबार
पर्यटन विकासका लागि ‘फिल्ड’ कार्यालय
पर्यटन विकासका लागि ‘फिल्ड’ कार्यालय सुदूरपश्चिम प्रदेशमा पर्यटनका तीन वटा ‘फिल्ड’ कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बैतडी, दार्चुला र डडेल्धुरालाई केन्द्रित गरी बैतडीमा डोटी, अछाम, बझाङ र बाजुरालाई केन्द्रीत गरी डोटीमा तथा कैलाली र कञ्चनपुरलाई केन्द्रीत गरेर कैलालीमा पर्यटन विकास फिल्ड कार्यालय राख्ने तयारी अघि बढाइएको हो । प्रदेश...
-
२०७५ चैत्र २५, सोमबार
पाइपलाइन ओछ्याउन सात किमी मात्रै
नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटरभित्रपर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३६ दशमलव २ किलोमिटर भू–भागमध्ये बाँकी रहेको नौ किलोमिटर क्षेत्रमा पर्ने निकुञ्जमा धमाधम काम...
-
२०७५ चैत्र २५, सोमबार
महोत्सवमा ४० लाखको कारोवार
यही चैत १५ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको अछाम महोत्सवमा रु ४० लाख बढीको कारोवार भएको छ । महोत्सवमा टिकट बिक्री, व्यापारिक, लघुउद्यम र स्थानीय उत्पादनका कक्ष तथा रमाइलो मेलाका क्रियाकलापबाट गरी उक्त कारोवार भएको आयोजकको भनाइ छ । महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार महोत्सव अवधिभर जम्मा १५ हजार दर्शकले अवलोकन गरेका छन् भने १२ हजार टिकट बिक्री भएका छन् । टिकट बिक्रीबाट...
-
२०७५ चैत्र २५, सोमबार
पारिवारिक घुमफिर गर्ने बढे
विदेशी पर्यटक घट्दै जाँदा यतिबेला आन्तरिक पर्यटकले यहाँको पर्यटकीय क्षेत्र भरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा परिवारसहित घुमफिर गर्ने नेपाली प्रचलन बढेसँगै यो मौसममा पर्यटकीय महत्व बोकेका ठाउँहरु आन्तरिक पर्यटकले भरिने थालेका छन् । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य सौराहासँगै पटिहानी, जगतपुर र मेघौलीका होटल आन्तरिक पर्यटकले भरिएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेकाअनुसार...
-
२०७५ चैत्र २५, सोमबार
जापानका प्रधानमन्त्रीले अमेरिका, फ्रान्स र क्यानाडाको भ्रमण गर्ने
जापानका प्रधानमन्त्री शिन्जो आबेले यसै महिना संयुक्तराज्य अमेरिका, क्यानाडा र फ्रान्सको भ्रमण गर्नुहुने भएको छ । जापानले यसै वर्ष औद्योगिक राष्ट्रहरुको समूह ९जी–२०० को बैठक गर्दैछ । आगामी अप्रिल २२ देखि २९ सम्म हुने यस भ्रमणका क्रममा प्रधानमन्त्री आबेले इटाली, बेल्जियम र स्लोभाकियाको पनि संक्षिप्त भ्रमण गर्नुहुने जापानको विदेश मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले अमेरिका र जापानबीचको...
-
२०७५ चैत्र २५, सोमबार
पूर्वी अफगानिस्तानमा आक्रमण, एक प्रहरीको मृत्यु
अफगानिस्ताको पूर्वी शहर जलालाबादमा सोमबार भएको एक बम आक्रमणमा परी कम्तीमा एक प्रहरीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । प्रान्तीय महिला विभाग नजिकै गुडिरहेको एक भ्यान विस्फोटक पदार्थसँग ठोक्किँदा सो घटाना भएको थियो । प्रान्तीय महिला विभाग र आरियाना विश्वविद्यालय नजिकैको स्थानमा पर्ने उक्त इलाकामा भएको यो विस्फोटन स्थानीय समय अनुसार सोमबार बिहान ६ः४६ मा भएको थियो । सो घटनाको...
-
२०७५ चैत्र २५, सोमबार
असिनाले अन्नबाली नष्ट
म्याग्दीमा केही दिनदेखि लगातार परेको असिना पानीले लाखौँ मूल्य बराबरको अन्नबालीमा क्षति पुयाएको छ । असिना पानी र हावाहुरीका कारण गाउँमा सडक र खानेपानीसमेत अवरुद्ध भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ । जिल्लाको मङ्गला गाउँपालिका वडा नं ३ र ४ मा हावाहुरीसँगै परेको असिना पानीले तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ । अत्यधिक वर्षाका कारण मङ्गला– ३ को वडा कार्यालयबाट झाक्रपानीसहित विभिन्न बस्ती...


