STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र १९, मंगलबार

    लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको स्रोतले पुग्दैनः अर्थमन्त्री 

     अर्थमन्त्री डा युवराज खतिवडाले लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको साधन स्रोतबाट मात्र सम्भव नहुने बताउनुभएको छ । उहाँले त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन लुम्बिनी विकास कोष र सरकारको तर्फबाट पहल गरिने बताउनुभयो ।  आज लुम्बिनीमा रासससँग कुरा गर्दै मन्त्री डा खतिवडाले तीन वर्षभित्र गुरुयोजना पूरा गर्ने लुम्बिनी विकास कोषको लक्ष्यलाई सरकारले सहयोग गर्ने बताउनुभयो । यद्यपि गुरुयोजना पूरा...

  • २०७५ चैत्र १९, मंगलबार

    चक्रपथभित्रका करिडोर सञ्चालनमा ल्याइने

     काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन चक्रपथभित्रका करिडोरलाई तत्काल सञ्चालनमा ल्याइने भएको छ । उपत्यकामा बढ्दै गएको सवारीसाधनबाट हुने जामलाई कम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, यातायात विभाग र काठमाडौँ महानगरपालिकाको सहकार्यमा करिडोर सञ्चालनमा ल्याउन लागेको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा चैत ११ र १२ गते नेपाल पुलिस क्लबमा यातायात व्यवसायी तथा...

  • २०७५ चैत्र १९, मंगलबार

    बससेवा निःशुल्क

    जनतालाई पहिलो पटक गाउँघरमै सिंहदरबार पुगेको अनुभूति दिने उद्देश्यले चाँगुनारायण नगरपालिकाले एकै ठाउँबाट सम्पूर्ण सरकारी एवं स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । आज नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सम्पूर्ण सरकारी सेवादेखि स्वास्थ्य उपचारलगायत विभिन्न सेवा निःशुल्क पाउने गरी एकीकृत बृहत् घुम्ती शिविर सञ्चालन गरिने बताउनुभयो । यही चैत २० गते गृहमन्त्री...

  • २०७५ चैत्र १९, मंगलबार

    सतर्कता अपनाउन आग्रह

     बारा र पर्सामा भीषण हावाहुरीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिई० नेपालले विषम परिस्थितिमा उच्च सतर्कता अपनाइ बालबालिका, प्रसूति महिला, वृद्ध, अपाङ्ग र असक्तका निमित्त आवश्यक सुविधाको सुनिश्चितता गर्दै यथाशीघ्र राहत दिन आग्रह गरेको छ । सञ्जालका अध्यक्ष कुमार भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा हावाहुरीकै कारण दर्जनौँ विद्यालय क्षतिग्रस्त भई सयौँ...

  • २०७५ चैत्र १९, मंगलबार

    चियाको पहिलो यामको उत्पादन उत्साहजनक

     दोस्रो साताबाट चियाको पहिलो यामको टिपाइ शुरु हुने इलाममा यसवर्ष पहिलो यामको उत्पादन उत्साहजनक पाइएको छ । चिया उत्पादन र पर्यटनका हिसाबले प्रख्यात मानिने इलाममा पहिलो यामको चियाको उत्पादन राम्रो भएपछि किसानमा उत्साह थपिएको हो ।    पहिलो सिजनको चिया गुणस्तरीय हुने र महङ्गो बिक्नाले अन्तर्राष्ट्रिय बजारमा पनि यसको माग अत्यन्तै बढी हुन्छ । गतवर्ष चिया उत्पादनमा विभिन्न समस्या झेल्दै आएका किसानले...

