STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र २१, बिहिबार

    बेलायतीलाई निःशुल्क भिसा दिने प्रस्ताव युरोपेली संसदद्वारा पारित

    संसदले बिहीबार बिना सम्झौता युरोपेली यूनियनबाट बेलायत बाहिरिए पनि बेलायती नागरिकलाई युरोपेली यूनियनका मुलुकहरुको भ्रमण गर्दा शुल्क नलिने कानुन पारित गरेको छ । नयाँ कानुन बमोजिम शेनजेन पासपोर्ट अपनाउने युरोपेली मुलुकहरुमा ९० दिनभन्दा कम समयावधिको भ्रमणमा गर्दा बेलायती नागरिकलाई भिसा आवश्यक पर्नेछैन । संसदमा उक्त विधेयकमाथि भएको मतदानमा ५०२ मत पक्ष र ८१ मत विपक्षमा परेको थियो । २९ जना सांसद भने...

  • २०७५ चैत्र २०, बुधबार

    अन्तक्रिया कार्यक्रम

    रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार बोर्डको आयोजना र पत्रकार महासंघ प्रदेश ५ को समन्वयमा बुधबार रुपन्देहीको तिलोत्तमा नगरमा भएको रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र अबको बाटो विषयक सञ्चारकर्मिहरुसंगको अन्तक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल ।

  • २०७५ चैत्र २०, बुधबार

    उपत्यकाको फोहर विसर्जनमा अवरोध

    टिपरको ठक्करबाट मङ्गलबार एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएको विरोधमा काठमाडाँै उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीले अवरोध पु¥याएका छन् । काठमाडाँैबाट फोहर बोकेर आइरहेको टिपरको ठक्करबाट मङ्गलबार नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक नेपालीको मृत्यु भएको थियो भने १२ वर्षीय राजन नेपाली गम्भीर घाइते भएका थिए । उक्त घटनाको विरोधमा मङ्गलबार अपराह्नदेखि...

  • २०७५ चैत्र २०, बुधबार

    तेस्रो लिङ्गीले नागरिकता फिर्ता गर्ने

    प्रदेश नं ३ का लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गीले यसअघि आफूहरुले प्राप्त गरेको तेस्रो लिङ्गीको पहिचानसहितको नागरिकता फिर्ता गर्न लागेको बताएका छन् । पहिचानसहितको नागरिकता लिने प्रक्रियामा आफूहरुलाई विभेद गर्न लागिएको बताउँदै तेस्रो लिङ्गीले फिर्ता गर्नुपर्ने वाध्यता परेको जिकिर गरे । तेस्रो लिङ्गीको संस्था निलहिरा समाजले मङ्गलबार हेटौँडामा गरेको प्रदेश नं ३ स्तरीय प्रदेशका विभिन्न मन्त्रालय तथा...

  • २०७५ चैत्र २०, बुधबार

    वैदेशिक रोजगारीको व्यवस्थापन जरुरी सामाजिक विकासमन्त्री बराल

    प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले वैदेशिक रोगारीको व्यवस्थापन र स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । आज रुपन्देहीको तिलोत्तमामा गरिएको ‘रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र अबको बाटो’ विषयक सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले विदेशबाट फर्किएपछि पनि युवाहरुले सिकेका सीप र प्रविधिको सदुपयोग गर्न सक्ने अवस्था सिर्जना हुन...

  • २०७५ चैत्र १९, मंगलबार

    अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्ममत शुरु, सेवा सामान्य अवस्थामै

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा ममर्त शुरु गरिएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले विमानस्थलले सोमबार रातिदेखि धावनमार्ग मर्मतको काम अघि बढाएको हो ।  पहिलो दिनको मर्मतपछि विमानस्थलको उडान अवतरण सामान्य अवस्थामा भइरहेको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर ९एटिसी० प्रमुख सीताराम भण्डारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार धावनमार्ग मर्मतपछि आज...

