STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र २२, शुक्रबार

    ब्रेक्जीट सकसः बेलायती प्रधानमन्त्रीद्वारा जुन ३० सम्मको समय माग

    बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली यूनियन इयू बाट बेलायतको बहिर्गमन ब्रेक्जीट का लागि आगामी जुन ३० को समयसीमाका लागि इयूसँग शुक्रबार आग्रह गर्नुभएको छ । यसअघि बेलायत इयूबाट मार्च २९ मा औपचारिक रुपमा बाहिरिने सम्झौता भएको थियो । तर उक्त समयभित्र इयूसँग कुनै सम्झौता हुन नसकेपछि अप्रिल १२ को नयाँ मिति प्रस्ताव गरिएको थियो । नयाँ मितिमा पनि बेलायती संसदमा कुनै सहमति हुन नसकेपछि जुन ३० को नयाँ...

  • २०७५ चैत्र २२, शुक्रबार

    ‘पुलतीको घर’ लोकार्पण

    “झुसैझुस भएको कीराले सपना देख्छ रे, एक दिन रङैरङ पुतली बनेर उड्ने । जसलाई हामी झुसिलकीरा भनेर हेला गर्छौं, परपर धपाउँछौँ, राम्रो घाम, हरियो पात र रसिलो फलफूल खान पायो भने त्यही झुसिलकीराले जुनी फिर्छ । सुन्दर पुतली बन्छ ऊ ।” “मलाई लाग्छ, समाजले झुसिलकीरा ठानेर जेलमा पु¥याइएका मेरा प्रत्येक छोराछोरी सुन्दर पुतली हुन् । मात्र मौका चाहिएको छ, उनीहरुलाई झुसबाट निक्लिएर पुतली बनेर संसार डुल्नका लागि...

  • २०७५ चैत्र २२, शुक्रबार

    भिक्षु अस्वघोषको निधन

    थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको आज निधन भएको छ । मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको हो ।  करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका ९४ वर्षीय भिक्षु अस्वघोषले करीब १५० कृतिहरू प्रकाशित गर्नुभएको भिक्षु तपस्सीधम्मले जानकारी दिनुभयो । दिवङ्गत...

  • २०७५ चैत्र २२, शुक्रबार

     समयमै सचेत नभए भविष्यमा आँशु चुहाउनुपर्छ  

    समयमै सचेत नभएमा भविष्यमा आँशु चुहाउनुपर्ने धारणा वक्ताहरुले व्यक्त गरेका छन् ।  एक्सन नेपाल, नेपाल पत्रकार महासङ्घ मोरङ शाखा र स्वास्थ्य पत्रकार मञ्चद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित “सुर्तीजन्य पदार्थ नियन्त्रामा प्रदेश तथा स्थानीय सरकारको भूमिका विषयक” अन्तक्र्रिया कार्यक्रममा उनीहरुले सुर्तीजन्य पदार्थ सेवनले मानिस अकालमै ज्यान गुमाउनु परेको र यसबाट प्रशस्त धन पनि क्षति भइरहेकाले यसतर्फ...

  • २०७५ चैत्र २२, शुक्रबार

    त्रिशूली थ्री ‘बी’को बाँध

    ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत पहिलो सेयर जारी गरेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनाको नुवाकोट किस्पाङ गाँउपालिका–५ स्थित बाँधस्थल । बाँध रु आठ अर्ब २२ करोड ७४ लाख लगानीमा निर्माण भइरहेको ३७ मेगावाट क्षमताको थ्री ‘बी’ वि सं २०७८ फागुनमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

  • २०७५ चैत्र २२, शुक्रबार

    लालीगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ नोक्सान 

    वसन्त रितुको आगमनसँगै फुल्ने लालिगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ मूल्य बराबरका नोक्सान हुने गरेको छ । डडेल्धुरा लगायत देशभरका वनैभरी फुलेको लालीगुराँसका फूलको उचीत उपयोग हुन नसक्दा त्यतिकै कुहीएर खेर गईरहेका छन् । लालीगुराँस फूलबाट उत्पादन हुने जुस मानव स्वास्थ्य र विभिन्न रोगको औषधिका लागिसमेत फाइदा पुग्ने भनिएता पनि त्यसको सदपयोग नहँुदा विभिन्न जिल्लाका वनहरुमा लालीगुराँस कुहिएर खेर...

