-
२०७५ चैत्र २५, सोमबार
‘बजेट वितरण प्राथमिकताका आधारमा’
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइले नेपालको बजेट वितरण प्रणाली भद्रगोलरुपमा हुने गरेको उल्लेख गर्नुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गत रहेको अर्थ समितिको आजको बैठकमा उहाँले नेपालको बजेट प्राथमिकताका आधारमा नभई पहुँच र भनसुनका आधारमा वितरण हुने गरेको जिकिर गर्नुभयो । समितिले पूर्वबजेटका सन्दर्भमा सांसदको रचनात्मक सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरेको सो छलफलमा...
-
२०७५ चैत्र २५, सोमबार
जुनारको किरा नियन्त्रण गर्न विषादि
यहाँका किसानले लगाएको जुनार किराले नष्ट गरेपछि त्यसको नियन्त्रण गर्न किसान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन कार्यान्वयन एकाइ खनियाखर्क एकैसाथ जुटेको छ । जुनारलाई कुहाउने झिँगा ‘चाइनिज सिट्रस फ्लाई’ ब्याक्टोसेरा मिन्याक्स ले यहाँका किसानलाई दुःख दिन थालेको छ । विगत वर्षमा जस्तै ‘ब्याक्टोसेरा मिन्याक्स’ ले यस वर्षपनि फल कुहाउन सक्ने भन्दै नियन्त्रण कार्य अघि बढाइएको हो । अहिले सो...
-
२०७५ चैत्र २५, सोमबार
सवारी दुर्घटनामा २७ लाख क्षति
सवारी दुर्घटनाका कारण बाँकेमा चालू आर्थिक वर्षमा रु २७ लाख ५६ हजार बराबरको क्षति भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार गत भदौ महीनामा सबैभन्दा बढी र माघमा सबैभन्दा कम क्षति भएको छ । तथ्याङ्कअनुसार साउनमा रु एक लाख ७५ हजार, भदौमा रु १३ लाख ५० हजार, असोजमा रु दुई लाख ३४ हजार, कात्तिकमा रु दुई लाख ५० हजार, मङ्सिरमा रु एक लाख ९४ हजार, पुसमा रु दुई लाख ४५ हजार...
-
२०७५ चैत्र २५, सोमबार
बागलुङमा चार सय एचआइभी सङ्क्रमित
कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमित पछिल्लो समय खुल्न थालेका छन् । धौलागिरि अञ्चल अस्पतालको एआरटी ९एन्टी रेक्टो ट्रिटमेन्ट०सेन्टर को प्रभावकारी समन्वयमा रहेका एचआइभी सङ्क्रमित खुल्न थालेका हुन । अस्पतालमा विसं २०६३ मा स्थापना भएको एआटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, सङ्क्रमितको परामर्श, परीक्षण तथा नियमित रुपमा औषधि उपचारमा प्रभावकारी भूमिका खेलेका कारण...
-
२०७५ चैत्र २५, सोमबार
‘औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रसँग साझेदारी’
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रसँग साझेदारी गर्दै अघि बढ्ने नीति अङ्गीकार गरिएको बताउनुभएको छ । ‘कानूनी सुधारः समृद्धिको आधार’ विषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसङ्घको आज राजधानीमा भएको १६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रलाई सधँै सघाइरहने बताउनुभयो । “देशको आर्थिक...
-
२०७५ चैत्र २५, सोमबार
शेयर बजार स् नौ अङ्कको सुधार
लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि सुधार आएको छ । नेपाल स्टक एक्सेचञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९।३२ बिन्दुले बढेर एक हजार १९१।९७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २।०२ बिन्दुले बढेर २५५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोवार रकममा समेत आज उच्च अङ्कले वृद्धि भएको छ । कूल १७० कम्पनीको २९ लाख ५१ हजार ४७८ कित्ता शेयर रु ९०...
