-
२०७५ चैत्र १८, सोमबार
भूकम्पपीडितका गुनासै गुनासा
जिल्लाका ७९६ भूकम्पपीडितले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा गुनासो दर्ता गराएका छन् । गुनासो दर्ता गराउनेमा लगत सङ्कलनमै छुटेकादेखि सर्वेक्षण भए पनि लाभग्राहीमा पर्न नसकेकासम्म छन् । प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण गर्ने भएपछि गुनासा थप बढ्ने देखिएको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकाबाट ३११ ले गुनासा दर्ता गराएका छन् । जैमिनी, गलकोट र ढोरपाटन नगरपालिकाका क्रमशः दुई सय ७५, ८० र २६ गुनासा...
-
२०७५ चैत्र १८, सोमबार
गोली प्रहारबाट एकको हत्या
कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । एउटा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर...
-
२०७५ चैत्र १८, सोमबार
बारा पर्सामा चितवनबाट चिकित्सकको टोली जाँदै
तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो । चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले राससलाई जानकारी दिनुभयो । चिकित्सकसहितको...
-
२०७५ चैत्र १८, सोमबार
अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारमा उचित...
-
२०७५ चैत्र १८, सोमबार
उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पु¥याएको भन्दै दुःख प्रकट गर्नुभएको छ । गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिनुभयो । आज बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै...
-
२०७५ चैत्र १८, सोमबार
नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती
राष्ट्रिय सडक सञ्जालमा नजोडिएकोनेपालको एकमात्र जिल्ला हुम्लाका नागरिकले अनियमित हवाई उडानका कारण पटकपटक सास्ती खेप्दै आइरहेका छन् । यसपटक पनि हुम्लाका दर्जनौँ नागरिक सुर्खेत विमानस्थलमा थन्किनु परेको छ । बिरामी तथा विभिन्न कामले सुर्खेत झरेका १४० भन्दा बढी हुम्ली नागरिक हप्ताँै दिनदेखि जान नपाएको यात्रु छवि थापाले गुनासो गर्नुभयो । “विमानस्थलमा हामी सामान्य मान्छेले छिर्नै पाउँदैनौँ,” थापाले...
-
२०७५ चैत्र १८, सोमबार
पत्रकार अधिकारी पक्राउ
नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ । आज बिहान पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा विप्लव निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुग्नुभएका अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेकोे महासङ्घ अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पत्रकार अधिकारीसँगै अन्य दुई...
-
२०७५ चैत्र १८, सोमबार
कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि
विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो । जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७।९२ अमेरिकी डलर कायम भएको छ । यो मूल्यवृद्धि पहिलो चौमासिकमा २७ प्रतिशत हो । अमेरिकी वेस्ट टेक्सास इन्टरमेडियट ९डब्लुटीआई०मा शून्य...
-
२०७५ चैत्र १८, सोमबार
अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या बहुरूपी गरिबी सामना गर्दै
अफगानिस्तानको जम्मा तीन करोड जनसङ्ख्यामध्ये झण्डै आधा जनतामा बहुरूपी गरिबीको समस्यामा बाँच्न बाध्य भएका आइतबार यहाँ सार्वजनिक सरकारी तथ्याङ्कमा उल्लेख छ । दशकौँदेखि विभिन्न सशस्त्र समूहको सामना गर्दै आएको एशियाली मुलुकमा बेरोजगार दर पनि उच्च रहेको जनाइएको छ । इस्लामिक गणतन्त्र अफगानिस्तानले पहिलो बहुरूपी गरिबी सूचक ९ए–एमपिआई० का अनुसार अफगानिस्तानको जनसङ्ख्याको ५१।७ प्रतिशत जनता बहुरूपीय...
-
२०७५ चैत्र १८, सोमबार
हरेक दिन नेपाल विकासको तीव्र गतिमा प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढेको बताउनुभएको छ । देशमा चौतर्फी विकास हुँदैआएको उल्लेख गर्दै उहाँले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने बताउनुभयो । झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री ओलीले मुलुकलाई अब समृद्ध र समुन्नत बनाउने महाअभियानमा सबै...
-
२०७५ चैत्र १८, सोमबार
ऐतिहासिक पोखरीको प्रतिवेदन तयार
भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित ऐतिहासिक भाज्या पुखुः ९पोखरी० उत्खननसम्बन्धी अध्ययन प्रतिवेदन भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ऐतिहासिक भाज्या पुखु जीर्णोद्धार समितिका संयोजक प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले आइतबार प्रतिवेदन नगरप्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गर्नुभयो । प्रा डा श्रेष्ठले १२ औँ शताब्दीमा बनेको भाज्या पुखुको अन्तिम प्रतिवेदन इतिहासविद्, संरक्षणविद्, जनप्रतिनिधि,...
-
२०७५ चैत्र १८, सोमबार
स्पेनको दूताबासमा आतङ्कवादी आक्रमण भएको उत्तर कोरियाली दावी
स्पेनको राजधानी म्याड्रिडस्थित आफ्नो दूतावासमा गत महिना भएको घटनालाई उत्तर कोरियाले ‘गम्भीर आतङ्कवादी आक्रमण’ भएको जनाएको छ । करिब एक महिना पहिले भएको घटनाबारे पहिलो पटक टिप्पणी गर्दै प्योङ्याङले आक्रमणबारे अनुसन्धानको माग गरेको छ । अमेरिकाको सङ्घीय जाँच ब्यूरो ९एफबीआई० सो घटनामा संलग्न रहेको भन्ने चर्चालाई पनि आफूले नजिकैबाट नियालेको उसले बताएको छ । कोरियन सेन्ट्रल न्यूज एजेन्सी ९केसीएनए० ले...