  • २०७५ चैत्र १९, मंगलबार

    चेकजाँच गर्दै प्राविधिकसहितको नगर स्तरीय अनुगमन टोली

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ वनसमितिमा नगरपालिकाको रु २५ लाखको लागतमा कालोपत्रे गरिएको सडक मापदण्ड अनुरुप बने नबनेको चेकजाँच गर्दै प्राविधिकसहितको नगर स्तरीय अनुगमन टोली । सडक मापदण्ड अनुरुप बनेको नपाईए पछि टोलीले भुक्तानी घटाउने निर्णय गरेको छ ।

  • २०७५ चैत्र १९, मंगलबार

     बोराभित्र शव लिएर हिँडेका दुई पक्राउ

     भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट आज बिहान बोरामा राखिएको शवसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।    प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगन साह रहेका छन् ।...

  • २०७५ चैत्र १९, मंगलबार

    न्यायिक समिति स् मेलमिलापबाट मुद्दाको छिनोफानो

    स्थानीय न्यायिक समितिले मुद्दाको मेलमिलाप पद्धतिमार्फत् छिनोफानो गर्न थालेका छन् । स्थानीय न्यायिक समितिको क्षेत्राधिकारभित्र रहेर मेलमिलापमार्फत् मुद्दा किनारा लगाएका छन् ।  मेलमिलापको माध्यमबाट मुद्दाको छिनोफानो गर्दा पक्ष र विपक्षको सम्बन्ध राम्रो हुने र समयको बचत हुँदा स्थानीयतहले मेलमिलाप पद्धति अपनाएको हो । तिनाउ गाउँपालिकाका उपाध्यक्ष तथा स्थानीय न्यायिक समितिका संयोजक दमन्ती थापाका...

  • २०७५ चैत्र १९, मंगलबार

        काङ्ग्रेस आफँै सच्चिनु पर्छ महामन्त्री कोइराला

     नेपाली काङ्गे्रसका महामन्त्री शशाङ्क कोइरालाले काङ्ग्रेसले आफैँ सच्चिन पर्ने बताउनुभएको छ । प्रेस युनियनद्वारा आज वालिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र गुटउपगुट रहेकाले सच्चिनुपर्ने बताउनुभएको हो ।    उहाँले भन्नुभयो, “काङ्ग्रेसको भित्र तिक्तत्ता छ, काङ्ग्रेस एक ठाउँमा उभिँदा कसैले हराउन सक्दैन ।” काङ्ग्रेस धार्मिक स्वतन्त्रताका पक्षमा दृढ रहेको उल्लेख गर्दै उहाँले सबैलाई...

  • २०७५ चैत्र १९, मंगलबार

    बाह्र जना नेपाली किशोरीको नयाँदिल्लीबाट उद्धार

    नयाँदिल्लीबाट महिला आयोगले भारतको राजधानी शहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीहरुको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका किशोरीहरुले एक जना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन् । आयोगका सदस्य किरण नेगीको अगुवाईमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीहरुको उद्धार गरिएको आयोगले जनाएको छ । तर किशोरीहरुलाई...

  • २०७५ चैत्र १९, मंगलबार

    सम्बन्धविच्छेदका घटना बढ्दै

     नयाँ मुलुकी संहिता जारी भएसँगै कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेका ९१९ मुद्दा र चालू आवको आठ महीनामा दर्ता भएका गरी एक हजार ३२६ मुद्दा छिन्न बाँकी भएको अदालतका नायब सुब्बा हरि पन्थीले जानकारी दिनुभयो ।  चालु आवको आठ महीनामा जिल्ला अदालतमा एक हजार ३८२ मुद्दा दर्ता भएका उहाँले बताउनुभयो । अहिलेसम्म जिम्मेवारी सरेका र यो आवमा दर्ता भएका दुई हजार...

  • २०७५ चैत्र १९, मंगलबार

    प्रदेश सरकारद्वारा एक करोड राहत

    प्रदेश नं ३ ले बारा र पर्सामा गत आइतबार साँझ आएको हावाहुरीबाट प्रभावितलाई आवास निर्माण गर्न राहत स्वरुप रु एक करोड प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । यसैगरी प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलले हावाहुरी प्रभावितलाई रु एक...

Pages