-
२०७५ चैत्र १९, मंगलबार
झापाका २२ बालबालिकामा अटिज्म
झापाका २२ बालबालिकामा अटिज्मको समस्या देखिएको छ । अटिज्म केयर नेपाल सोसाइटीको तथ्याङ्कअनुसार चार बालिकासहित २२ मा यो समस्या देखिएको हो । अटिज्म केयर नेपालका अध्यक्ष कुमार चुडालका अनुसार अटिज्म भएका बालबालिकाका अभिभावक भेला भएर २०७४ देखि यो संस्था सञ्चालनमा रहेको छ । अटिज्मका बारे जानकारी दिँदै अध्यक्ष चुडालले भन्नुभयो, “कुनै पनि व्यक्तिको मस्तिष्कमा जन्मजात आएको समस्याका कारण उमेरको विकाससँगै...
-
२०७५ चैत्र १९, मंगलबार
जोखिम मोलेरै गुजारा चलाउँदै
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ आधाबाटस्थित भूकम्पले जीर्ण बनाएको घरमा सामान राखेर जसोतसो गुजारा चलाउँदै स्थानीय बासिन्दा । सरकारले जोखिमयुक्त घर ९संरचनहरु० अनिवार्य भत्काउनुपर्ने नीति नल्याएका कारण कतिपय स्थानीय बासिन्दाहरुले यस्तै घरमा बस्ने र अन्न भण्डारणदेखि सामग्री राख्ने गर्दै आइरहेको छन् ।
-
२०७५ चैत्र १९, मंगलबार
जनताको जलविद्युत्’मा रसुवागढी र साञ्जेन सकारात्मक प्रभावको अपेक्षा
चिलिमे जलविद्युत् आयोजनाले रसुवावासीको अनुहारमा ल्याएको खुशीले धेरैलाई जलविद्युत्को क्षेत्रमा लगानीका लागि आकर्षित ग¥यो । जलविद्युत्मा लगानी गर्दा फाइदा हुन्छ भन्ने मानक स्थापित गर्न सफल सो कम्पनीको शेयर धितोपत्र बजार ओरालो लाग्दासमेत फाइदा दिने अवस्थामा नै रहेको छ । नेपाली लगानीमा आयोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन सफल सोही कम्पनीले यतिखेर रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन,...
-
२०७५ चैत्र १९, मंगलबार
पानी शुद्ध पार्ने सिमेन्टका फिल्टर
कञ्चनपुरको जोनापुरका महिला विपन्न परिवारलाई वितरण गर्न दातृ निकायको सहयोगमा तयार गरिएका पानी शुद्ध पार्ने सिमेन्टका फिल्टरमा पानी भर्दै । विपन्न परिवारका सय जनालाई सिमेन्टका फिल्डर उपलब्ध गराइएको छ ।
-
२०७५ चैत्र १९, मंगलबार
प्लाष्टिकबाट इन्धन निकाल्ने प्रविधिलाई थप प्रभावकारी बनाइने
प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकास र आर्थिक समृद्धिका लागि विज्ञान र प्रविधिको भरपूर उपयोग गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट० लाई निर्देशन दिनुभएको छ । नाष्टका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा नाष्टको ४२ औँ प्राज्ञ बैठकलाई सम्बोधन गर्दै नाष्टले विज्ञान र प्रविधिको माध्यमबाट नयाँ ढङ्गबाट अनुसन्धान र आविष्कार...
-
२०७५ चैत्र १९, मंगलबार
बाख्रापालनमा रमाउँदै युवा
दाङका एक युवाले बाख्रापालन गरेर विदेशभन्दा राम्रो कमाइ गर्दै आउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ का २३ वर्षीय देवराज ओलीले बाख्रापालन गरेरै मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । “विदेशमा ४०÷५० हजार मात्रै आम्दानी हुन्थ्यो”, उहाँले भनुभयो, “तर अहिले नेपालमै बाख्रापालन गरेर एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको छु ।” विदेशभन्दा नेपालमा पसिना बगायो भने सम्मानित र राम्रो आम्दानी...
-
२०७५ चैत्र १९, मंगलबार
रुसी गृहमन्त्री उत्तर कोरिया भ्रमणमा
रुसका गृहमन्त्रीको नेतृत्वमा वरिष्ट अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डलले उत्तर कोरियाको भ्रमण गरेको छ । कोरियाली केन्द्रीय समाचार समिति ९केसिएनए० ले रुसी गृहमन्त्री भ्लादिमिर कोलोकोल्सेभको नेतृत्वमा रुसको उच्च पदाधिकारीको एक टोली सोमबार प्योङयाङ भ्रमणमा आएको जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ–अनले यसै महिनाभित्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा रुसको भ्रमण गर्ने सम्भावना छ ।...
-
२०७५ चैत्र १८, सोमबार
हावाहुरीका कारण बारामा ३१ जनाको मृत्यु , ५०० घाइते
हिजो आईतबार साँझ आएको भिषण हावाहुरीका कारण बारामा अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ । प्रदेश नंं २ का प्रहरी प्रमुख हरि पालका अनुसार मृतकको संख्या २८ नाघी सकेको छ । घटनामा अहिलेसम्म ५०० बढी जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन् । बारामा आएको भीषण हावाहुरीबाट घाइते भएका सर्वसाधारणको उपचारमा कठिनाई आएको छ।नारायणी अस्पतालस्थित रक्तसञ्चार केन्द्रमा आवश्यक परिमाणमा रगत नहुँदा...
-
२०७५ चैत्र १८, सोमबार
मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय
गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २५ भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्जलगायतका अस्पतालमा ४००...
-
२०७५ चैत्र १८, सोमबार
बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने
नयाँ वर्षको आगमनसँगै भक्तपुरमा नौ दिनसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र रुपमा अगाडि बढेको छ । आगामी २७ गतेदेखि साँझ भैरवको रथ तानेर शुरु भई वैशाख ५ गते साँझ पुनः भैरवकै रथ तानेर सम्पन्न हुने जात्राका लागि आवश्यक पर्ने भैरव र भद्रकालीको रथ निर्माण कार्य शुरु भएको छ । जात्रालाई शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न नगरपालिका, प्रहरी, प्रशासन र सरोकारवालाले...
-
२०७५ चैत्र १८, सोमबार
प्रधानमन्त्री पर्सा र बारा जानुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आज बिहान १०ः३० बजे सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी...
-
२०७५ चैत्र १८, सोमबार
अपाङ्गतामैत्री विद्यालय भवन निर्माण
गोरखा नगरपालिका–३नारेश्वरमा करीब रु ७५ लाखको लागतमा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण भएको छ । भूकम्पले क्षति पु¥याएको विन्ध्यावासिनी माध्यामिक विद्यालयको नवःनिर्मित भवन अपाङ्गतामैत्री बनेको हो । कूल रु ७५ लाख ४६ हजारका लागतमा भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वनय एकाइ ९शिक्षा०का प्रमुख रामप्रसाद आचार्यले जानकारी दिनुभयो । फरक क्षमता भएका बालबालिकासमेत पठनपाठन गर्दै आएको उक्त...


