STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र १८, सोमबार

    घरदैलोमा स्वास्थ्य सेवा

    भेरी नगरपालिका–९ का ६५ वर्षीय कालीबहादुर पुन लामो समयदेखि छाती दुख्ने समस्याबाट पीडित भएको बताउनुहुन्छ । पेट दुख्ने ब्यथा लागे पनि आफूलाई उपचार गर्न लैजाने आफन्त नहुँदा पीडा सहेर बसेको उहाँको दुखेसो थियो । शनिबार बिहान घर नजिकै स्वास्थ्य शिविर छ, भन्ने सुनेपछि जाँच गराएर औषधि सेवन गर्न थालेको उहाँको भनाइ छ । नजिक स्वास्थ्य संस्था नहुँदा हिँड्न नसक्ने भएकाले अस्पताल जाँन नसकेको भन्दै पुनले...

  • २०७५ चैत्र १८, सोमबार

    सवारी दुर्घटनामा एकको मृत्यु

    चितवनमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट आउँदै गरेको बा३ ख ७९९३ नंको यात्रुबाहक बसमा सोही दिशाबाट आएको ना ४ च ३२९० नंको डेलिभरी भ्यान र बा ९० प ८१३२ नंको मोटरसाइकल आज बिहान ७ः३० बजे एकापसमा ठक्कर खाँदा धादिङ ज्यामरुङका ३५ वर्षीय राजन...

  • २०७५ चैत्र १८, सोमबार

    प्रदेशसभाबाट पाएको सेवा सुविधा सामाजिक काममा काङ्ग्रेस नेता विन्दकुमार थापा

    नेपाली काङ्ग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले प्रदेशसभा सदस्यवापत प्राप्त गरेको एक वर्षको मासिक पारिश्रमिक एवं बैठक भत्ता र अन्य सुविधा सामाजिक काममा खर्चिनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा थापाले विसं २०७४ माघ महीनादेखि २०७५ माघसम्म आफ्नो खातामा प्रदेशसभाबाट आएको जम्मा रु सात लाख नौ हजार १३५ सहित सामाजिक काममा रु १० लाख ५४...

  • २०७५ चैत्र १८, सोमबार

    कोरियाली भाषा परीक्षाका लागि ९२ हजारको आवेदन

    नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको निकै आकर्षण देखिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली ९इपिएस० मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेयता प्रत्येक वर्ष भाषा परीक्षामा सहभागी हुनेको सङ्ख्या बढेको बढ््यै छ । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुलापन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेपनि भाषा...

  • २०७५ चैत्र १८, सोमबार

    बसमा आगलागी हुँदा बीस यात्रुको मृत्यु

    पेरुको राजधानी लिमामा आइतबार अबेर राती एउटा बसमा भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । लामो बाटोमा चल्ने यो बस लिमाबाट चिक्लायोतर्फ गइरहेको थियो । उक्त बसमा खचाखच यात्रु रहेका थिए । गुडिरहेको बसमा अकस्मात आगो लागेको थियो । उक्त आगलागीको कारण हालसम्म पत्ता लाग्न सकेको छैन । आगलागीको कारण अनुसन्धानरत रहेको प्रहरीले जानकारी दिएको छ । पेरुमा यस...

  • २०७५ चैत्र १८, सोमबार

    ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु

    कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–१ स्याउली बजार नजिकै सडक खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ । बाँकेको बागेश्वरी गाउँपालिका–४ बस्ने ४३ वर्षीय भकबहादुर थापा आज बिहान १० बजे एक्कासि सडक माथिबाट खसेको माटोसहितको ढिस्कोले लागेर घाइते हुनुभएको थियो । उपचारका लागि रामपुर अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख...

  • २०७५ चैत्र १८, सोमबार

    हावाहुरीमा परेका घाइतेको उपचार गर्न आग्रह

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले बारा र पर्साका विभिन्न क्षेत्रमा गए राति आएको हावाहुरीबाट पीडितलाई थप उद्धार, राहत र क्षतिपूर्तिका साथै घाइतेको उपचार गर्न सरकारलाई आग्रह गरेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा घटना हुनासाथ सरकारका तर्फबाट उद्धारमा देखाइएको तत्परताले थप मानवीय क्षति हुनबाट बचाएको उल्लेख गरिएको छ । विज्ञप्तिमा...

  • २०७५ चैत्र १८, सोमबार

    प्रधानमन्त्री पर्सा र बारा प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ । गृह जिल्लामा आज हुने तीन वटा कार्यक्रम स्थगित गरेर प्रम ओलीले प्राकृतिक प्रकोपबाट भएको दुर्घटनाको स्थलगत अनुगमनका लागि घटनास्थलतर्फ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी समवेदना र श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । प्रम ओलीसँगै...

  • २०७५ चैत्र १८, सोमबार

    आवाजले देश चिनाउने सपना

    कैलालीका एक १८ वर्षे किशोर आफ्नो आवाजका कारण ‘गिनिज बुक अफअल रेकर्डमा’नाम लेखाउन मेहनत गरिरहेका छन् । घोडाघोडी नगरपालिका–१ जनकपुरका १८ वर्षे दीपेन्द« ओली आफूले निकाल्नसक्ने विभिन्न ११५ भन्दा बढी आवाजका कारण विश्व सामु नेपाललाई चिनाउन चाहन्छन् । दीपेन्द्रले करीब पाँचवर्ष पहिले स्थानीय रेडियोमा काम गर्दागर्दै हास्य टेलिशङ्ृखला भद्रगोलका अर्जुन घिमिरे ‘पाडे’को आवाज निकालेर विज्ञापनका लागि पाडेको...

  • २०७५ चैत्र १८, सोमबार

    संस्कृति बचाउन अघि सरे युवा

    संरक्षणको अभावमा लोप हुनलागेका मौलिक कला संस्कृतिको संरक्षणमा थवाङका युवा अघि सरेका छन् । युवाको उक्त अभियानलाई स्थानीय सरकारले साथ दिएको छ । वषौँदेखि देखिन छोडेका त्यस्ता कला संस्कृतिले यसवर्ष थवाङमा आयोजित सांस्कृतिक महोत्सवको अवसरमा पुनरजीवित हुने अवसर पाएका हुन् । वितेका ५५ वर्षयता ननाचिएको नचारु नाँच यस पटक गाउँपालिकाले विशेष पहल गरी प्रदर्शन गरेको थियो । “वडा वडामा २० दिन लामो तालीम दिई...

  • २०७५ चैत्र १८, सोमबार

    अभिलेखालयमा जनशक्ति अभाव

    कार्यालयको स्तरोन्नति भएको आठ महीना बित्दासमेत जनशक्ति कम हुँदा राष्ट्रिय अभिलेखालयमा दैनिक कार्यालय सञ्चालन गर्न कठिनाई हुन थालेको छ । गत साउनमा अभिलेखालयको विभागस्तरमा स्तरोन्नति भएको थियो । त्यसअघिसम्म पुरातत्व विभागअन्तर्गत अभिलेखालय थियो । साउनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सिधँै हेर्न थालेको हो । अभिलेखालयको वेवसाइटमा भने अझै विभाग अन्तर्गत नै कार्यालय रहेको उल्लेख छ ।...

  • २०७५ चैत्र १८, सोमबार

    क्षणभरमै खोसिएको खुसी

    दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरुको सर्वनास गर्ला भन्ने कल्पनासमेत गरेका थिएनन् । जुन कुरा...

Pages