  • २०७५ चैत्र २२, शुक्रबार

    फोटो प्रदर्शनीमा नेपालका वन्यजन्तु

    नेपाल पर्यटन बोर्डले मासिक रुपमा आयोजना गर्दै आएको ‘ह्यास ट्याग फोटो’ नेपाल प्रदर्शनीमा नेपालका विभिन्न जङ्गली जनाबरका तस्बिर प्रदर्शनी गरिएको छ । बोर्डको ‘फोटो नेपाल’ कार्यक्रम अन्तर्गत ‘वाइल्डलाइफ’ फोटोग्राफर सागर गिरीले खिच्नुभएका वन्यजन्तुका ३५ फोटो प्रदर्शनी गरिएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले बताउनुभयो ।  बोर्ड परिसरमा यही चैत २८ सम्म चल्ने प्रदर्शनीका क्रममा वाइल्डलाइफ फोटोग्राफीको...

  • २०७५ चैत्र २२, शुक्रबार

    पुनःनिर्माणमा रु सात अर्बभन्दा बढी खर्च

    भूकम्पबाट क्षतिग्रस्त घर तथा भौतिक संरचना पुनःनिर्माणका लागि मकवानपुरमा रु सात अर्ब ४३ करोडभन्दा बढी रकम खर्च भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरका अनुसार भत्किएको निजी भवन र सामुदायिक विद्यालय भवन लगायतका संरचना निर्माणमा रु सात अर्ब ४३ करोड खर्च भएको जनाएको छ । भूकम्पबाट भत्किएका निजी आवास पुनःनिर्माणतर्फ रु पाँच अर्ब पाँच करोड १३ लाख र सामुदायिक...

  • २०७५ चैत्र २२, शुक्रबार

    राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव

    सङ्घीयता कार्यान्वयनसँगै गाउँ गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधि नभेटिएको सेवाग्राहीको गुनासो छ । गोकर्णेश्वर नगरपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि र कर्मचारीको अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले औषधी पठाउञ्जेल सहजै पाइए पनि नगरपालिकामार्फत्...

  • २०७५ चैत्र २१, बिहिबार

    भानुभक्तको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन

    नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले पाँचाँै क्षेत्रप्रताप अधिकारी स्मृति दिवसका अवसर पारेर यही चैत २९ र ३० गते भानु नगरपालिका–५ चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलन गर्न लागेको हो । मञ्चका अध्यक्ष आकाश अधिकारीका अनुसार कवि सम्मेलनमा देश तथा विदेशबाट गरी ६० भन्दा बढी साहित्यकार सहभागी...

  • २०७५ चैत्र २१, बिहिबार

    मदिरा उत्पादन गर्ने भाँडा किन्दै स्थानीय सरकार

    पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले स्थानीयवासीबाट अवैध घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडा खरीद गर्न थालेका छन् । मदिरा नष्ट वा भाँडाकुँडा जफत गरेर उत्पादन नरोकिएपछि स्थानीय तहले सम्बन्धित घरधनीबाट भाँडाकुँडा खरीद गर्ने योजना ल्याएका हुन् । अवैध घरेलु मदिरा उत्पादन गर्नेले अब त्यस्ता सामग्री स्थानीय तहलाई बेच्नुपर्नेछ । सोबापत स्थानीय तहले नगद वा कृषि कर्मका...

  • २०७५ चैत्र २१, बिहिबार

    भारतीय पक्षले बनाएको स्तम्भ भत्काइयो

    नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ आज बिहान भत्काइएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो । मेची पुल बनाउँदै आएको ठेकेदारले सो ‘माइल’ स्तम्भ बुधबार बनाएको थाहा पाएपछि काँकडभिट्टाका बासिन्दाले आपत्ति गरेर प्रजिअ दाहाललाई...

Pages