STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र १८, सोमबार

    स्तनपान कक्ष सञ्चालन

    जिल्ला प्रशासन कार्यालयले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्वका साथ उठिरहेका बेला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा प्रवाहलाई महिलामैत्री बनाउन यस्तो व्यवस्था गरिएको हो । पछिल्लो समय कार्यालयमा सेवा लिन आउने महिलाको...

  • २०७५ चैत्र १८, सोमबार

    ‘नियन्त्रण होइन व्यवस्थित गर्न सञ्चार ऐन’

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नभई व्यवस्थित गर्ने उद्देश्यले सूचना प्रविधिसम्बन्धी ऐन ल्याउने तयारी गरिएको प्रष्ट पार्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल ९फेसबुक, ट्वीटर, इमो, भाइबर, स्काइप, ह्वाट्सएपलगायत० लाई करको दायरामा ल्याउने उद्देश्यले ऐन ल्याउन...

  • २०७५ चैत्र १८, सोमबार

    प्रम हुरीबतास प्रभावित क्षेत्रमा ः राहत तथा उद्धारमा समस्या हुन नदिन निर्देशन

    प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो ।  निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिनुभएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले...

  • २०७५ चैत्र १८, सोमबार

    अफगानिस्तानमा पन्ध्र आइएस लडाकू मारिए

    अफगानिस्तानको पूर्वी प्रान्त नानगाहरको खोगीआनी जिल्लामा आइतबार इस्लामिक स्टेट्स ९आइएस० आतङ्ककारी समूहको विरुद्ध सुरक्षाफौजले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १५ आइएस लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा अन्य १० लाडाकू घाइते भएको प्रान्तीय प्रवक्ता अत्ताउल्लाह खोगाीआनीले सोमबार जानकारी दिनुभएको छ । खोगीआनी जिल्लाको जेरोताङगी क्षेत्रमा गरिएको सुरक्षा कारबाहीको क्रममा अरु कैयौं घरहरु ध्वस्त...

  • २०७५ चैत्र १८, सोमबार

    प्रम ओली कलैया अस्पताल निरीक्षणमा

    प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट घाइते भई कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गर्नुभएको छ । उहाँसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि हुनुहुन्थ्यो । अस्पातालमा उपचार गराइरहेका ४९ जनाको घाइते अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो उपचार व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभयो...

  • २०७५ चैत्र १८, सोमबार

    दुई सय टन धुलो सङ्कलन

    काठमाडौँ महानगरपलिकाले बु्रमर सञ्चालन गरेको एक हप्ता पुग्नै लाग्दा सडकबाट दुई सय टन धुलो सङ्कलन गरेको छ । महानगरले गत बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो । गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच बु्रमर प्रयोगमा ल्याइएका हुन । हरेक दिन पाँच यन्त्रले निर्धारण गरेको रुट अनुरुपनै काम गरिरहेका जनाइएको छ । महानगरको वातावरण विभाग प्रमुख हरिकुमार...

  • २०७५ चैत्र १८, सोमबार

    प्रतिमृतक परिवारलाई रु ३ लाख राहत

    हतप्रदेश नं २ सरकारले हावाहुरीबाट मृत्यु भएका परिवारलाई रु तीन लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका घाइतेलाई हेर्न पुग्नुभएका मुख्यमन्त्री लालबाबु राउतले सो जानकारी दिँदै हावाहुरीमा परी घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले नै व्यहोर्ने बताउनुभयो । प्रदेश नं २ सरकारको आज बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत रकम र उपचार खर्च...

  • २०७५ चैत्र १८, सोमबार

    शेयर बजारमा सुधार छ अङ्कको वृद्धि

    आइतबार ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६।४३ विन्दुले बढेर एक हजार १४९।९९ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १।४५ विन्दुले बढेर २४४।८१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७१ कम्पनीका १२ लाख ६५ हजार ६६२ कित्ता शेयर रु ३५ करोड २८ लाख १० हजार...

  • २०७५ चैत्र १८, सोमबार

    ज्येष्ठ नागरिकलाई तीर्थाटन

    सूर्यविनायक–१ बिरुवास्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ सदस्यलाई विभिन्न तीर्थस्थलको भ्रमण गराएको छ । संस्थाका ५५ वर्षमाथिका नियमित ज्येष्ठ बचतकर्तालाई विभिन्न तीर्थस्थलको भ्रमण गराएको संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईंले बताउनुभयो । ज्येष्ठ सदस्यलाई सिन्धुलीको कुशेश्वर, दामनको ऋषेश्वर, ललितपुर लेलेको पाथीभरा, नुवाकोटको दुप्चेश्वर, भक्तपुर तेलकोटस्थित...

  • २०७५ चैत्र १८, सोमबार

    गोदावरीमा धमाधम डिप बोरिङ

    गोदावरी नगरपालिकाभित्रका वडामा धमाधम डिप बोरिङको काम अघि बढेको छ । गोदावरीले समृद्ध शहर निर्माणको लक्ष्य अघि बढाउँदै वडाहरुमा छताछुल्ल पानीको सुविधा दिन बोरिङको काम अघि बढाएको हो । रु एक करोड ५० लाख लगानीमा वडा नं १० मूलडोलमा डिप बोरिङ गरी पानी निकालिसकिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । “त्यहाँ ६ इञ्चको पानी निकाल्यौँ”, महर्जनले भन्नुभयो, “काठमाडौं उपत्यका खानेपानी...

  • २०७५ चैत्र १७, आइतबार

    राससका ग्राहकमा सूचना

    राससले आफ्ना सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी नयाँ अनलाइन सफ्टवेयर सञ्चालनमा ल्याएको छ । सो सफ्टवेयरसम्बन्धी विस्तृत जानकारी ‘कम्पाइल्ड न्यूज’मा राखिएको व्यहोरा अवगत गराउँदछौँँ ।

  • २०७५ चैत्र १७, आइतबार

    सुन्दरीजल–वाग्द्वार महोत्सव वैशाख १ मा

    वाग्मतीको उद्गमस्थल वाग्द्वारलाई चिनाइ यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सुन्दरीजल–वाग्द्वार पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं १ ले वैशाख १ गते महोत्सव आयोजना गर्न लागेको वडाध्यक्ष राम मानन्धरले राससलाई जानकारी दिनुभयोे । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्मतीको उद्गमस्थल वाग्द्वारबाट निस्किएको पानी...

Pages