-
२०७५ चैत्र २५, सोमबार
जनतालाई अँध्यारोमा राख्ने सक्रिय हुन खोजे घिसिङ
विगतमा अनाधिकृतरुपमा विद्युत्भार कटौती गर्ने पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणले टिप्पणी गरेको छ । प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन सकिन्छ कि भन्ने मनसाय राखेको बताउनुभयो । उपभोक्तालाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सक्रिय रहेको भन्दै उहाँले हुँदै नभएका विषयमा अफवाह फैलाएर प्राधिकरणको...
-
२०७५ चैत्र २५, सोमबार
स्थानीयवासीको दबाबपछि राजमार्ग मर्मत हुने
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दुलेगांैडा–कोत्रे सडकखण्डको मर्मत हुने भएको छ । स्थानीयवासीको दबाबपछि शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित जीर्ण सडकको मर्मत हुने भएको हो । राजमार्ग जीर्ण भएर ठाउँ–ठाउँमा भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै आइतबार स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका थिए । स्थानीयवासीको आन्दोलनपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा बसेको सरोकारवालाको बैठकले तत्कालै उक्त सडकको...
-
२०७५ चैत्र २५, सोमबार
अब नेपालमै फालाम र स्टीलको उत्पादन गर्नुपर्छः उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले व्यापार घाटा न्यूनीकरण गर्दैै फालाम तथा स्टीलजन्य सामग्रीमा आत्मनिर्भर बन्न स्वदेशमै फालम र स्टीलको उत्पादन गर्नुपर्नमा जोड दिनुभएको छ । ग्रील तथा स्टील व्यवासयी महासङ्घ नेपालको आज राजधानीमा भएको २५ औँ वार्षिक साधारणसभा तथा आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले अपार सम्भावना रहेको फलाम खानीको उत्खनन् गरेर फलाम र स्टीलको आयात प्रतिस्थापन गरिनुपर्ने...
-
२०७५ चैत्र २५, सोमबार
पोखराबाट भ्रमणवर्षको शुरुआत गरिने
सरकारले पोखराबाट नेपाल भ्रमण २०२० को पूर्व शुरुवात ‘सफ्ट लञ्चिङ’ गर्ने भएको छ । नयाँ वर्षको पूर्व सन्ध्यामामा आगामी चैत ३० गते भ्रमण वर्षको शुरुआत गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो । भ्रमणवर्षको तयारीका सम्बन्धमा यही चैत २७ गते प्रधानमन्त्रीको अध्यक्षतामा भ्रमणवर्ष मूलआयोजक समितिको बैठक बस्ने र पोखराबाट पहिलो चरणको शुरुआती कार्यक्रम घोषण गरिने मन्त्रालयका प्रवक्ता...
-
२०७५ चैत्र २५, सोमबार
बीस वर्षमुनिका चार सय किशोरी गर्भवति
तुलसीपुर उपमहानगरपालिकामा बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुनसकेको छै्रैन् । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार उपमहानगरमा २० वर्ष भन्दा मुनिका ३७५ गर्भवती गर्भवति भएका छन् । यो तथ्याङ्क हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको महाशाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताउनुभयो । “अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण...
-
२०७५ चैत्र २५, सोमबार
बाह्र सुरक्षा अधिकारी मारिए
अफगानिस्तानको पश्चिमी प्रान्त घाद्घिसमा गत २४ घण्टादेखि सुरक्षा अधिकारी तालिबान लडाकूबीच जारी झडपमा परी कम्ती १२ सुरक्षा अधिकारी मारिएका यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ । हालैको वर्षमा भएका तालिबान लडाकू समूहले गरेको आक्रमणमा पछिल्लो यो आक्रमण भीषण भएको बताइएको छ । गत २४ घण्टामा तालिबान लडाकू समूहले बाला मुर्घाब शहरनजिकै कैयौ प्रहरी चौकी कब्जा गरेर भीषण आक्रमण गरेका थिए...


