-
२०७५ चैत्र २२, शुक्रबार
नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने
भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन् । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत...
-
२०७५ चैत्र २२, शुक्रबार
एकै परिवारका तीन जनाले गरे आत्महत्या
चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३ १४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११ १२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।...
-
२०७५ चैत्र २२, शुक्रबार
मौसम बदलीसँगै वर्षा
देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ । साथै तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार पनि अधिकांश भागको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षा र बिहानको...
-
२०७५ चैत्र २२, शुक्रबार
मेयर कप कराँते आजदेखि
नेपाल सिन क्योकुसिन कराँते सङ्घ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराँते प्रतियोगिता आजदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा चार र महिलामा दुई गरी छ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख विनोद गुरुङले जानकारी दिनुभयो । दुईदिने प्रतियोगिताका खेलहरु चाल्नाखेलस्थित डोजोमै हुनेछ । सोही दौरान पाँचौँ उपत्यकाव्यापी सिन क्योकुसिन कराँते प्रतियोगिता पनि हुनेछ ।...
-
२०७५ चैत्र २२, शुक्रबार
मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइनको काम अन्तिम चरणमा
मस्र्याङदी–काठमाडाँै २२० केभी प्रसारण लाइनअन्तर्गत गोेरखातर्फ पर्ने ३३ किलोमिटर क्षेत्रमा करीब ९० प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७३ कात्तिकदेखि निर्माणकार्य शुरु भएको प्रसारण लाइनमा गोरखतर्फ पर्ने क्षेत्रमा हाइटेन्सन टावर राख्ने काम करीब सम्पन्न भएको आयोजनाका इञ्जिनीयर सीताराम अधिकारीले जानकारी दिनुभयो । प्रसारण लाइनअन्तर्गत गोरखातर्फ पर्ने गण्डकी गाउँपालिका, शहीद लखन गाउँपालिका र गोरखा...
-
२०७५ चैत्र २२, शुक्रबार
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता निर्माण कार्य तीव्र
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नजिकिँदै गर्दा दाङको बेलझुण्डीमा निर्माणकार्य तीव्ररूपमा अघि बढिरहेको छ । बेलझुण्डी रङ्गशालामा यतिखेर बिहानैदेखि बेलुकासम्म निर्माणको कामलाई तीव्र पारिएको हो । अहिले त्यहाँ एथलेटिक्स र फुटबल खेलमैदानको निर्माणको काम अन्तिम चरणमा पुगेको जिल्ला खेलकूद विकास समिति दाङका अध्यक्ष डिल्ली डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार एथलेटिक्स खेलका लागि त्यहाँ सिन्थेटिक...
-
२०७५ चैत्र २२, शुक्रबार
फोहर फाल्नेलाई फोहर ‘उपहार’
झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाइ अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने यहाँका दुई पसललाई फोहर उपहार प्रदान गरेको अभियानका संयोजक कमल पोखरेलले बताउनुभयो । प्रत्येक सोमबार नगरका विभिन्न स्थानमा सरसफाइ गर्दै आएको अभियानले अर्जुनधारा–६ स्थित चिया बगानमा फोहर फाल्ने सुनिल...
-
२०७५ चैत्र २२, शुक्रबार
राजश्व सङ्कलनको दायरा बढ्दै
आन्तरिक राश्व कार्यालय कञ्चनपुरले यहाँका चार जिल्लाका व्यापारी व्यवसायीलगायत करदाताबाट सङ्कलन गरिने राजश्व सङ्कलन बढाउँदै लगेको छ । चालू आर्थिक वर्षमा रु एक अर्ब ६१ करोड ७४ लाख वार्षिक राजश्व सङ्कलनको लक्ष्य लिएको राजश्व कार्यालयले गत फागुनसम्म रु एक अर्ब २१ करोड राजश्व सङ्कलन गरिसकेको छ । “चालू आवमा फागुनसम्मको लक्ष्य रु ९६ करोड ९६ लाख राजश्व सङ्कलन भइसकेको छ”, प्रमुख कर अधिकृत लेखनाथ शर्माले...
-
२०७५ चैत्र २२, शुक्रबार
तीन हजारले अवलोकन गरे शुक्लाफाँटा निकुञ्ज
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको शुक्लाफाँटा पर्यटन महोत्सवमा तीन हजार ३०० ले निकुञ्जको अवलोकन भ्रमण गरेका छन् । मोहत्सवका क्रममा मन्त्री, सांसद, उद्यमी व्यवसायी, बुद्धिजीवीसहित छिमेकी देश भारतका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् । निकुञ्ज भ्रमणका क्रममा छ दिनमा १४५ सवारीसाधान निकुञ्ज प्रवेश गरेका महोत्सव मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका प्रमुख...
-
२०७५ चैत्र २२, शुक्रबार
हरवाचरवालाई व्यापार गर्न आर्थिक सहयोग
हरवाचरवा परिवारकायी महिलालाई साना व्यवसायीको माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यले श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले आर्थिक सहयोग गरेको छ । सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवाको सशक्तिकरण कार्यक्रम अन्तर्गत द फ्रिड्म फण्डको सहयोगमा सप्तरीको शम्भुनाथ नगरपालिका– २, ३ र ५ का ११ हरवाचरवा परिवारलाई रु पाँच हजारदेखि १० हजारसम्म आर्थिक सहयोग गरिएको हो । शम्भुनाथ नगरपालिका– २...
-
२०७५ चैत्र २२, शुक्रबार
घोडेजात्रा
चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन...
-
२०७५ चैत्र २२, शुक्रबार
राहत वितरणमा एकद्वार प्रणाली लागू
हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ । हावाहुरी प्रभावितलाई विभिन्न सङ्घसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार मात्र राहत वितरण गर्न सकिने व्यवस्था गरिएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राससलाई...