  • २०७५ चैत्र १९, मंगलबार

    एम्बुलेन्समा मनपरी भाडा असुली

    जुम्लाको पातारासी गाउँपलिकाको बिरामी बोक्ने एम्बुलेन्सले मनपरी भाडा लिने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । गाउँपालिकाको एम्बुलेन्सले एकै स्थानबाट फरक–फरक भाडा लिएको उनीहरुले गुनासो गरेका हुन् । एम्बुलेन्सले गाउँपालिका–४ लुमबाट पाँच किलोमिटरको दूरीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासम्म व्यक्तिपिच्छे फरकफरक भाडा लिएको स्थानीय दिजराज रेउलेले बताउनुभयो । उहाँले...

  • २०७५ चैत्र १९, मंगलबार

    गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

    पर्वतको महाशीला गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । गाउँपालिकाले आफ्नो दललाई कुनै पनि काममा सहभागी नगराएको भन्दै प्रतिपक्षी नेपाली काङ्ग्रेसले सोमबारदेखि तालाबन्दी गरेको हो । यस अगाडि चरणबद्धरूपमा ध्यानाकर्षणपत्र बुझाउने, गाउँपालिकाका जनप्रतिनिधिलाई भेटेर काङ्ग्रेसलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने सुझाव दिनेलगायतका गतिविधि गरिरहेको काङ्ग्रेसले सोमबारदेखि...

  • २०७५ चैत्र १९, मंगलबार

     सवारी पार्किङ अस्त व्यस्त

    वीरेन्द्रनगर नगरपालिकाको मुख्य सडकमै सवारीचालकले मनलाग्दी पार्किङ गर्ने गरेका छन् । नगरपालिकाले पार्किङ क्षेत्रको व्यवस्थापन गर्न नसक्दा सवारीचालकले सडक क्षेत्रमै पार्किङ गर्नुपरेको हो । हालसम्म पार्किङ क्षेत्र नबन्दा प्रदेश राजधानीका रुपमा स्थापित शहरको सौन्दर्य कुरुप बन्दै गएको छ । मुख्यबजार क्षेत्रको दायाँबायाँ यातायातका साधन पार्र्किङ गरिँदा व्यवसायीदेखि पैदलयात्रीले समेत सास्ती झेल्नुपरेको...

  • २०७५ चैत्र १९, मंगलबार

    चितवनका किसानलाई नहर अतिक्रमणको चिन्ता

    पश्चिम चितवनका किसानलाई सिँचाइ सुविधाका लागि निर्माण गरिएको नारायणी लिफ्टको नहर अतिक्रमण भएको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् । लिफ्ट सिँचाइ आयोजनाअन्तर्गत भरतपुरको आवास क्षेत्र हुँदै जाने नहर पुरेर बाटोलगायत संरचना बनाउने क्रम बढेका कारण उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । भरतपुर क्षेत्रमा झन्डै १० किलोमिटर क्षेत्रमा नहर पुरेर कालोपत्रे सडक, पुल र टहरा निर्माण गरिएको छ । नहर पुरिने क्रम...

  • २०७५ चैत्र १९, मंगलबार

    आरोही धमाधम हिमालतिर

     हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् । सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, ल्होत्से अमादब्लम, पुमरीलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो सङ्ख्यामा आरोही हिमालतिर लागेका हुन् । पर्यटन विभागका अनुसार, हिमाल आरोहणका लागि सोमबारसम्म ४८ आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण...

  • २०७५ चैत्र १९, मंगलबार

    भूकम्प पीडितलाई सहुलियत ब्याजदरमा ऋण

    नुवाकोटका भूकम्प पीडितलाई ग्लोबल आइएमई बैंंकले जिल्लामा पहिलोपटक शुरु गरेको पाँच प्रतिशत ब्याज अनुदानमा घर पुनःनिर्माण गर्न लाभग्राहीलाई रु तीन लाख ऋण प्रदान गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा। चन्द्रबहादुर श्रेष्ठ । उक्त बैंकले पहिलो चरणमा भूकम्प पीडित निजी आवास निर्माण कर्जा, कृषि तथा पशुपंक्षी कर्जा र महिला उद्यमशील कर्जा नौ जनालाई वितरण गरेको छ ।

Pages