STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र २५, सोमबार

     काङ्ग्रेसमा विभाग गठनको सहमति जुटाउने प्रयास  

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गर्नुभएको छ । बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा आज बिहान बसेको पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।  पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग...

  • २०७५ चैत्र २५, सोमबार

    लिबियामा भिडन्त, ३२ जनाको मृत्यु

    लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको भिडन्तमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् । राष्ट्रसङ्घ समर्थित लिबियाली सरकारका स्वास्थ्य मन्त्री अहमिद ओमारका भिडन्तमा हफ्तार समर्थित १४ जना लडाकू समेत मारिएको जानकारी दिनुभयो । आइतबार पनि त्रिपोली नजिक हफ्तार समर्थित लडाकूहरु र अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारबीच भिडन्त भएको थियो । राजधानी...

  • २०७५ चैत्र २५, सोमबार

    खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह

    उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गर्नुभएको छ । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै उहाँले भन्नुभयो, “सर्वप्रथम खटाएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा पु¥याउनुहोस् यसपछि तपाईलाई पर्ने समस्या मन्त्रालयले सुन्छ र समाधान गर्छ । ” नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजानिक...

  • २०७५ चैत्र २५, सोमबार

    दक्षिणकालीका एक हजार २३ घर पुनःनिर्माण 

     दक्षिणकाली नगरपालिकामा एक हजार २३ घर पुनःनिर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका चार हजार ८४ घरमध्ये उक्त घर पुनःनिर्माण गरिएको हो ।   नगरपालिकाका प्रवक्ता अमृका बलामीले भूकम्पले क्षति पु¥याएका चार हजार ८४५ घरपरिवारमध्ये तीन हजार ७२० घरपरिवारले पहिलो किस्ता र एक हजार ४६६ घरपरिवारले दोस्रो किस्ता लिएका जानकारी दिनुभयो । नगरपालिकाले सरकारले तोकेअनुुसार पहिलो...

  • २०७५ चैत्र २५, सोमबार

    मागबारे ज्ञापन¬–पत्र पढेर सुनाउँदै

    सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई सोमबार धनगढीमा सिकलसेल एनिमिया बिरामीका लागि बनाइएको नीतिलाई सुधार गरी सरकारी अस्पतालबाट आजीवन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागबारे ज्ञापन¬–पत्र पढेर सुनाउँदै विकास र सामाजिक परिवर्तनका लागि सञ्चार संस्थाका कार्यक्रम संयोजक ओम जोशी ।

  • २०७५ चैत्र २५, सोमबार

    सडक दुर्घटनामा ११ जना मजदूरको मृत्य

    मलेसियन एयरलाइन्सको एक कार्गो कम्पनीका लागि विदेशी कामदारहरु ल्याइएको एक बस दुर्घटनामा परेपछि त्यस बसमा रहेका ११ जना मजदूरको ज्यान गएकोछ । उक्त बस क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आउँदा त्यस क्षेत्रमा निर्मित एक ढलमा खसेको थियो । बस ढलमा खस्दा त्यस बसमा रहेका कम्तीमा पनि ११ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । सो विमानस्थल मलेसियाको क्लिया जिल्लामा अवस्थित छ । सो...

  • २०७५ चैत्र २५, सोमबार

     अपाङ्गतामैत्री कानून बनाइने

      प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानप्रदत्त अधिकारको रक्षा गर्न प्रदेश सरकारले अपाङ्गमैत्री कानून बनाउने बताउनुभएको छ ।   राष्ट्रिय अपाङ्ग महासङ्घको १९औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले अपाङ्गताको क्षेत्रमा काम गर्न प्रदेश सरकारले १४ वटै जिल्लामा योजना बनाइरहेको छ भन्नुभयो । उहाँले एउटा सानो समूह संविधान बाहिर रहेर गरेका गतिविधिमा सरकारले प्रतिबन्ध...

  • २०७५ चैत्र २५, सोमबार

    संस्थागत सुत्केरी गाउँपालिका बनाइने

    पूर्वी क्षेत्रमा पर्ने बोगटान फुडिसल गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने तयारी भएको छ । गाउँपालिकाका प्रत्येक वडामा रहेका स्वास्थ्यचौकीबाट दुर्गममा रहेका बस्तीमा पनि स्वास्थ्य एकाइ स्थापना गरेर पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने गरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले वडादेखि दुर्गम गाउँसम्म स्वास्थ्य एकाइ स्थापना...

  • २०७५ चैत्र २५, सोमबार

    गैँडाको आक्रमणबाट पर्यटक घाइते

    चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने दूधौरामा आज बिहान गैँडाको आक्रमणबाट एक विदेशी पर्यटकसहित दुई जना घाइते भएका छन् । घाइतेमध्ये विदेशी पर्यटकको अवस्था गम्भीर रहेको छ । घटनास्थलमा उद्धारका लागि पुग्नुभएका निकुञ्जका गेम स्काउट दीपक कुमालका अनुसार घाइते हुनेमा अष्ट्रेलियन नागरिक १९ वर्षीय विलियम पेटर एकम्यानस र पथ प्रदर्शक सौराहा ओदाराका ५५ वर्षीय जितु महतो रहनुभएको छ । विदेशी पर्यटकको...

  • २०७५ चैत्र २५, सोमबार

    तराई–मधेशमा गर्मीको जोखिम

    विशेषगरी तराई–गर्मीको जोखिम शीतलहरको तुलनामा उच्च हुँदै गएको छ । गर्मीका कारण नै गत केही दिनअघि पर्सा र वारा जिल्लाका केही स्थानमा हावाहुरीले अकल्पनीय क्षति पुगेको नेपालमा पहिलो पटक सम्पन्न ‘नेपालमा तातो हावा ९लु० र त्यसले स्वास्थ्यमा पार्नसक्ने प्रतिकूल प्रभाव’ विषयको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ सार्वजानिक...

  • २०७५ चैत्र २५, सोमबार

    दमरोगी बढ्दै

    आज नै सार्वजानिक गरिएको नसर्ने दीर्ध रोगसम्बन्धी राष्ट्रिय सर्वेक्षणले दमरोगको भार ११ दशमलव सात रहेको जनाएको छ । नसर्ने दीर्घ रोगसम्बन्धी ७२ जिल्लामा २० वर्ष उमेर समूहभन्दा माथिका १३ हजार २०० मा गरिएको सो अध्ययनले मधुमेह ८।६, मिर्गौला ६, मुटु २।९ प्रतिशतमा समस्या देखिएको थियो । सहभागीका रगत, पिसाबका साथै मुटु र छातीको परीक्षण गर्दा सो समस्या देखिएको प्रतिवेदनले जनाएको छ । नसर्ने दीर्ध रोगको भार...

  • २०७५ चैत्र २५, सोमबार

    कविता हत्याको न्याय खोज्दै परिवार 

    कृष्णपुर नगरपालिका–८ शान्तिपुरका ४२ वर्षीय कर्णबहादुर विष्ट न्यायको खोजीमा भौतारिरहनुभएको छ । उहाँकी १७ वर्षीया छोरी कविताको हत्या भएको १० महीना बिते पनि न्याय पाउने आशा नमरेको कृष्णबहादुरले बताउनुभयो ।   कविताका बुबा कर्णबहादुरलाई मुद्दाका लागि आवश्यकपर्ने प्रमाण पर्याप्त जुटाउन नसक्दा पक्राउ परेका अभियुक्तमाथि कम सजाय हुनसक्नेमा चिन्तित बनाएको छ । “हत्यालाई आत्महत्या बनाउने प्रयास गरिएको छ”,...

Pages